खेलकुद »

गोर्खाका बानियाले छैटौं संस्करणको अर्मलाको पर्वतीय दौड जिते

narayan shahi नारायण शाही
फागुन १, २०७५
गोर्खाका बानियाले छैटौं संस्करणको अर्मलाको पर्वतीय दौड जिते
पोखरा, २९ माघ ।पोखरा १६ स्थित अर्मलामा सम्पन्न छैटौ्र संस्करणको पर्वतीय दौडमा गोर्खाका कल्याण बानियाले बाजी मारेका छन । उनले पहाडी बाटोको १० किलो मिटरको दुरीलाई बानियाले ४४.१७ मिनेटमा पूरा गर्दै मेडर र प्रमाणपत्रसहित नगद १५ हजार प्राप्त गरे । यसैगरी, ओखलढुङ्गाका सुवास कार्कीले उक्त दूरी ४४.३८ मिनेटमा पूरा गर्दै दोस्रो भए । उनले प्रमाणपत्र र मेडलसहित नगद १० हजार र रुकुमका राज बुढाले ४४.५६ मिनेटमा दूरी पार गर्दै तेस्रो भए । बुढाले नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र पाए । श्रीपञ्चमीका अबसरमा अर्मलामा लाग्ने विशेष मेला तथा अन्य खेलकुदमा पुरुष भलिबलतर्फ लेब्री परिवार प्रथम हुँदै नगद ५० हजारका…

डफिन्सलाई फुटबल उपाधि

Bijay Nepal विजय नेपाल
माघ २८, २०७५
डफिन्सलाई फुटबल उपाधि
पोखरा, २७ माघ। छैटौं मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको उपाधि क्यामरुनको डफिन्स टिम फेमेली फुटबल क्लबले जितेको छ । पोखरा रंगशालामा आइतबार भएको फाइनलमा विभागीय टिम एपीएफलाई १–० गोलअन्तरले पराजित गर्दै पहिलो पटक फुटबल खेल्न आएको पाहुना टोलीले उपाधिसहित ७ लाख ५५ हजार रुपैयाँ, ट्रफी र मेडल पुरस्कार जित्यो । उपविजेता एपीएफले ४ लाख ५ हजार रुपैयाँ पुरस्कारमा चित्त बुझायो । अत्यन्तै प्रतिष्पर्धात्मक फाइनलको ५४ औं मिनेटमा यान्निक ओवानाले उत्कृष्ट गर्दै आफ्नो टिमलाई उपाधिको हकदार बनाएका हुन् । अरमेल अहण्डाले विपक्षी पोष्टमा बल प्रहार गनेर्क्रममा एपीएफका सन्तोष कटुवाललाई लागेर रिबाउण्ड भएकोमा यान्निकले बललाई जाली चुमाएका थिए । फाइनलमा खेलका म्यान अफ दी म्याच घोषित…

उपाधिमा एपीएफ र क्यामरुन

Bijay Nepal विजय नेपाल
माघ २७, २०७५
उपाधिमा एपीएफ र क्यामरुन
पोखरा, २६ माघ। लिग च्याम्पियन सिग्नेचर मनाङ मस्र्याङ्दी फुटबल क्लब पोखरामा उपाधि यात्राबाट बाहिरिएको छ । छैटौं मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको पोखरा रंगशालामा शनिबार भएको दोस्रो सेमिफाइनलमा पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमेली क्लबसँग सडन डेथको शिकार बन्दै उपाधि विमुख बनेको हो । विजयी क्यामरुनी टिमले अब उपाधिका लागि आइतबार विभागीय एपीएफ टिमसँग फाइनल खेल्नेछ । जारी प्रतियोगितामा पछिल्ला लगातार ३ खेल टाइब्रेकरसम्म धकेलिए । शनिबार निर्धारित ९० मिनेट खेलमा दुवै टिमको १–१ बराबरी भएपछि ३० मिनेट थपहुँदै टाइब्रेकरमा पुगेको थियो । सडनडेथमा मनाङका बिमल रानाको प्रहार क्रसबारबाट बाहिरिन पुग्नु नै दुर्भाग्य बन्यो । यसअघि मनाङकै सुरज बिकको बल बारमा लागेर रिवाउण्ड भएको थियो । टाइब्रेकरमा…

