सम्पादकीय »

प्रजातन्त्रका लागि एक हुनु आवश्यक

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७५
१. फागुन ७ गते प्रजातन्त्र दिवस हो । वि.सं. २००७ सालको फागुन ७ गते १०४ वर्षे राणा शासनको अन्त्य भई प्रजातन्त्र दिवसको घोषणा भएको दिन हो । त्यही बेलादेखि आजका दिनसम्म प्रजातन्त्र दिवस मनाउँदै आइएको छ । यो दिवस अन्य दिवसहरु भन्दा पहिले मान्ने गरिएको दिवस हो । त्यसकारण पनि यो सवभन्दा महत्वपूर्ण दिवस हो । २. प्रजातन्त्र नेपाली काँग्रेस पार्टीको नेतृत्वमा भएको आन्दोलनको प्रतिफल हो । त्यो आन्दोलनमा राजा त्रिभुवनको समर्थन थियो । आन्दोलनको क्रममा राजाले राजगद्दी त्यागेर भारतमा शरण लिन गएका थिए । जसको कारण छिटै आन्दोलन सफल भएको थियो । आन्दोलनमा काँग्रेसका धेरै नेताहरु शहीद भएका थिए । ३. शहीदको चर्चा गर्दा वि.सं.२०९७ सालमा शहीद भएका शुक्रराज…

चर्को व्याज दर

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७५
चर्को व्याज दर
१. प्रधानमन्त्री केपी ओलीले समृद्ध नेपाल र सुखी नेपालीको अवधारणा अघि सारेको पनि वर्ष दिन वित्यो।  तर सरकारकै अङ्ग प्रत्यङ्गका रुपमा रहेका मन्त्रालय र कार्यालयहरुले त्यस अवधारणा अनुसार काम गरेको पाइँदैन।  मन्त्रालय र कार्यालयहरु आआफनै सुर र गतिमा अघि बढिरहेका छन्। २. त्यसैकारण विकासको वातावरण बन्नसकेको छैन।  देशको मेरुदण्डको रुपमा रहेको उद्योग तथा व्यापारको क्षेत्र आफनो लागि वातावरण अनुकूल नरहेकोमा अझै गुनासो गर्दै छ।  देशको उद्योग तथा व्यापार क्षेत्रका माध्यमबाट विदेशी लगानीकर्ताहरुलाई देशमा लगानीका निम्ति आकर्षित गर्नु पर्ने बेलामा उनीहरुकै गुनासो रहनु उचित भएन। ३. देशका उद्योगी व्यापारीहरुले केही महिनादेखि बैकको व्याजदर अत्यधिक भएको र पहिले पहिले लिएको ऋणको व्याजदर…

नेपाली भूउपग्रहको निर्माण

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७५
नेपाली भूउपग्रहको निर्माण
१. सधैँ एकै किसिमको समाचार सुन्दै आएका नेपालीहरुले शुक्रवारका दिन सर्वथा नयाँ विषयको उपलब्धिको समाचार सुनेर दङ्ग भएका छन् । त्यो समाचार हो : नेपाली स्याट १ नाम दिइएको भूउपग्रह निर्माण भएको घोषणा । नेपालको भूउपग्रह निर्माण भएको उक्त घोषणा जापानको क्युसु इन्स्टीच्युट अव टेक्नोलजी क्युटेक विश्वविद्यालयले गरेको हो । २. गत शुक्रवार क्युटेक विश्वविद्यालयका युजी ओइएल र बर्डस् प्रोजेक्टका पदाधिकारीहरुको उपस्थितिमा घोषणा गरिएको थियो । त्यो घोषणा गर्ने बेलामा नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ, इलेक्ट्रीकल र कम्युनिकेशन इञ्जिनियर हरिराम श्रेष्ठ र स्पेश टेक्नोलोजी इन्जिनियर आभाष मास्केको उपस्थिति थियो। श्रेष्ठ र मास्के नेपाली भू–उपग्रह निर्माणमा समेत सहभागी थिए। ३. नेपाली स्याट–१ भूउपग्रह आगामी २०७६ वैशाख…

