उदाहरणीय विद्यालय

१. सामुदायिक विद्यालयको पढाईको स्तर खस्कँदै गएको अवस्था चिन्ताको विषय भएको छ। विद्यालयको पढाईको स्तर बढाउन धेरैले धेरै प्रयास गरेका छन्। त्यस्तो प्रयासबाट केही विद्यालयहरुको स्तर बढेको र त्यहाँ विद्यार्थी भर्ना गर्न अभिभावकहरु आकर्षित भएको पनि समाचारमा आउने गरेको छ।

२. त्यसरी प्रयास गर्ने विद्यालयहरुमध्ये मोरङ जिल्लाको जहदा गाउँपालिका–१ स्थित जनताबालआधारभूत विद्यालयको नाम पनि अग्रपंक्तिमा आएको छ। जनताबालआधारभूत विद्यायलले विद्यालयको सुधारका लागि आफैले धेरै नियमहरु बनाएर कार्यान्वयन गदैर्छ। उनीहरुले बनाएको नियममध्ये एउटा महत्वपूर्ण नियम हो– शिक्षक र विद्यार्थीहरु समयमै विद्यालय पुग्नु।

३. त्यस विद्यालयमा शिक्षक र विद्यार्थीहरु निर्धारित समयमा विद्यालय नपुग्ने भएबाट पढाई राम्ररी सुचारु गर्न सकिएको थिएन। अहिले निर्धारित समयमा पुग्नै पर्ने नियम बसालेपछि पढाइमा सुधार भएको छ। त्यहाँका विद्यार्थीहरुले घण्टी बजाएर पनि ढिलो स्कूल आउने शिक्षकहरुलाई आज तपाईँ ढिलो आउनुभयो, भोलिदेखि समयमा आउनु होला भनी स्कूल गेटबाटै फर्काएका छन्। यसले अनुशासन कायम राख्न पनि सघाउ पुगेको छ।

४. विद्यार्थीहरु गेटमा बसेर ढिलो स्कूल जाने शिक्षक शिक्षिकालाई गेटबाट फर्काएको कुरा वरपर चर्चाको विषय भएको छ र यो विषयले पत्रकारहरुको ध्यान पनि आकर्षित गरेको छ र पत्रिकाहरुले त्यसलाई प्रमुखता दिएर छाप्ने गरेका छन्। शिक्षक र विद्यार्थीहरु खाजा खान पनि बाहिर जान पाउँदैनन्। उनीहरुले स्कूल भित्रै खानुपर्ने प्रावधान बनाएका छन्।

५. विद्यालयमा पुस्तकालय पनि छन्। विद्यार्थीहरु पुस्तकालयमा भरिभराउ हुन्छन्। त्यसको साथै विद्यालयमा संग्रहालय पनि राखिएको छ। विद्यार्थीहरुलाई जानकारी दिन राखिएको संग्रहालयमा ढिकी, जाँतो, ओखल, कसौँडी , करुवा, दियो आदि राखिएका छन्। लोपोन्मुख ती कुराहरुले विद्यार्थीहरुलाई हाम्रो विगतको जनजीवन सम्बन्धी ज्ञान दिने गरेका छन्।

६. विद्यालयलाई सुधार गर्ने क्रममा यस्ता धेरै कुरा राखिएका छन्। जसले जिल्लामा त्यो विद्यालय एउटा उदाहरणीय भएको छ। छोटो समयमा नै विद्यालयको पढाइको स्तर पनि वृद्धि भएको छ र विद्यार्थीहरुको उपस्थिति बढ्दै गएको छ। अभिभावकहरु पनि खुशी भएका छन्।

७. सामुदायिक विद्यालयहरुलाई के कसरी सुधार गर्ने भनेर विचार विमर्श भएको बेला मोरङको जनता बाल आधारभूत विद्यालय एक उदाहरण भएको छ। चाहेमा स्वयंमा स्फूर्त किसिमले पनि विद्यालयको सुधार गर्न सकिन्छ भन्ने कुरा त्यस विद्यालयले देखाएको छ र यसलाई एक नमूनाको रुपमा लिएर अरु विद्यालयले पनि प्रयास गर्नु अहिलेको आवश्यकता हो।

बन्द कलकारखाना किन खुल्दैनन् ?

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५
१. देशको व्यापार घाटा प्रत्येक महिना बढ्दै गएको छ। व्यापार घाटा कहालीलाग्दो अवस्थामा पुग्दैछ । तैपनि सरकार आयात प्रतिस्थापन गर्ने र निर्यात प्रबद्र्धन गर्ने दिशातिर लागेको पाइँदैन। प्रधानमन्त्री के.पी. ओली दिनहूँ समृद्ध नेपाल बनाउने जप गर्दैछन्। तर उनले त्यो उद्देश्यमा पुग्ने काम गरेको देखिएको छैन। २. देशलाई समृद्ध बनाउन उत्पादन बढाउनु पर्दछ। उत्पादन बढाउनेतिर सरकारले ध्यानै दिएको छैन। सरकारले देशमा निजी क्षेत्रका लगानीकर्ताहरु तथा विदेशी लगानीकर्ताहरुलाई रातो दिन लगानीगर्न आह्वान गरेको गर्यै छ, तर आफूले लगानी गर्ने ठाउँमा लगानी नगरी त्यसै बसिरहेको छ। ३. सरकारी स्वामित्वका दुई दर्जनभन्दा बढी कलकारखानाहरु वषौर्देखि बन्दभएर रहेका छन्। ती कलकारखानाका कतिपय कामदार र कर्मचारीहरु हाजिरी…

भारतको बल मिच्याइँ

आदर्श समाज सम्वाददाता
माघ २२, २०७५
१. भारतले नेपालको कञ्चनपुरको डोके बजार क्षेत्रमा एकातर्फी किसिमले फेरि नाली बन्न थालेपछि स्थानीय नेपालीहरु आक्रोशित भएकाछन्। केही दिन पहिले दुवै देशका स्थानीय अधिकारीहरु बैठक बसेर त्यस विषयमा सीमा बैठकमा छलफल गर्ने र केन्द्रीय निदेर्शन अनुसार गर्ने निर्णय गरी काम स्थगित गरिएको थियो। २. तर दुई हप्तापछि नै भारतीयहरुले फेरि त्यहाँ नाली खनेर तारबार राख्ने काम थालेको छ। जुन ठाउँमा भारतले तारबार लगाउन शुरु गरेको छ, त्यो ठाउँ अन्तराष्ट्रिय जैविकमार्गमा पर्दछ। भारतीयहरुले वन्यजन्तुको आवागमनलाई असर पार्ने गरी नाला खनिरहेको छ।…