विदेश »

मेक्सिको सिमनामा पर्खाल निर्माणको विषयमा अमेरिकामा विवाद

एजेन्सी
फागुन ४, २०७५
मेक्सिको सिमनामा पर्खाल निर्माणको विषयमा अमेरिकामा विवाद
काठमाडौं, ४ फागुन । मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणमा संसदले बजेट स्वीकृत नगरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपतकाल घोषणा गरेका छन् । ह्वाइटहाउसमा शुक्रवार पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भने अमेरिकामा नशालु पदार्थ, मानव तस्करी र अपराधको खतराको बादल मडारिएको छ । त्यसलाई रोक्न सिमानामा पर्खाल लगाउन आवश्यक देखिएको छ । राष्ट्रपति ट्रम्पको उक्त कदमको विरोध भएको छ । डेमोक्रेट्स सांसदहरुले ट्रम्पले आफ्नो शक्तिको गलत प्रयोग गरेको टिप्पणी गर्दै यसविरुद्ध अदालत जाने वताएका छन् । ट्रम्पले भने यस कदमविरुद्ध डेमोक्रेट्स सांसदले अदालतमा चुनौति दिने कुरा मलाई थाहा छ तर मलाई यो कुरा पनि थाहा छ कि अदालतले सुरक्षा संवेदनशीलतासँग जोडिएको विषयलाई विचार…

अफगानिस्तान झडपमा ४२ को मृत्यु

rss रासस
माघ २४, २०७५
अफगानिस्तान झडपमा ४२ को मृत्यु
कुन्दुज, अफगानिस्तान, २४ माघ । अफगानिस्तानमा तालिवान विद्रोहीसँग सरकारी सेनाको भीडन्त हुँदा २० सुरक्षाकर्मीसहित ४२ जनाको मृत्यु भएको सरकारी अधिकारीले पुष्टि गरेका छन् । उत्तरी कुन्दुज र छिमेकी बागलान प्रान्तमा मङ्गलबार विभिन्न सुरक्षा चौकीमा एकैसाथ आक्रमण थालेपछि भएका प्रतिरोधका क्रममा २२ जना लडाकूका सार्थ २० जना सुरक्षाकर्मीको मृत्यु भएको छ, एक जना स्थानीय अधिकारीले नाम गोप्य राख्ने शर्तमा बताए । घाइते बनेका केही लडाकूलाई विद्रोहीले लिएर भागेका पनि उनले बताए । यसैबीच उत्तरी क्षेत्रका लागि राष्ट्रिय सेनाका प्रवक्ता मोहम्मद हनिफ रेजाइले सुरक्षाकर्मीतर्फ भएको क्षतिबारे जानकारी नगराईकन २२ जना तालिवान लडाकूको मृत्यु भएको र १८ जना घाइते भएका बताए । रेजाइले…

अमेरिकी राष्ट्रपति ट्रम्प बेलायत जाने

rss रासस
माघ २४, २०७५
डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध अमेरिकी सिनेट
लण्डन, २३ माघ (रासस÷सिन्ह्वा) । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत जाने अपेक्षा गरिएको छ । डिसेम्बर महिनामा हुने नाटो शिखर सम्मेलनमा सहभागी हुन उनी बेलायत जाने अधिकारीहरूले बताएका छन् । राष्ट्रपति भएपछिको पहिलो भ्रमण गत बर्षको जुलाईमा गर्दा उनी विरुद्ध व्यापक प्रदर्शन भएको थियो । नाटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बुधबार जारी गरेको वक्तव्यमा डिसेम्बरमा शिखर सम्मेलन गर्ने सहमती भएको उल्लेख गरिएको छ । सुरक्षा चुनौती र नाटोले मानिसलाई सुरक्षित राख्न कसरी सक्छ भन्ने बारेमा शीर्ष नेताहरू बीच छलफल हुने वक्तव्यमा लेखिएको छ । बेलायती प्रधानमन्त्रीको कार्यालयद्धारा बुधबार जारी गरिएको विज्ञप्तीमा प्रधानमन्त्री थेरेशा मेले सो सम्मेलनलाई ‘महत्वपूर्ण अवसर’को रूपमा लिइएको उल्लेख…