चर्चामा डीपीएल, विजेतालाई ३० लाख

rss रासस
माघ २५, २०७५
चर्चामा डीपीएल, विजेतालाई ३० लाख
काठमाडौँ, २४ माघ । धनगढीमा यही माघ २६ देखि फागुन ११ गतेसम्म हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको विजेताले ३० लाख पाउने भएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले विगतका संस्करणझैँ यसपटक पुरस्कार सर्वाधिक धनराशिको रहने जानकारी दिए। उनले प्रतियोगिताको पुरस्कार राशिमा २० प्रतिशत बढाइएको बताउँदै प्रतियोगिताको कूल पुरस्कार राशि ६० लाख रहेको बताए। त्यसमा विजेताले रु ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले रु चार लाख तथा चौथो हुने टोलीले रु दुई लाख पाउनेछन्। आयोजकका अनुसार मैदान तथा प्राविधिक व्यवस्थापनको काम लगभग सकिएको छ। “मैदान तथा पाँचवटा पिच निर्माण सम्पन्न भइसकेको छ। प्रतियोगिता आयोजनाका विभिन्न…

पोखराको अर्मलामा पर्वतीय दौड हुने

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५
पोखराको अर्मलामा पर्वतीय दौड हुने
पोखरा, २४ माघ । पोखरा महानगरपालिका—१६ स्थित अर्मलामा १० किलोमिटर पर्वतीय दौड, पुरुष भलिबल र परम्परागत खेल छेलो हान्ने प्रतियोगिता हुने भएको छ । श्रीपंचमीको अबसर पारी माघ २७ गते आयोजित प्रतियोगिताहरु मध्ये छैटौ पटक आयोजित १० किलोमिटर पर्वतीय दौड पोखराको बाटुलेचौरबाट शुरु भई अर्मला कोटमा पुगेर सम्पन्न हुने क्लबका अध्यक्ष गंगा बहादुर गुरुङले जानकारी दिए । गुरुङका अनुसार दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश नगद १५, १० र ५ हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन । पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले विजेताले ३५ हजार र द्वितीयले २५ हजार रनिङ कप, पदक तथा प्रमाणपत्र पाउने वताइएको…

ब्रिगेडसामु मनाङलाई कठिन

मनकामना केबुलकार पोखरा कप

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५
ब्रिगेडसामु मनाङलाई कठिन
पोखरा, २३ माघ । लिगविजेता सिग्नेचर मनाङ मस्र्याङ्दी फुटबल क्लबले पोखरा रंगशालामा बुधबार ब्रिगेड ब्वाइज क्लबमाथि कठिन जित हात पारेको छ । निर्धारित समयको अन्तिम मिनेटसम्म एक–एकको बराबरी खेलेको मनाङले अतिरिक्त समयमा १० खेलाडीमा सीमित ब्रिगेडमाथि स्कोर लिन नसक्दा जिका लागि टाइब्रेकरको नतिजा कुर्नुपर्यो । अन्ततः टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै उपाधि दावेदार मनाङले दोस्रो सेमिफाइनलमा पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमेली फुटबल क्लबसँग भेट सुनिश्चित गरेको छ । क्यामरुनी टिमले दोस्रो क्वाटरफाइनलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई ४–१ ले पराजित गरी अन्तिम चारमा ठाउँ सुरक्षित पारिसकेको छ । पोखरा रंगशालामा दिनको खेलमा लिगविजेतासामु उत्कृष्ट खेल पस्केको ब्रिगेड व्याइजले टाइब्रेकरमा पदम भट्टराईको पेनाल्टी सुटआउट गोलमा परिणत…

यु–१८ टेनिसमा प्रिक्वाटरका खेल सम्पन्न

एजेन्सी
माघ २४, २०७५
यु–१८ टेनिसमा प्रिक्वाटरका खेल सम्पन्न
पोखरा, २३ माघ । पोखरामा जारी यु–१८ डिभिजन–५ आइटीएफ टेनिस प्रतियोगितामा पुरुष तथा महिला एकलतर्फ प्रि–क्वाटरफाइनल खेल सम्पन्न भएका छन्। पुरुष एकलमा शीर्ष वरियताका खेलाडी फिलिपिन्सका जोसे एन्टिनियो ट्रियाले जर्मनका पउल अर्मिनलाई ७–५, ६–१ सेटमा पराजित गरे। जापानका जेनी इनोउले प्रभावशाली खेल प्रस्तुत गर्दै भारतका अनमोल जैन पंकजलाई पराजित गरे। उनले जैनलाई ६–०, ६–२ को सहज सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाए। भारतका अनुराग अग्रवालले जापानका ताकुमी वातानावेलाई ६–१, ६–२, भारतकै इशान सेठीले चाइनाका जिछुन लीलाई ६–४, ६–३, भारतकै दीपेन्द्र अग्रवालले कोरियाका जुविन किमलाई ६–३, ६–२, भारतकै उदयवीर सिंहले चाइनाका चेन लियाङलाई ६–१, ६–३, हङकङका केल लोल इन ताङ्ले भारतका…

