१. फागुन ७ गते प्रजातन्त्र दिवस हो । वि.सं. २००७ सालको फागुन ७ गते १०४ वर्षे राणा शासनको अन्त्य भई प्रजातन्त्र दिवसको घोषणा भएको दिन हो । त्यही बेलादेखि आजका दिनसम्म प्रजातन्त्र दिवस मनाउँदै आइएको छ । यो दिवस अन्य दिवसहरु भन्दा पहिले मान्ने गरिएको दिवस हो । त्यसकारण पनि यो सवभन्दा महत्वपूर्ण दिवस हो ।
२. प्रजातन्त्र नेपाली काँग्रेस पार्टीको नेतृत्वमा भएको आन्दोलनको प्रतिफल हो । त्यो आन्दोलनमा राजा त्रिभुवनको समर्थन थियो । आन्दोलनको क्रममा राजाले राजगद्दी त्यागेर भारतमा शरण लिन गएका थिए । जसको कारण छिटै आन्दोलन सफल भएको थियो । आन्दोलनमा काँग्रेसका धेरै नेताहरु शहीद भएका थिए ।
३. शहीदको चर्चा गर्दा वि.सं.२०९७ सालमा शहीद भएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई पनि संझनु पर्दछ । नेपालमा विरोधी राजनीतिको वीजारोपण उनीहरुले नै गरेका थिए । त्यसवेला टंकप्रसाद आचार्य, रामहरि जोशीहरुले नेपाल प्रजा परिषद गठन गरेर राणा शासनको विरोधमा पर्चा आदि छर्ने काम गरेका थिए ।
४. वि.सं.२००७ सलको आन्दोलनका क्रान्ति नायकका रुपमा मातृकाप्रसाद कोइराला, जननायक विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, सुवर्ण शंशेर लगायतलाई स्मरण गर्ने गरिन्छ । उनीहरुले नेपाली काँग्रेस पार्टी स्थापना गरेर राणा सरकारका विरुद्ध आन्दोलन गरेका थिए । त्यही आन्दोलनले देशमा स्वतन्त्रताको ढोका खोलेको थियो ।
५. प्रजातन्त्रको अभ्युदयका साथै नेपाल र नेपाली समाजमा आधुनिकताको प्रकाश प्रज्वलित भएको थियो । शिक्षाको ज्योति गाउँघरसम्म पुर्याउने अभियान सञ्चालन भएको थियो । नेताहरुले आआफनो क्षेत्रमा स्कूल खोलाउने र बालबालिकाहरुलाई पठन पाठन गर्ने गराउने कार्यमा उल्लेखनीय योगदान पुर्याएका थिए ।
६. प्रजातन्त्र, नेपालीहरुले निःस्वार्थ भावले गरेको अथक परिश्रमको प्रतिफल हो । त्यसैले प्रजातन्त्रसँगै सवै नेपालीको भावनात्मक सम्बन्ध रहेको छ । वि.सं. २००७ साल पछि नेपालमा अनेक राजनीतिक उथलपुथल भए । प्रजातन्त्रलाई नै निलम्बन गर्ने र त्यसको आवश्यकता छैन भनेर पनि भन्ने गरे । तर प्रजातन्त्रको विरोधमा गरिएको दुष्प्रयास टिक्न सकेन ।
७. प्रजातन्त्रमा वाक्स्वतन्त्रता हुन्छ, लेखन स्वतन्त्रता हुन्छ, मानव अधिकार हुन्छ । जसले स्वतन्त्रतालाई सीमित गर्न खोज्दछ, बाधा अवरोध तेस्र्याउन खोज्दछ त्यसले जानेर होस् वा नजानेर होस् निरङ्कुशताको पक्षमा सघाउ पुर्याएको हुन्छ । नेपालमा प्रजातन्त्रलाई बदनाम गर्न गराउन धेरैले धेरै प्रयास गरे। तर ती सबै प्रयास निस्तेज र निष्फल भएर गएका छन् । इतिहासको यो तथ्यलाई मनन गरेर हमी सवै प्रजातान्त्रिक हक अधिकारका लागि प्रतिबद्ध हुनु पर्दछ, संघर्षशील हुनु पर्दछ । आजको दिनमा त्यही प्रेरणा लिएर हामी प्रजातन्त्रको रिन्तरताका लागि एक हुनु पर्दछ, एकताबद्ध हुनु पर्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१