भेनेजुएलाको नाममा नेपाल नबिगार

सम्पादक
माघ २७, २०७५

१. भेनेजुएला प्रकरणमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षहरु प्रधानमन्त्री के.पी.ओली र पुष्पकमल दाहालले परस्परमा विरोध गर्न थालेका छन् । अध्यक्ष दाहालले भेनेजुएलाको आन्तरिक मामलामा हस्तक्षेप नगर भनी अमेरिकातिर आक्रामक किसिमले औँला ठड्याएका छन् भने अर्का अध्यक्ष ओलीले स्लीप अफ द टङ भन्दै अध्यक्ष दाहालले त्यसो नगर्नु पर्ने भनी टिप्पणी गरेका छन् ।

२. तर अध्यक्ष दाहाल त्यसलाई स्लीप अफ द टङ भन्न चाहँदैनन् । उनले जारी गरेको विज्ञप्तिको हुबहु विचार परराष्ट्र मन्त्रालय र पार्टीको सचिवालयले पनि जारी गरिसकेकाले आफनो विचार नै पार्टीको विचार भएको जिकिर गर्दै छन् । प्रधानमन्त्री ओली भने नराम्ररी फँसेका छन् । ती दुई अध्यक्षको विवाद चर्कदै गएको छ ।

३. अध्यक्ष दाहाल प्रधानमन्त्री ओलीप्रति आक्रामक ढंगले प्रस्तुत भएका छन् । अझसंम सरकारको बचाउ गर्दै आएका उनी अहिले ठीक युटर्न अवस्थामा पुगेका छन् । अब दुई जना अध्यक्ष दुइतिर फकेर्पछि पार्टीका अरु नेता र कार्यकर्ताहरु अन्यौलग्रस्त भएका छन् । पूर्व माओवादीहरु नेताहरु भने खुलेरै दाहालका विचारको समर्थनमा उत्रेका छन् ।

४. प्रधानमन्त्री ओली भने एक्लै घोडा चढेर दौडिरहेकाजस्ता देखिएकाछन् ।  उनले अनेक सपना बाँडिरहेका छन् । तर उनको कामकुराको आलोचना उनकै पार्टीका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री माधव नेपालले संसदको रोष्ट्रमबाटै गरेका थिए भने निकटका सहयोगी वामदेव गौतमले कडा असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।

५. सरकारले जेजसरी काम गरिरहेको छ , त्यसबाट पार्टीका नेताहरु सन्तुष्ट छैनन् । दुई पार्टीहरु एकीकृत भएको घोषणा गरिएको महिनौँ दिन भएर पनि पार्टीको तल्लो तह त्यसरी बनाउन सकिएको छैन । ३ महिनामा गर्ने भनिएको काम नौ महिना भइसक्दा पनि पूरा भएको छैन । त्यसमा उत्तिकै जटिलता देखिएको छ ।

६. गणितीय हिसावले सरकार दुई पार्टीको छ । तर त्यसको काम गराई त्यस्तो छैन । वाइड बडी जहाज खरिदमा अनियमितता भएको सम्बन्धमा त्यसले न लेखा समितिको निर्णय स्वीकार्न सकेको छ , न कि आफैले गठन गरेको समितिलाई नै काम गर्न दिएको छ । ४५ दिनको म्याद दिएर गठित समितिको म्याद समाप्त हुनलागेको छ । तर समितिले काम गरेको छैन ।

७. यस्तो वेलामा सत्तारुढ पार्टीका दुई अध्यक्ष दुईतिर फर्कनुलाई राम्रो मानिँदैन । भेनेजुएला प्रकरणले स्थिति अरु विगारेको छ । भेनेजुएलाको स्थिति राम्रो होस् भन्नु एउटा कुरा हो , त्यसमा सदाशयता राख्नु एउटा कुरा हो तर भेनेजुएलाको नाममा नेपाल बिगार्नु भएन । दुई अध्यक्षको विवाद हुनु सत्तारुढ पार्टीको लागि  राम्रो स्थिति हुन्छ भन्न सकिँदैन । त्यसलाई छिटै सुधार्नु पर्दछ । नेताहरु यसमा गम्भीर हुनु पर्दछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width