विदेश »

ज्वालामुखी पछि सुनामी, २० हजार विस्थापित

रासस
पौष १०, २०७५
ज्वालामुखी पछि सुनामी, २० हजार विस्थापित
जाकार्ता, पुस ९ : इन्डोनेसियामा गत शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट झण्डै २० हजार विस्थापित भएको पाइएको छ । उद्धार कार्यमा खटिएकाहरुले ज्वालामुखी विस्फोटपछि भीषणरुपमा आएको सामूद्रिक छालका कारण धेरै जना विस्थापित भएको विवरण प्राप्त भएको हो । फेरी पनि ज्वालामुखी आउने डरका कारण पनि कतिपय विस्थापित आफ्नो घरमा नफर्किएको अधिकारीहरुले बुधबार जनाएका छन् । इन्डोनेसियाका सुण्डा स्त्राइटको तटीय क्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीका कारण विस्थापित हुनेहरुको कुल सङ्ख्या २१ हजार नौ सय २१ रहेको छ । प्रकोप व्यवस्थापन निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले दिनप्रतिदिन विस्थापित हुनेहरुको सङ्ख्या बढ्दै…

अमेरिकी पूर्वराष्ट्रपति बुसको निधन

रासस/एएफपी
मंसिर १६, २०७५
अमेरिकी पूर्वराष्ट्रपति बुसको निधन
वासिङटन,  १५ मंसिर । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुसको ९४ वर्षको उमेरमा निधन भएको छ। शितयुद्ध अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका राष्ट्रपतिका रुपमा स्मरण गरिने बुसको शुक्रबार निधन भएको उनका आफन्तले जानकारी दिएका छन्। अमेरिकाको राजनीतिक परिवारका रुपमा चिनिने बुस परिवारबाट उनका छोरा जर्ज डब्लु बुस पनि राष्ट्रपति भएका थिए।पुत्र बुसले आफ्ना बुवालाई संसारकै सवै भन्दा असल पिताका रुपमा आफूले स्मरण गर्ने बताएका छन्। उनले आफ्ना बुवालाई उच्च चरित्रवान मानवको रुपमा व्याख्या गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। आफ्नी श्रीमती बार्बारा बुसको निधन भएको केही महिनापछि उनको निधन भएको हो। श्रीमती बुसको गत अप्रिल १७ मा ९२ वर्षको उमेरमा निधन भएको…

पूर्व प्रधानमन्त्रीकी श्रीमती पक्राउ

रासस/एएफपी
असाेज १८, २०७५
क्वालालम्पुर, १७ असोज। मलेसियाका पूर्वप्रधानमन्त्रीका श्रीमती रोसमाह मन्सुरलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ। कैयौँ अर्ब डलर भष्टाचार गरेको आरोपमा उनलाई देशको भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायले बुधबार पक्राउ गरेको हो। रोसमाहका अधिवक्ता के कुमाराएन्ड्रानले उनी पक्राउ परेको पुष्टि गरेको समाचारमा जनाइएको छ। मलेसियाको भष्टाचारनियन्त्रण सम्बन्धी निकायले रोसमाहमाथि केही प्रश्नहरु उठाएपछि उनी पक्राउ परेको बताइएको छ। उनका श्रीमान् तथा मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई पनि भ्रष्टाचार र मुद्रा अपचलनलगायतको आरोप छ।

बेलायतमा वीपीको सम्झना

एजेन्सी
भाद्र २७, २०७५
पोखरा, २६ भदौ। जननायक वीपी कोइरालाको १०५ औं स्मृति दिवस प्रवासमा बस्ने नेपालीले विविध कार्यक्रम गरी मनाएका छन्।यसैबीच, नेपाली काँग्रेसआबद्ध नेपाली जनसर्म्पर्क समिति युकेद्वारा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका सभापति खमवीर गरबुजाले वीपीको आदर्श र सिद्धान्तलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा लागु गर्न सकेका वीपीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए। त्यसैगरी, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले वीपी दूरदर्शी नेता भएकोले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उनको नाम उच्च स्थानमा रहेको बताए। जनसर्म्पर्क समिति अध्यक्ष युवराज गुरुङको अध्यक्षमा सम्पन्न सो कार्यक्रममा काँग्रेस महाधिवेशन प्रतिनिधि विश्वआदर्श पण्डित, विज्ञान प्रसाई, डा. सम्पूर्ण ढुंगाना, चेतनारायण खनाल, केशव भण्डारी लगायतले वीपीको योगदानबारे बोलेका थिए।