रिस्सो युनिभर्सिटी सेमिफाइनलमा

Bijay Nepal विजय नेपाल
माघ २३, २०७५
रिस्सो युनिभर्सिटी सेमिफाइनलमा
पोखरा, २२ माघ। जापानी रिस्सो युनिभर्सिटीको टिमले पोखरा रंगशालामा उत्कृष्ट खेल पस्केको छ। छैटौं संस्करणको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा मंगलबार नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गरी विजयी यात्रा सुरुवात गर्यो। खेलको १९ औं मिनेटमा जापानी टिमका लागि यासुताका सुजुकीले गरेको एकमात्र गोल निर्णायक साविक भयो। भर्खरै उमेरका देखिने जापानी खेलाडीको खेल प्रदर्शनलाई विपक्षी पुलिसका प्रशिक्षक अनन्तराज थापाले पनि प्रशंसा गरे। आफ्नो हारलाई स्वभाविक लिँदै उनले भने, ‘उनीहरु (जापानी टीम) को प्रदर्शनबाट लोभलाग्दो रह्यो। कसरी फुटबल खेल्नुपर्छ भन्ने हामीले सिक्यौं।’ नेपाली फुटबल खेल कुन स्तरमा छ भन्ने कुरा म्याच खेलेपछि मात्र थाहा हुने बताए। उनले भने,…

यु–१८ आइटीएफ टेनिस जारी

एजेन्सी
माघ २३, २०७५
यु–१८ आइटीएफ टेनिस जारी
पोखरा, २२ माघ । अन्तराष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा यु–१८ डिभिजन पाँच आइटीएफ टेनिस प्रतियोगिता जारी छ। मंगलबार पुरुष तथा महिलातर्फ पहिलो चरणका सिंगल, डबल्सका विभिन्न खेल सम्पन्न भए। महिलातर्फ नेपालका अभिलाषा विष्टले सिंगल तथा डबल्स दुवैमा जित हासिल गरिन्। उनले अमेरिकाका माहिका गुप्तालाई ६–२, ७–५ सेटमा पराजित गरिन् भने डबल्सतर्फ श्रीलंकाका अञ्जलीका कुरेरालाई पार्टनर बनाएकी विष्ट जोडीले भारतका इनिका रेडी पेसारा र नेपालका अल्सा रेग्मीको जोडीमाथि ६–०, ६–१ को नतिजा निकालिन् । पुरुषतर्फ नेपालका इभ्याक जोशी भारतका अनमोल जैन पंकजसँग ६–०, ६–० को सोझो सेटमा पराजित भए। पुरुषतर्फकै अर्को प्रतिस्पर्धात्मक खेलमा कोरियाका जुविन किमले चाइनाका…

आर्मी स्तब्ध, क्यामरुन चारमा

मनकामना केबुलकार पोखरा कप

आदर्श समाज सम्वाददाता
माघ २२, २०७५
आर्मी स्तब्ध, क्यामरुन चारमा
पोखरा, २१ माघ । पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमेली फुटबल क्लब पोखरा रंगशालामा जारी छैटौं संस्करणको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको दोस्रो क्वाटरफाइनलमा उसले त्रिभुवन आर्मी क्लबलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गरेको हो । यस सिजनमा २ उपाधि र १ मा उपविजेता आर्मी पोखरा रंगशालामा भने पहिलो खेलमै पराजित हुन पुग्यो । गोलको खडेरी पहिलो हाफको इञ्जुरी टाइममा डफिन्सले चिर्न सफल भयो । डफिन्सका लागि यान्निक ओनाले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । यान्निकले नै खेलको ६० औं मिनेटमा गोल गर्दै अन्तर दोब्बर पारे । उनले डिडर टीनाको बललाई सदुपयोग गर्दै विपक्षीको गोलपोष्टमा प्रहार गर्दा कीपर…