शहीदको सपना

१. आज शहीद दिवस । शहीद सप्ताहको आखिरी दिन । शहीद सप्ताह अर्थात् वि.सं. १९९७ सालको माघ १० गतेदेखि १६ गते भित्र अमर शहीदहरु सर्वश्री शुक्रराज शास्त्री, धर्मभक्त, गंगालाल र दशरथ चन्दलाई राणा सरकारले फाँसी दिएको थियो । त्यसैको संझनामा शहीद सप्ताह र साताको आखिरी दिन शहीद दिवसका रुपमा मनाउने गरिएको छ ।

२. राणा सरकारको अन्याय अत्याचार बढ्दै गएकोले त्यसबेलाका चेतनशील जागरुक नागरिकहरुले राणा सरकारको विरोधमा पम्प्लेट आदि छरेर राजनीतिक संगठन गरेका थिए । टंकप्रसाद आचार्य , रामहरि शर्मा लगायतले संगठनलाई अगाडि बढाउन आफनो ज्यान हत्केलामा राखेर काम गरेका थिए । तर उनीहरुलाई ब्राह्मण भएको कारण ज्यान सजाय दिइएन ।

३. ती अमर शहीदहरुले हाँसी हाँसी आफनो ज्यान अपेर्का थिए । त्यसरी शहीद भएकाहरुबाट धेरै नेपाली जनताले प्रेरणा पाएका थिए । जनता राणाका विरुद्ध लाग्न त्यसै अघि सर्दथे , संगठन बनाउँदथे, नारा जुलुश गर्दथे । देशका महत्वपूर्ण शहरहरुमा शहीदको रगतको प्रभाव राम्ररी देखिएको थियो ।

४. त्यसै बेला भारतमा नेपाली काँग्रेसको स्थापना गरियो । नेपाली काँग्रेसको नेतृत्वमा देशव्यापी आन्दोलन भयो । मातृकाप्रसाद कोइराला, वी.पी.कोइराला लगायतका नेताहरुको नेतृत्वमा संचालित आन्दोलनले सफलता प्राप्त गर्यो । राणा शासनको अन्त्य भयो । वि.सं.२००७ सालमा प्रजातन्त्रको स्थापना भयो ।

५. वि.सं.२००७ सालको आन्दोलनको क्रममा पनि धेरै नेपालीहरुले आफनो ज्यान उत्सर्ग गरेका थिए ।उनीहरुको त्याग तपस्याबाट पनि देशमा छिटो प्रजातन्त्र आएको अनुभूत गरिएको थियो । त्यस बेला शहीदको सपना साकार पार्न उनीहरु लागीपरेका थिए । निःस्वार्थ भावले कर्म गरेका थिए । त्यसबेला उनीहरुको जोश जाँगर र समर्पित भावना उल्लेखनीय थियो ।

६. तर पछि राजनीतिक नेताहरुको स्वार्थी भावनाले गर्दा आफनो पार्टीका कार्यकर्ताहरु जेजसरी मरेको भएपनि शहीद भन्ने गरेपछि शहीदको अवमूल्यन भयो । शहीदको नाममा रकम दिने भएपछि झन शहीद घोषणा गराउन दबाव आउन थाले । शहीदहरु विवादास्पद भए । शहीद पनि यति धेरै भए कि उनीहरुको नाम त के संख्यासम्म उल्लेख गर्न पनि असंभवप्रायः भयो ।

७. शहीद दिवस र शहीद सप्ताह त मान्ने गरियो तर त्यो मान्ने काम काठमाण्डौँमा मात्र सीमित छ । त्यो काम काठमाण्डौँ महानगरपालिकाको जिम्मा दिएको जस्तो छ । पञ्चायतकालको अन्त्यतिर पोखरामा पनि मान्ने गरिएको थियो । तर त्यो पनि निरन्तर भएन । नेताहरुले भाषण गर्दा शहीदको रगत , शहीदको सपनाको खुब प्रशंसा गर्दछन् । तर काम त्यस अनुसार गदैर्नन् । उनीहरुको काम कुरा हेर्दा उनीहरुले शहीदबाट प्रेरणा लिएको पनि देखिँदैन शहीदको सपना साकार पानेर्तिर उनीहरु अग्रसर भएको भए देशको स्थिति यस्तो हुने नै थिएन । देश बिग्रिने नै थिएन । हिजो जे भए पनि अव हामी शहीदको सपना साकार पानेर्तिर जानु पर्दछ । देशको लागि निःस्वार्थ भावले केही गर्नुपर्दछ । यो हाम्रो आवश्यकता हो ।

भ्रष्टाचारको व्यापकता

कूटनीतिमा सामयिकता

आदर्श समाज सम्वाददाता
माघ २०, २०७५
१. नेपालमा राजनीति सधैँ चर्चाको विषय रहँदै आएको छ भने अहिले परराष्ट्र नीति र कूटनीति पनि चर्चाको विषय भएको छ। गत साता नेपालमा रहेका युरोपियन कूटनीतिक अधिकारीहरुले नेपालका संबन्धमा विज्ञप्ति जारी गरी असन्तोष जाहेर गरे भने नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भेनेजुयलाका सम्बन्धमा अमेरिकाले लिएको नीतिको भत्र्सना गरे। २. त्यसको लगत्तै शुक्रवार सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री के.पी. ओलीको उपस्थितिमा नेपाल स्थित राजदूतावासका राजदूतहरुलाई बोलाएर नेपालको परराष्ट्र नीति सम्बन्धमा ब्रिफिङ गरे। उनले पछिल्लो चासो द्वन्द्वकालीन न्याय , भेनेजुएला सम्बन्धी विज्ञप्ति, सरकारले चैतमा गर्न लागेको लगानी सम्मेलनबारे जानकारी दिएका थिए। ३. नेपालमा परराष्ट्र नीतिका सम्बन्धमा खास छलफल हुँदैन या…

फेरि बलात्कार र हत्या

आदर्श समाज सम्वाददाता
माघ १५, २०७५
१. केही महिनायता बालिका बलात्कृत भएको र बलात्कार पछि हत्या गरिएको घटना धेरै भएकाछन्। एक दुई दिन बिराएर र कहिलेकाँही प्रत्येक दिनजसो बालिकालाई बलात्कार गरिएको र बलात्कार पछि हत्या गरिएको घटना समाचार पत्रहरुमा आउने गरेको छ। त्यस्तो घटना एक ठाउँमा र एक प्रदेशमा मात्र होइन पूर्व–पश्चिम जताततै भएका छन्। २. विराटनगर नगरपालिका–८ की ११ वर्षीया गुडिया भनिने रुपमतिदासको बलात्कार पछि हत्या गरिएको छ। पानीमा डुबाएर हत्या गरिएको अवस्थामा आइतबार दिउँसो बालिकाको शव विराटनगर–८ र कटहरि गाउँपालिकाको सीमा स्थित सिंधिया खोलामा…