डा बराल अमेरिकामा सम्मानित

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०७५
पोखरा, २३ भदौ। स्याङ्जा फेदीखोला गाउँपालिका-२, बरालगाउँका डा रामचन्द्र बराल अमेरिकामा ‘द प्रेसिडेण्टस् भोलुन्टिरियर सर्भिस अवार्ड-२०१८’ द्वारा पुरस्कृत भएका छन्। अमेरिकी राष्ट्रपतिद्वारा प्रदान गरिएको सो पुरस्कार साउथ क्यारोलाइनमा हालै आयोजित एक सामारोहमा नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उक्त पुरस्कार डा रामचन्द्र बराललाई हस्तान्तरण गरेका थिए।द ह्वाइट हाउस वासिङटनद्वारा प्रकाशित विज्ञप्तिमा उनलाई बधाई ज्ञापन गर्दै भनिएको छ, अमेरिकास्थित नेशनल एण्ड कम्युनिटी सर्भिसको तत्वावधानमा डा रामचन्द्रले आफ्नो स्वयंसेवाद्वारा अमेरिकी राष्ट्र तथा समुदायलाई प्रत्यक्ष सेवा पुर्‍याएको तथा त्यहाँको कठिनतम् परिस्थितिमा पुर्‍याएको आड भरोसाप्रति ‘तपाईले अमेरिकन स्पिरिट तथा गरिमालाई उजागर गर्नुभएको तथा मानवीय सेवालाई प्राथमिकता दिने हाम्रो अमेरिकन परम्परालाई प्रदान गर्नु भएको सेवाप्रति हामी तपाईप्रति…

कोफी अन्नानको निधन

रासस/एएफपी
भाद्र ३, २०७५
कोफी अन्नानको निधन
स्विट्जरल्याण्ड, २ भदौ । राष्ट्रसंघका पूर्वमहासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार निधन भएको छ । उनी ८० वर्षका थिए । पूर्वमहासचिव अन्नानको मृत्युको खबरले आफूहरूलाई स्तब्ध बनाएको शोक सन्देशहरू विश्वभरबाट प्राप्त भएका उनको संस्थाले जनाएको छ । घानामा जन्मेका अन्नान पछिल्लो समय स्विट्जरल्याण्डमा बसोबास गर्दै आएका थिए । अन्नानले सन् ११९७ देखि २००६ सम्म राष्ट्रसंघको प्रमुखका रूपमा दुर्इ कार्यकाललाई सफलतापूर्वक पूरा गरेका थिए । संयुक्त राष्ट्रसंघका भूतपूर्वमहासचिव कोफी अन्नानको स्विटजरल्याण्डको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । राष्ट्रसंघका पूर्वमहासचिव अन्नानको निधनबारे उनको परिवारले पुष्टि गर्दै भनेको छ, 'अन्नानले विश्वव्यापी राजनेताको छवि बनाएर आफ्नो देहत्याग गर्नुभएको छ ।’ उनले जीवनभर मानव समानता तथा शान्तिपूर्ण विश्वका लागि…

पोर्चुगल जितमा रोनाल्डोको गोल

आदर्श समाज सम्वाददाता
असार ७, २०७५
पोर्चुगल जितमा रोनाल्डोको गोल
पोखरा, ६ असार । विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह 'बि’ मा रहेको पोर्चुगलले मोरक्कोमाथि १-० को गोलअन्तर कायम गरेको छ । पोर्चुगिज टोलीको जितमा चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डो नायक बने । स्पेनविरुद्धको पहिलो खेलमा हृयाटि्रक गरेका रोनाल्डोले मोरक्कोबीचको प्रतिष्पर्धामा खेलको ४ मिनेटमै गोल गरेका हुन् । रुसमा जारी २१औँ विश्वकपको पहिलो खेलमा राम्रो प्रदर्शन गरेका रोनाल्डो दोस्रो खेलमा १ गोलमा सीमित भए । शुरुमै गोल खाएको मोरक्कोले आफूमाथि परेको दबाबलाई अन्तिमसम्म पनि थेग्दै न त आफूले गोल गर्न सक्यो न त पोर्चुगललाई नै गोल गर्ने मौका दियो । निकै कडा प्रतिस्पर्धा देखिएको खेलमा दुवै तर्फबाट गोलको सम्भावनाको नजिक पुग्ने प्रयास पटक-पटक भएका थिए । पोर्चुगलसँगको हारसँगै अघिल्लो चरणमा…

मेसी पेनाल्टीमा चुके

आदर्श समाज सम्वाददाता
असार ३, २०७५
मेसी पेनाल्टीमा चुके
पोखरा, २ असार । लियोनल मेसीले पेनाल्टीमा गोल गर्न चुकेपछि उपाधि दाबेदार अर्जेन्टिनाले रुसमा जारी २१ औं विश्वकप फुटबलको आफ्नो पहिलो खेलमा आइसल्यान्डसँग अंक बाँडेको छ। समूह 'डी’ अन्तर्गत शनिबार भएको पहिलो खेलमा अर्जेन्टिना आइसल्यान्डसँग १-१ गोलको बराबरीमा रोकिन पुगेको हो । पहिलो हाफ १-१ गोल बराबरीमा सकिएको खेल दोस्रो हाफमा आइसल्याण्डले रक्षात्मक रणनीतिमा खेल्यो । पहिलो पटक विश्वकपमा सहभागिता जनाएको आइसल्यान्डले बलियो अर्जेन्टिनालाई रक्षात्मक खेल खेल्दै बलियो टक्कर दियो। खेलको १९ औं मिनेटमा सर्जियो एग्युरोले गोल गर्दै अर्जेन्टिनाको उत्साह बढाएका थिए। सर्जियोले डिबस्सभित्र आइसल्यान्डका ५ जना रक्षकलाई छल्दै उत्कृष्ट गोल गरेका थिए। तर, आइसल्यान्डले ३ मिनेटलगत्तै अर्जेन्टिनाको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै बराबरी…