डा.के.सीको माग पूरा गर

सम्पादक
माघ ११, २०७५

१. वरिष्ठ चिकित्सक डा. गोविन्द के.सी. चिकित्सा सुधारको माग राख्दै आमरण अनशन बसेको दुई हप्ता भएको छ। यो उनको १६ औँ अनशन हो।अनशन बस्दा बस्दै उनको शरीर कमजोर र जीर्ण बनेको छ। तैपनि सरकारले उनको माग पूरा गनेर्तिर कुनै ध्यान दिएको छैन। प्रधानमन्त्री केपी ओली अफै उनीप्रति कठोर बनेका छन्।

२. १५औँ पटक अनशनको क्रममा डा.केसी र सरकार बीच जुन संझौता भएको थियो , त्यो संझौता कार्यान्वयनको माग राखेर डा.के.सी १६ औँ पटक अनशन बसेका हुन सरकारसँग संझौता भएको माग राखेर अनशन बस्नु कुनै अपराध हैन। तैपनि सरकारी क्षेत्रले उनको चरित्र हत्या गर्ने प्रयास गरिरहेको छ।

३. देशका प्रधानमन्त्रीले सरकारले गरेको लिखित संझौताको वास्ता नगरी त्यसलाई तत्कालीन परिस्थितिको उपज भनेर जुन अभिव्यक्ति दिएका छन् त्यो आपत्तिजनक छ। लिखित सम्झौतालाई परिस्थितिको उपज भन्न सक्नेले अरुहरुसँग भएका र गरेका संझौताहरुलाई के गर्लान् ? र के भन्लान् भनी अनेक शंका उपशंका उत्पन्न भएका छन्।

४. डा.केसीले आफनो स्वार्थका लागि चिकित्सा शिक्षामा सुधारको माग राखेका होइनन्। फेरि यो उनको अनशन सरकार विशेषको विरोधमा पनि होइन। उनको अनशनको क्रममा देशमा धेरै सरकार आएका छन् र गएका छन्। तर यो सरकारले जति कठोरता  अरु कसैले गरेको देखिएन। यस पटक त उनको विरुद्धमा एकजना युवाले अनशन पनि गरेका छन्। कतै जुलुस पनि प्रदर्शन गरिएको छ।

५. हामी कुरा धेरै गर्छौ र कुरा गर्दा अग्रगामी कुरा गर्छौ , तर काम गर्दा उहिलेका बाजेको काम गर्दछौँ। डा.के.सी.को विरुद्धमा गरिएको अनशन र जुलुशले पञ्चायती कालको “प्रतिकार” लाई संझाएको छ। पञ्चायती कालमा विरोधीहरुलाई तह लगाउनका लागि प्रतिकार गर्ने चलन थियो। अहिले पनि ठीक त्यही झल्को दिएको छ ।

६. चिकित्सा शिक्षामा सुधारको आवश्यकता छ। शिक्षा गुणस्तरीय नभएको सबैले अनुभव गरेका छन्। साथै त्यो अति महँगो पनि छ। अस्पतालको  वर्तमान परिदृश्य ठीक छैन। ठूलाबडा नेतालाई त के छ र ? आफूलाई केही भयो भने विदेश गइहाल्छन्। उनीहरु अधिकांशतः विदेशमा नै औषधोपचार गराउँछन्।

७. सुधार चाहिने सर्वसाधारण जनतालाई नै हो। गरीबका जेहेन्दार छोरा छोरीले पनि चिकित्सा शिक्षा पढ्ने वातावरण होस् , चिकित्सक बन्न पाउने अवसर मिलोस् भन्नु अन्यथा त होइन। शिक्षण संस्था काठमाण्डौंमा मात्र गरिनु पनि राम्रो होइन। सन्तुलित विकासको नारा आएको बेला चिकित्सक बनाउने शैक्षिक संस्था पनि सबै प्रदेशमा खोलिनु पर्दछ। डा.के.सी.का यस्ता माग जायज छन्। ती मागहरु जायज छन् भन्ने कुरा सत्तारुढ दलका कतिपय नेताहरुले पनि भन्दै आएका छन्। त्यसकारण डा.के.सीको माग पूरा गर्नु सबैको हितमा उचित देखिन्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width