उपलब्धिविनाको वर्ष

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७५
१. प्रधानमन्त्री केपीओली नेतृत्वको सरकारले एक वर्ष पार गरेको छ। यो सरकार दुई तिहाई बहुमतको भएकाले सरकारलाई  एक वर्ष पार गर्न कुनै बाधा अड्चन आएन। त्यसरी विना बाधा अड्चन पार गर्न सक्नु नेपालको राजनीतिक इतिहासमा ठूलो कुरा हो त्यस हिसाबले यो सरकार सफल भएको मान्नु पर्दछ। २. सरकारले एक वर्ष विताएकोले यो एक वर्षमा सरकारले के कस्तो काम गर्यो, सरकार सफल भयो कि असफल भयो, त्यसको समीक्षा हुनथालेको छ। सरकारले आफूले गरेको काम कुराको फेहरिस्त जनसमक्ष राखेको छ भने सरकार बाहिर पनि ती काम कुराहरूको मूल्यांकन गरिँदैछ। ३. सरकारको कामको पक्षमा बोल्दै आएका सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल…

१४ फेबु्रअरीको महत्व

आदर्श समाज सम्वाददाता
फागुन २, २०७५
१. केही वर्षदेखि १४ फेबु्रअरीलाई ज्यादै उत्साहका साथ प्रतीक्षा गर्ने गरिएको छ । १४ फेबु्रअरी त्यो दिन हो, जुन दिनमा दुईटा महत्वपूर्ण संयोग जुरेका छन् । दुईटा महत्वपूर्ण संयोग जुरेकाले अरु दिनको भन्दा यस दिवसको महत्व अलि छुट्टै र विशेष किसिमको छ । त्यसैकारण यो दिवस मान्नेहरुको संख्या अप्रत्याशित रुपले बढ्दै गएको छ । २. १४ फेबु्रअरीलाई पश्चिमाहरुले धेरै पहिलेदेखि भ्यालेन्टाइन डेको रुपमा मनाउदै आएका छन् । “भ्यालेन्टाइन डे” अर्थात् प्रणय दिवसको रुपमा मान्नेहरुको संख्या प्रत्येक वर्ष बढ्दै छ । हिजो पहिला पश्चिमा देशहरुमा सीमित भएको यो दिवस सात समुद्र पार गरेर एशियामा पनि आएको छ । ३. केही वर्ष पहिले देखि यसले नेपालमा पनि प्रवेश पाएको…

परम्परागत प्रविधिलाई नबिर्स

आदर्श समाज सम्वाददाता
फागुन १, २०७५
१. अहिले देशमा आवधिक चर्चा हुन थालेको छ। हामीले १४औँ पञ्चवर्षीय योजना पूरा गर्न लागेका छौँ भने १५औँ पञ्चवर्षीय योजना के कस्तो बनाउने संबन्धमा विचार विमर्श शुरु भएको छ। देश संघीय सरकारमा गएपछिको यो पहिलो आवधिक योजना भएकोले संघीय सरकारले आफनै किसिमले बनाउँदै छ भने प्रदेश सरकारले पनि आआफनो प्रदेश अनुसारको योजना तर्जुमा गदैर्छन्। २. योजना आयोगले र योजना विशेषज्ञहरुले आआफनो विज्ञता र अनुभवको आधारमा योजना निर्माण गर्ने गर्दछन्। त्यसमा विशेष भनी राख्नु पर्ने आवश्यकता छैन। तर एउटा महत्वपूर्ण कुरा के हो भने हामीले १४ ओटा पञ्च वर्षीय योजनासम्म आउँदा पनि कहिल्यै कुनै योजनाको लक्ष्य पूरा भयो भन्ने अवस्था आएन।…

चिकित्सा शिक्षाको अवस्था

आदर्श समाज सम्वाददाता
माघ २९, २०७५
१. चिकित्सा शिक्षामा विद्यमान बेथिति र अव्यवस्था हटाउनु पर्ने माग राखी डा. गोविन्द केसीले अनशन बसेको कुरा सर्वविदितै छ। सरकारले के.सी.सँग पहिले गरेको संझौता पूर्णरुपले कार्यान्वयन नहुने देखेपछि वष्ठि अधिकारकर्मीहरूको आग्रहमा उनले अनशन तोडेका थिए। उनले  अनशन तोडेको २ साता नवित्दै त्यस क्षेत्रमा बेथिति र अव्यवस्था प्रष्टै देखिन थालेको छ। २. सरकारले उनीसँग पहिले भए गरेका संझौताहरू अक्षरशः पालना गर्न गराउन चाहेनन्। त्यसलाई सरकारले प्रतिष्ठाको विषय बनायो। उनको माग पूराभए आफु पराजित हुने संझियो। त्यसैले जसरी भएपनि उनको अनशन भङग गराउनेतिर सरकार लाग्यो। अनशन भङग पनि भयो। सरकारमा बस्नेहरू रमाए। सरकारले यसलाई आफनो जित संझियो। ३. सत्तारुढ पार्टीका केही नेताहरू…

