फेरि बलात्कार र हत्या

सम्पादक
माघ १५, २०७५

१. केही महिनायता बालिका बलात्कृत भएको बलात्कार पछि हत्या गरिएको घटना धेरै भएकाछन्। एक दुई दिन बिराएर कहिलेकाँही प्रत्येक दिनजसो बालिकालाई बलात्कार गरिएको बलात्कार पछि हत्या गरिएको घटना समाचार पत्रहरुमा आउने गरेको छ। त्यसतो घटना एक ठाउँमा एक प्रदेशमा मात्र होइन पूर्व–पश्चिम जताततै भएका छन्।

२. विराटनगर नगरपालिका–८ की ११ वर्षीया गुडिया भनिने रुपमतिदासको बलात्कार पछि हत्या गरिएको छ। पानीमा डुबाएर हत्या गरिएको अवस्थामा आइतबार दिउँसो बालिकाको शव विराटनगर–८ कटहरि गाउँपालिकाको सीमा स्थित सिंधिया खोलामा फेला परेको छ। बगिरहेको पानीमा निर्वस्त्र अवस्थामा देखिएको थियो।

३. मृ बालिकाको अंगमा नीलडाम भएको अनुहार तथा कानबाट रगत बगिरहेको जनाइएको छ। निज बालिका छिमेकीको घरमा बेलुकी टी .भी हेर्न गएकी थिइन् । छिमेकीको घरमा टी .भी हेर्न गएकी उनलाई बीचैबाट अन्तै पुर्याएर बलात्कार गरिएको त्यसपछि हत्या गरी नदीमा  फालेको अनुमान गरिएको छ।

४. सरकारले एउटा ठाउँमा, एउटा काममा वेवास्ता र्यो भने, काममा कमजोरी देखायो भने त्यसको परिणाम के कस्तो हुन्छ भन्ने कुरा बालिका बलात्कार हत्या प्रकरणले देखाएको  । निर्मलापन्तको बलात्कार हत्याको घटनामा सरकारले अपराधीलाई पक्राउ गरी सजायँ गरेको भए यस्तो घटना  यसरी दोहोरिने थिएन । अब कति निर्मलाहरु बलात्कार हिंसाका  शिकार हुनुपर्ने हो , अहिले भन्न सकिने अवस्था छैन।

५. त्यसबेला नक्कली अपराधी समातेर सक्कलीलाई जोगाएको कारण त्यस्तो घटना सरुवा रोग जसरी देशव्यापी रुपमा जताततै सरेको छ। सरकारले त्यस प्रकरणमा दुजना नक्कली अपराधीलाई पक्र्यो । पक्रेको मात्र होइन, उनीहरुले साविती वयान दिएको पनि गर्वसाथ उल्लेख र्यो । उपप्रधान तथा रक्षामन्त्रीले अपराधीलाई जोगाउन कोही नआऊन् सम्म भने।

६. कञ्चनपुरकी निर्मला पन्त प्रकरण विराटनगरकी रुपमतीदासको घटना विवरण पनि त्यस्तै त्यस्तै छ। निर्मला साथीकोमा ट्युशनपढ्न जाँदा वेपत्ता भएकी थिइन् भने रुपमति छमेकीकोमा टी .भी हेर्न जाँदा बीचैबाट वेपत्ता भएकी थिइन्। ती दुवैको नग्न शरीर पानीमा फालिएको अवस्थामा फेला पारिएको थियो।

७. निर्मलापन्तको बलात्कारपछि गरिएको हत्याको प्रमाण नष्टगर्न शुरुदेखि प्रयास गरियो। सत्यतथ्य बुझ्ने भनेर समिति माथि समिति गठन गरियो। तर सत्य कुरा बाहिर आएन। अहिले उनको डीएन परीक्षण नै गलत भएको कुरा पनि आयो। उनको जस्तो रुपमति प्रकरणमा नहोस्। छिटो छिटो खोजी अनुसन्धान गरी अपराधीको पहिचान गरी अपराधीलाई कानूनको दायरामा ल्याउनु पर्दछ । सरकारले यसमा छिटो तत्परता देखाउनु पर्दछ 

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width