मृत्यु संस्कारको विधिविधान

सम्पादक
माघ १३, २०७५

१. हाम्रा मृत्यु संस्कार लगायत केही कार्यहरुको विधि व्यवहार लामो र जटिल एवं वर्तमान युग सुहाउँदो नभएकाले तिनीहरुमा परिवर्तन गरिनु पर्ने कुरा धेरै पहिलेदेखि उठेको हो । तर हाम्रा गुरु पुरोहित , धर्माधिकारीहरुले ती परम्परामा परिवर्तनको आवश्यकता देखेका छैनन् । उनीहरु पुरानै परम्परा र विधि व्यवहारलाई यथावत् राख्न चाहन्छन् ।

२. त्यसो भएकाले समाजमा दुई धार प्रष्ट देखिएका छन्। पुराना विचारकाहरु परम्परा तोड्न चाहँदैनन् भने आधुनिक विचारका समाजका अग्रजहरु विद्रोही स्वभावका देखिएका छन् । खास गरेर मृत्यु संस्कार विधिका लागि समाजमा दुई धार प्रष्ट देखिएका छन् । जसले गर्दा समाजमा विवाद उत्पन्न हुने गरेको छ।

३. मुत्यु संस्कारको परम्परा तोड्ने काममा महिलाहरु पनि अगाडि आएका छन् । उनीहरुले आफना माता पिताको मृत्युमा आफना दजुभाइजसरी नै किरिया पुत्री बस्ने गरेका छन् । पुरुषसरहको अधिकार महिलालाई पनि प्राप्त हुनु पर्दछ भन्ने सिद्धान्त व्याप्त भएकाले किरियापुत्री बस्ने महिलाहरुको संख्या बढ्दो छ।

४. एकातिर यस्तो छ भने अकोर्तिर मृत्युसंस्कार विधि लामो भएकोले छोट्याएर ७ दिनमात्र बस्ने र कर्मकाण्ड पनि छोट्याएर संपन्न गनेर्हरुको संख्या पनि बढ्दो छ। समाजका अग्रजहरुले पनि त्यसो गर्न थाले पछि त्यसको सिको अरुहरुले पनि गर्न थालेका छन् । कहीँ कतै विद्रोहको रुपमा त्यस्तो गर्ने गरिएको  पनि बुझनमा आएको छ ।

५. त्यही क्रममा पोखरामा संस्थापित सांस्कृतिक रुपान्तरण अभियान नेपालका सदस्य तथा साहित्यकार भीम रानाभाट ज्यालादारीले आफनी आमा बाटुलीदेवीको हालै ९२ वर्षको उमेरमा निधन हुँदा सातै दिनमा जे जसरी कर्मकाण्ड सम्पन्न गरे त्यो चर्चाको विषय भएको छ ।  उनले ७ दिन सामान्य कपडा लगाएर तथा सामान्य खाना खाएर विधिविधान सम्पन्न गरेक थिए । जबकि उनका अन्य दाजुभाइहरु परम्परागत किसिमले किरिया वसिरहेका छन् ।

६. साहित्यकार भीम रानाभाट संमिलित सांस्कृतिक रुपान्तरण अभियान नेपाल पोखरा यस्तै अवैज्ञानिक, तथ्यहीन तथा अन्धविश्वासयुक्त थोत्रा मृत्युसंस्कारलाई भत्काउँदै सत्य,तथ्य र वैज्ञानिक मान्यतामा आधारित सहज र सरल मृत्युसंस्कार स्थापित गर्ने उद्देश्यले २०७२ सालमा स्थापना गरिको थियो। संस्थागत रुपले परिवर्तन गर्न खोज्नु प्रभावकारी हुनसक्दछ।

७. नेपालमा ९०/१०० पहिले पनि थोत्रो परम्परावादी मृत्युसंस्कारको विधिविधान तोड्ने प्रयास नगरिएको भने होइन। शहीद शुक्रराज शास्त्रीका पिता माधवराज जोशीले त्यही बेला त्यो परम्परा तोडेका थिए । जन नेता वी.पी.कोइरालाले काजकिरिया नगरेकोले धेरै चर्चा भएको थियो । त्यस पछि पनि केहीले त्यो परम्परा तोडेका छन्। तैपनि ब्राह्मणवादले त्यो नया विचार फल्नफूल्न दिएको छैन । पोखरामा सांस्कृतिक रुपान्तरण अभियान स्थापना भएको छ । यसले केही लक्षण देखाएको छ। तर अडिन सक्नु पर्दछ । आफना प्रयासलाई जारी राख्नु पर्दछ। केही आदिवासी जनजातिहरुमा पनि सातै दिनमा उम्कीने प्रावधान छ । उनीहरुले पनि आफनो विधिविधान अझै सरल पार्न खोज्दै छन् । कर्मकाण्डका विधिविधानहरु सकेसम्म सरल, सहज, र मितव्ययी पार्नु राम्रो कुरा हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width