मेलम्चीको कथा

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५
१. काठमाण्डौं उपत्यकालाई खाने पानी उपलब्ध गराउने भनिएको मेलम्ची खाने पानी योजनामा फेरि व्यवधान उत्पन्न भएको छ। यो व्यवधानले काठमाण्डौंमा खाने पानी पूर्ति गनेर्काम पूरा गर्न अरु दुई तीन वर्ष लाग्ने देखिन्छ। मेलम्ची खाने पानी योजनामा धेरै पटक धेरै बाधा अवरोधहरू उत्पन्न भएका थिए। ती बाधा अवरोधका कारणले मेलम्ची खाने पानी आयोजनालाई वर्षौ पर हुत्याएको छ। २. नेपालको विकास निर्माणको जुन कथा छ, त्यही कथा मेलम्चीको पनि छ। त्यस हिसावले भन्ने हो भने   मेलम्ची खाने पानी आयोजना नेपालको विकास निर्माणको एक प्रतिनिधि आयोजना भन्नु अतिशयोक्ति हुदैन। त्यस आयोजनाले धेरै कथा, व्यथा बोकेको छ र धेरै आशा निराशा ल्याएको छ। ३.…

भेनेजुएलाको नाममा नेपाल नबिगार

आदर्श समाज सम्वाददाता
माघ २७, २०७५
१. भेनेजुएला प्रकरणमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षहरु प्रधानमन्त्री के.पी.ओली र पुष्पकमल दाहालले परस्परमा विरोध गर्न थालेका छन् । अध्यक्ष दाहालले भेनेजुएलाको आन्तरिक मामलामा हस्तक्षेप नगर भनी अमेरिकातिर आक्रामक किसिमले औँला ठड्याएका छन् भने अर्का अध्यक्ष ओलीले स्लीप अफ द टङ भन्दै अध्यक्ष दाहालले त्यसो नगर्नु पर्ने भनी टिप्पणी गरेका छन् । २. तर अध्यक्ष दाहाल त्यसलाई स्लीप अफ द टङ भन्न चाहँदैनन् । उनले जारी गरेको विज्ञप्तिको हुबहु विचार परराष्ट्र मन्त्रालय र पार्टीको सचिवालयले पनि जारी गरिसकेकाले आफनो विचार नै पार्टीको विचार भएको जिकिर गर्दै छन् । प्रधानमन्त्री ओली भने नराम्ररी फँसेका छन् । ती दुई अध्यक्षको विवाद चर्कदै गएको छ । ३.…

राष्ट्र र राष्ट्रियताको पक्षमा फैसला

आदर्श समाज सम्वाददाता
माघ २५, २०७५
१. बहुचर्चित र बहुविवादित एनसेलको लाभकर सम्बन्धी विवाद सर्वोच्च अदालतको फैसलाले टुङ्ग्याएको छ। सर्वोच्च अदालतको प्रधानन्यायाधीश चोलेन्द्र्र शम्शेर राणा नेतृत्वको वृहत् पूर्ण इजलासले एनसेल र आजियटबाट ४० अर्ब असुल्न बुधबार सरकारको नाममा परमादेश जारी गरेको छ। पूर्ण इजलाशमा न्यायाधीशहरू मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तान थिए। २. एनसेलको स्वामित्वमा रहेकेा ८० प्रतिशत शयेर गतवर्ष मलेसिया स्थित आजियट कम्पनीलाई १ खर्ब ४४ अर्बमा बेचिएको थियो। स्वामित्व आजियट कम्पनीमा गइसकेपछि एनसेलले ६६ अर्ब ४६ करोड रूपयाँ लाभ देखाएर त्यसको १५ प्रतिशत वापतको ९ अर्ब ९६ करोड रूपैयाँ कर दाखिला गरेको थियो। ठूला करदाता कार्यालयले ६१ अर्ब रूपैयाँ कर निर्धारण…