भारतको बल मिच्याइँ

१. भारतले नेपालको कञ्चनपुरको डोके बजार क्षेत्रमा एकातर्फी किसिमले फेरि नाली बन्न थालेपछि स्थानीय नेपालीहरु आक्रोशित भएकाछन्। केही दिन पहिले दुवै देशका स्थानीय अधिकारीहरु बैठक बसेर त्यस विषयमा सीमा बैठकमा छलफल गर्ने र केन्द्रीय निदेर्शन अनुसार गर्ने निर्णय गरी काम स्थगित गरिएको थियो।

२. तर दुई हप्तापछि नै भारतीयहरुले फेरि त्यहाँ नाली खनेर तारबार राख्ने काम थालेको छ। जुन ठाउँमा भारतले तारबार लगाउन शुरु गरेको छ, त्यो ठाउँ अन्तराष्ट्रिय जैविकमार्गमा पर्दछ। भारतीयहरुले वन्यजन्तुको आवागमनलाई असर पार्ने गरी नाला खनिरहेको छ। जुन अन्तराष्ट्रिय नियम विपरीत हो।

३. त्यो क्षेत्र भारतको दुधुवा नेशनलपार्कको १७ किलोमिटर क्षेत्रफल जैविकमार्गमा पर्दछ। जंगली जनावरहरु नेपालको लालझाडी शुक्लाफाँट र भारतका दुधुवा फाँटमा आवतजावत गर्ने गर्दछन्। ती जनावरहरु नेपालको चुरेसम्म नै आउने जाने गर्ने गरेको त्यहाँका वनअधिकारीहरुले बताउने गरेकाछन्।

४. भारतको त्यस कार्यले एकातिर जैविकमार्गमा अवरोध गर्दछ भने अर्को त्यसले जेजसरी कामथालेको छ, त्यसले वर्षायाममा नेपालबाट पानी स्वाभाविक रुपमा बग्न नदिएर अवरोध गर्ने निश्चित छ। भारतले ठाउँ–ठाउँमा त्यस्तो अवरोध गरी नेपाली भूभाग जलमग्न गर्ने गरेको छ।

५. कञ्चनपुरका प्रमुखजिल्लाअधिकारीले त्यहाँको सबै विवरण उल्लेख गरी, गृह मन्त्रालयमा पठाएको बताएकाछन्। तर गृहबाट त्यस्तो कुनै निदेर्शन दिइएको छैन । भारतीयपक्षले भने माथिको निदेर्शन भन्दै नाला खन्ने काम शुरु गरेको छ। त्यसले गर्दा स्थानीय नेपाली अधिकारीहरु अन्यौलमा छन्।

६. सीमानामा हुने गतिविधिहरु संवदेनशील हुन्छन्। त्यसमा सजगता, जागरुकता र तत्परताको नितान्त खाँचो पर्दछ । तर सरकारमा बस्नेहरुले त्यस्तो गम्भीरता नदेखाएपछि हामीले धैरै अन्याय अत्याचार सहनु परेको छ र कतै आफ्नो भूभाग समेत गुमाउनु परेको छ।

७. हाम्रा राजनीतिक नेताहरु सात समुद्र पारी राजनीतिक सिद्धान्त विशेषमा विवाद हुँदा यहाँबाट रातारात वक्तव्यवाजी गर्दछन्। तर आफ्नो देशकेा सीमानामा विवाद हुँदा नदेखेझैं बस्छन्, थाहानपाएझैं गर्दछन्। अहिले दुई तिहाई बहुमतको संघीय सरकार छ, त्यस्तै प्रदेश सरकार छ र स्थानीयतहको सरकार छ । तैपनि सीमामा भएको विवादमा कोही गम्भीर भएका देखिँदैनन्।

उदाहरणीय विद्यालय

आदर्श समाज सम्वाददाता
माघ २३, २०७५
१. सामुदायिक विद्यालयको पढाईको स्तर खस्कँदै गएको अवस्था चिन्ताको विषय भएको छ। विद्यालयको पढाईको स्तर बढाउन धेरैले धेरै प्रयास गरेका छन्। त्यस्तो प्रयासबाट केही विद्यालयहरुको स्तर बढेको र त्यहाँ विद्यार्थी भर्ना गर्न अभिभावकहरु आकर्षित भएको पनि समाचारमा आउने गरेको छ। २. त्यसरी प्रयास गर्ने विद्यालयहरुमध्ये मोरङ जिल्लाको जहदा गाउँपालिका–१ स्थित जनताबालआधारभूत विद्यालयको नाम पनि अग्रपंक्तिमा आएको छ। जनताबालआधारभूत विद्यायलले विद्यालयको सुधारका लागि आफैले धेरै नियमहरु बनाएर कार्यान्वयन गदैर्छ। उनीहरुले बनाएको नियममध्ये एउटा महत्वपूर्ण नियम हो– शिक्षक र विद्यार्थीहरु समयमै विद्यालय पुग्नु। ३. त्यस विद्यालयमा शिक्षक र विद्यार्थीहरु निर्धारित समयमा विद्यालय नपुग्ने भएबाट पढाई राम्ररी सुचारु गर्न सकिएको थिएन। अहिले निर्धारित…

दुई राप्रपा एकीकृत

आदर्श समाज सम्वाददाता
माघ २१, २०७५
१. सबभन्दा बढी टुट्ने, फुट्ने र जुट्ने पार्टीका रूपमा नाम कमाएका राष्ट्रियप्रजातन्त्रपार्टीहरू फेरी एकीकृत भएकाछन्। तीनवटै पार्टी एकीकृत गर्ने प्रयास भइरहे पनि कमलथापाको राप्रपा सहमतिमा नआएपछि पशुपतिशम्शेर राणाले नेतृत्व गरेको राप्रपा  (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको (राष्ट्रवादी) एकीकृत भई राप्रपा (संयुक्त) भएकाछन्। २. राप्रपा (संयुक्त) मा सहमति जनाएपछि उनीहरूले १० बुँदे आधारपत्रमा हस्ताक्षर गरेकाछन् । आधारपत्रमा एक महिनाभित्र दुवै पार्टीको विधानलाई आधार मानेर अन्तरिम विधान बनाउने, एक वर्षभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने, त्यस अघि दुवै पार्टीका अध्यक्ष राणा र…