जापानी पत्रकारलाई यमन जान रोक

एजेन्सी
माघ २४, २०७५
जापानी पत्रकारलाई यमन जान रोक
टोकियो, २३ माघ । जापान सरकारले रिपोर्टिङका लागि युद्धग्रस्त यमन जान लागेका एक जना वरिष्ट पत्रकारको पासपोर्ट सरकारलाई बुझाउन आदेश दिएको छ । गत वर्ष सिरियामा विद्रोहीको कब्जाबाट एक जना जापानी पत्रकार मुक्त भएर जापान फर्किएलगत्तै युद्धग्रस्त क्षेत्रमा रिपोर्टिङका लागि जापानी पत्रकारलाई जान अनुमति दिने वा नदिने भन्नेमा जापानमा चर्को बहस चलेको थियो । उक्त बहसपछि सरकारले युद्धग्रस्त क्षेत्रमा जापानी पत्रकारलाई जान अनुमति नदिने निर्णय लिएको थियो । स्थानीय सञ्चार माध्यमसँग कुरा गर्दै ४९ वर्षीय पत्रकार कोसुके चुनिओकाले जापानी अध्यागमन अधिकारीहरुले टोकियोस्थित हानेदा विमानस्थलमा आफूलाई रोकेको जानकारी दिए । उनले आफ्नो पासपोर्ट समेत सरकारी अधिकारीलाई बुझाउन आदेश दिइएको बताए ।…

दक्षिणी सुडानका २० हजार शरणार्थी स्वदेश फिर्ता

rss रासस
माघ २४, २०७५
दक्षिणी सुडानका २० हजार शरणार्थी स्वदेश फिर्ता
कम्पाला, २४ माघ । दक्षिणी सुडानका झण्डै २० हजार शरणार्थी स्वदेश फर्किएको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रसङ्घीय एक निकायले बुधबार सार्वजनिक गरेको तथ्याङ्कनुसार देशमा पछिल्लो समयमा भइरहेको शान्ति प्रक्रियाको प्रभावले उनीहरु स्वदेश फर्किएका हुन् । दक्षिणी सुडानबाट विस्थापित भएर युगाण्डा पुगेका उनीहरु स्वतः स्फुर्तरुपमा स्वदेश फर्किएको राष्ट्रसङ्घीय अधिकारीहरुले जनाएका छन् । शरणार्थीका लागि राष्ट्रसङ्घीय उच्च आयोगका तर्फबाट युगाण्डामा रहेका प्रतिनिधि जोएल बौट्रोयले २० हजारभन्दा बढी शरणार्थी घर फर्किएको जानकारी दिए । सरकारले स्वदेश फर्किनेहरुको सङ्ख्या हामीले भनेको भन्दा धेरै बढी रहेको दाबी गरेको छ, तर हामीले भने २० हजारको हाराहारीमा शरणार्थी स्वदेश फर्किएको पाएका छौँ उनले भने । युगाण्डामा…

भारतीय श्रम स्वीकृतिबारे दुतावासको चासो

एजेन्सी
माघ २४, २०७५
भारतीय श्रम स्वीकृतिबारे दुतावासको चासो
माघ, २४ काठमाडौं । भारतीय कामदार श्रम स्वीकृति लिनुपर्ने सर्कुलर नेपाल सरकारले जारी गरेपछि नेपालस्थित भारतीय दूताबासले चासो व्यक्त गरेको छ । भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन अजयकुमार बुधवार सिंहदरबार पुगेका छन् । श्रम मन्त्राय पुगेका उनले भारतीय कामदारलाई श्रम स्वीकृति अनिवार्य गरिएकोबारे चासो राखेका थिए । तर, मन्त्रालयका अधिकारीहरुले सार्वजनिक भएको पत्रको ब्यहोरामा भनिएजस्तो श्रम स्वीकृति अनिवार्य नगरिएको प्रतिक्रिया दिएका छन् । दूताबासका अधिकारीले यसबारे निकै चासो राखेका छन् । हामीले यसमा के भएको हो भन्नेबारे स्पष्ट गरेका छौं, श्रम मन्त्रालयका एक अधिकारीले भनेका छन् । मन्त्रालय स्रोत भन्छ, बुधवार नै स्पष्टीकरण पत्र प्राप्त भएको छ । चित्तबुझ्दो…

पोखराको पर्यटन विकासमवारे सिलगुडीमा अन्तरक्रिया

rss रासस
माघ २३, २०७५
पोखराको पर्यटन विकासमवारे  सिलगुडीमा अन्तरक्रिया
सिलगुडी, २३ माघ । भारतको सिलगुडीमा मङ्गलबारदेखि शुरु बङ्गाल ट्राभल मार्टमा पोखराको पर्यटनबारे छलफल भएको छ । पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा भारतीय उत्तरपूर्वी ६ वटा राज्यका पर्यटन व्यवसाय सञ्चालन गर्ने व्यवसायीको छाता सङ्गठन इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएशनको आयोजनामा सञ्चालित मार्टमा सहभागी बन्न पोखरेली पर्यटन व्यवसायीको समूह मङ्गलबार सिलगुडी आइपुगेको हो । मार्टको उद्घाटन समारोहमा नेपाल, भारत, बङ्गलादेश र भुटानबाट सहभागी पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधिले क्षेत्रीय अवधारणका साथ यी क्षेत्र समेटर पर्यटकीय विकास गर्नुपर्नेमा जोड दिए । समारोहमा वक्ताहरूले अफगानिस्तानबाट पाकिस्तान हुँदै शुरु हुने विश्वको पूर्वी हिमाली शृृङ्खला भारतको उत्तरपूर्वी राज्य भएर भुटान…

डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध अमेरिकी सिनेट

एजेन्सी
माघ २३, २०७५
डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध अमेरिकी सिनेट
पोखरा, २३ माघ । सीरिया र अफगानिस्तानबाट सैनिक फिर्ता बोलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध अमेरिकी सिनेटले भारी बहुमतबाट एक महत्वपूर्ण प्रस्ताव पारित गरेको छ । यो प्रस्तावको पक्षमा ट्रम्पको पार्टी रिपब्लिकन सांसदहरुले समेत मतदान गरे । ट्रम्पको निर्णयविरुद्ध रिपब्लिकन सांसद नै उभिनुलाई पाटीभित्रको गम्भीर मतभेदको रुपमा समाचार एजेन्सीहरुले चित्रण गरेका छन् । सिनेटमा रिपब्लिकन नेता मिच म्याकनेलले प्रस्ताव पेश गरेका थिए । उनले गत हप्ता भनेका थिए, ‘सिरिया र अफगानिस्तानमा अल कायदा, आईएसआईएस र तिनीहरुसँग सम्बद्ध संगठन हाम्रो राष्ट्रका लागि गम्भीर खतरा बनेका छन् भन्ने तथ्यलाई स्पष्ट रुपमा प्रस्तावमा राखिने छ ।’ यो प्रस्ताव भारी बहुमतबाट पारित भयो । प्रस्तावको…

सौचालय गएकी महिलालाई सर्पले टोक्यो

एजेन्सी
माघ १६, २०७५
सौचालय गएकी महिलालाई सर्पले टोक्यो
पोखरा, १५ माघ : शौच गर्न शौचालय गएकी एक अष्ट्रेलियन महिलालाई सर्पले टोकेको छ। ५९ वर्षिया हेलेन रिचार्ड्स मंगलबार ब्रिसबेनमा रहेका छिमेकीको घर घुम्नको लागि गएकी थिइन्। छिमेकीको घरमा रहेको शौचालयको कोमोड भित्रै लुकेर बसेको सर्पले रिचार्ड्सलाई टोकेको हो। ५ फिट लामो विषरहित अजिंगरले उनलाई टोकेको जनाइएको छ। उनको अवस्था यतिबेला समान्य छ। कमोड भित्रको सर्पले टोकेपछि रिचार्ड्स अत्तालिएकी थिइन्। त्यसपछि तत्काल उद्धारको लागि खबर गरिएको थियो। उद्धारकर्ता जाम्सिन जेनलीले सर्पलाई कमोडबाट निकालेका थिए। उनले गर्मी महिनामा सर्पहरु शौचालयमा फेलापर्नु सामान्य भएको बताए।गर्मीका कारण सर्पहरु चिसो स्थानको खोजीमा रहने उनको भनाइ थियो। यतिबेला अष्ट्रेलियामा ४० डिग्रीसम्मको गर्मी छ।

शिक्षणशैलीले थापालाई अवार्ड

आदर्श समाज सम्वाददाता
माघ ४, २०७५
शिक्षणशैलीले थापालाई अवार्ड
लमजुङ, ३ माघ। लमजुङका शमशेरबहादुर थापा अन्तराष्ट्रियस्तरको ‘ग्लोबल टिचिङ प्राइज’ का लागि छनौट भएका छन् । विश्वका १ सय ७९ मुलुकबाट छनौट भएका ५० मध्ये नेपाली नागरिकमा उनी एकमात्र हुन् । आगामी मार्चमा दुवईमा सम्पन्न हुने सो पुरस्कार वितरण समारोहमा आयोजक यूके मार्की फाउण्डेसनले थापालाई पाँच रातका लागि आतेजाते खर्च समेत बेहोर्ने गरी निमन्त्रणा गरिसकेको छ। अनलाइन माध्यमबाट उक्त पुरस्कार दाबी गनेर्मा १ सय ७९ मुलुकका झण्डै ३० हजार प्रत्यासीले फाराम भरेका थिए । तीमध्येबाट ३८ देशका ५० जना छनौैट हुनेमध्ये आफू एकजना मात्र नेपाली भएको थापाले बताए। पुरस्कार राशि एक मिलियन अमेरिकन डलर रहेको छ। त्यसको टप टेन नतिजा आउँदो फेबु्रअरीमा सार्वजनिक…