भेनेजुएलाको नाममा नेपाल नबिगार

१. भेनेजुएला प्रकरणमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षहरु प्रधानमन्त्री के.पी.ओली र पुष्पकमल दाहालले परस्परमा विरोध गर्न थालेका छन् । अध्यक्ष दाहालले भेनेजुएलाको आन्तरिक मामलामा हस्तक्षेप नगर भनी अमेरिकातिर आक्रामक किसिमले औँला ठड्याएका छन् भने अर्का अध्यक्ष ओलीले स्लीप अफ द टङ भन्दै अध्यक्ष दाहालले त्यसो नगर्नु पर्ने भनी टिप्पणी गरेका छन् ।

२. तर अध्यक्ष दाहाल त्यसलाई स्लीप अफ द टङ भन्न चाहँदैनन् । उनले जारी गरेको विज्ञप्तिको हुबहु विचार परराष्ट्र मन्त्रालय र पार्टीको सचिवालयले पनि जारी गरिसकेकाले आफनो विचार नै पार्टीको विचार भएको जिकिर गर्दै छन् । प्रधानमन्त्री ओली भने नराम्ररी फँसेका छन् । ती दुई अध्यक्षको विवाद चर्कदै गएको छ ।

३. अध्यक्ष दाहाल प्रधानमन्त्री ओलीप्रति आक्रामक ढंगले प्रस्तुत भएका छन् । अझसंम सरकारको बचाउ गर्दै आएका उनी अहिले ठीक युटर्न अवस्थामा पुगेका छन् । अब दुई जना अध्यक्ष दुइतिर फकेर्पछि पार्टीका अरु नेता र कार्यकर्ताहरु अन्यौलग्रस्त भएका छन् । पूर्व माओवादीहरु नेताहरु भने खुलेरै दाहालका विचारको समर्थनमा उत्रेका छन् ।

४. प्रधानमन्त्री ओली भने एक्लै घोडा चढेर दौडिरहेकाजस्ता देखिएकाछन् ।  उनले अनेक सपना बाँडिरहेका छन् । तर उनको कामकुराको आलोचना उनकै पार्टीका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री माधव नेपालले संसदको रोष्ट्रमबाटै गरेका थिए भने निकटका सहयोगी वामदेव गौतमले कडा असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।

५. सरकारले जेजसरी काम गरिरहेको छ , त्यसबाट पार्टीका नेताहरु सन्तुष्ट छैनन् । दुई पार्टीहरु एकीकृत भएको घोषणा गरिएको महिनौँ दिन भएर पनि पार्टीको तल्लो तह त्यसरी बनाउन सकिएको छैन । ३ महिनामा गर्ने भनिएको काम नौ महिना भइसक्दा पनि पूरा भएको छैन । त्यसमा उत्तिकै जटिलता देखिएको छ ।

६. गणितीय हिसावले सरकार दुई पार्टीको छ । तर त्यसको काम गराई त्यस्तो छैन । वाइड बडी जहाज खरिदमा अनियमितता भएको सम्बन्धमा त्यसले न लेखा समितिको निर्णय स्वीकार्न सकेको छ , न कि आफैले गठन गरेको समितिलाई नै काम गर्न दिएको छ । ४५ दिनको म्याद दिएर गठित समितिको म्याद समाप्त हुनलागेको छ । तर समितिले काम गरेको छैन ।

७. यस्तो वेलामा सत्तारुढ पार्टीका दुई अध्यक्ष दुईतिर फर्कनुलाई राम्रो मानिँदैन । भेनेजुएला प्रकरणले स्थिति अरु विगारेको छ । भेनेजुएलाको स्थिति राम्रो होस् भन्नु एउटा कुरा हो , त्यसमा सदाशयता राख्नु एउटा कुरा हो तर भेनेजुएलाको नाममा नेपाल बिगार्नु भएन । दुई अध्यक्षको विवाद हुनु सत्तारुढ पार्टीको लागि  राम्रो स्थिति हुन्छ भन्न सकिँदैन । त्यसलाई छिटै सुधार्नु पर्दछ । नेताहरु यसमा गम्भीर हुनु पर्दछ ।

मेलम्चीको कथा

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५
१. काठमाण्डौं उपत्यकालाई खाने पानी उपलब्ध गराउने भनिएको मेलम्ची खाने पानी योजनामा फेरि व्यवधान उत्पन्न भएको छ। यो व्यवधानले काठमाण्डौंमा खाने पानी पूर्ति गनेर्काम पूरा गर्न अरु दुई तीन वर्ष लाग्ने देखिन्छ। मेलम्ची खाने पानी योजनामा धेरै पटक धेरै बाधा अवरोधहरू उत्पन्न भएका थिए। ती बाधा अवरोधका कारणले मेलम्ची खाने पानी आयोजनालाई वर्षौ पर हुत्याएको छ। २. नेपालको विकास निर्माणको जुन कथा छ, त्यही कथा मेलम्चीको पनि छ। त्यस हिसावले भन्ने हो भने   मेलम्ची खाने पानी आयोजना नेपालको विकास निर्माणको एक प्रतिनिधि आयोजना भन्नु अतिशयोक्ति हुदैन। त्यस आयोजनाले धेरै कथा, व्यथा बोकेको छ र धेरै आशा निराशा ल्याएको छ। ३.…

राष्ट्र र राष्ट्रियताको पक्षमा फैसला

आदर्श समाज सम्वाददाता
माघ २५, २०७५
१. बहुचर्चित र बहुविवादित एनसेलको लाभकर सम्बन्धी विवाद सर्वोच्च अदालतको फैसलाले टुङ्ग्याएको छ। सर्वोच्च अदालतको प्रधानन्यायाधीश चोलेन्द्र्र शम्शेर राणा नेतृत्वको वृहत् पूर्ण इजलासले एनसेल र आजियटबाट ४० अर्ब असुल्न बुधबार सरकारको नाममा परमादेश जारी गरेको छ। पूर्ण इजलाशमा न्यायाधीशहरू मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तान थिए। २. एनसेलको स्वामित्वमा रहेकेा ८० प्रतिशत शयेर गतवर्ष मलेसिया स्थित आजियट कम्पनीलाई १ खर्ब ४४ अर्बमा बेचिएको थियो। स्वामित्व आजियट कम्पनीमा गइसकेपछि एनसेलले ६६ अर्ब ४६ करोड रूपयाँ लाभ देखाएर त्यसको…