पोखरा, १ फागुन। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामन्तवादका अवशेष समाप्त पार्न अझै केही समय कुर्नुपर्ने बताएका छन्। जनयुद्ध दिवसको २४ औं वार्षिकोत्सव अवसरमा बुधवार नेकपा कास्कीद्वारा पोखरामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘बुलेट र ब्यालेटबाट राजा हटायौं, अब शान्तिपूर्ण रुपबाट नै सामन्तवादका अवशेष हट्दै जाने छन्।’ ‘ब्यालेटबाट नै संविधानसभा र संघीयता अनुसार तीनै तहका निर्वाचन सम्पन्न गर्यौ, नयाँ संविधान बन्यो,’ उनले भने, ‘सामन्तवादको अन्त्य भएपछि जनवादी व्यवस्था सुदृढ हुँदै जान्छ। अहिले बनेका सरकार अघिल्ला सरकारको जस्तो निरन्तरता हैन, हामीले जनवादी सरकार स्थापित गरिसकेका छौ, अब जनतामा विस्तारै आर्थिक समृद्धि आउँछ, उनीहरुको जीवनस्तरमा परिवर्तन आउन शुरु…