पोखरा »

सृजनशील टोल विकासको आफ्नै भवन

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७५
सृजनशील टोल विकासको आफ्नै भवन
लेखनाथ, ४ फागुन । पोखरा–२६, जरुवामा रहेको सृजनशील टोल विकास संस्थाले विभिन्न सामाजिक संघ संस्था र टोलवासीको आर्थिक सहयोगमा पक्की भवन निर्माण गरेको छ । कुल २३ लाख रुपैयाँ लागतमा निर्मित सामाजिक भवनको शनिवार वडाध्यक्ष नारायणप्रसाद बरालले उद्घाटन गरे । उनले टोलवासीको सहयोगले नै वडाको विकास सम्भव भएकाले विकासका लागि जनता र सरकारबीच सहकार्य हुन सके छोटो समयमा धेरै विकास गर्न सकिने धारणा राखेका थिए । संस्थाका अध्यक्ष कल्पना बस्ताकोटीको अध्यक्षतामा भएको सो कार्यक्रममा स्थानीय समाजसेवी लिलाधर बराल, चन्दादाता प्रकाशलाल श्रेष्ठ, भवनका संरक्षक बसन्तनाथ योगी, जग्गादाता मधुमाया योगी, निवर्तमान अध्यक्ष गणेशभक्त अधिकारी, त्रिवेणी टोल विकास संस्थाका अध्यक्ष गणेश लामिछाने लगायतले सबैको साथ सहयोगले भवन बनाउन…

राइजिङ स्टारमा बिदाइ

एजेन्सी
फागुन ५, २०७५
राइजिङ स्टारमा बिदाइ
पोखरा, ४ फागुन। राइजिङ स्टार एकेडेमी बोर्डिङ स्कूल पोखरा–१३ मा बिदाइ कार्यक्रम सम्पन्न भएको छ । कक्षा ९ मा अध्ययनरत विद्यार्थीले कक्षा १० अध्ययन पूरा गरी एसइई परीक्षाका लागि तयार विद्यार्थीलाई बिदाइ गरेका हुन्। विद्यालय सञ्चालक समिति अध्यक्ष तथा विद्यालय निदेर्शक ज्ञानबहादुर कार्कीले उच्च शिक्षा अध्ययनका क्रममा विद्यार्थीले बेवास्ता गर्दा भविष्यमा असफल भइने हुँदा राम्रोसँग पढ्न आग्रह गरे। राइजिङ स्टार एकेडेमीका प्राचार्य सञ्जय पौडेलले मेहनत गरी अध्ययन गर्ने लगनशीलता भएका विद्यार्थी इमानदार हुने बताए । अब आउने परीक्षाको तयारी राम्रो गरी परीक्षामा सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरेका थिए। विद्यालयका अत्तिरिक्त क्रियाकलाप प्रमुख खेम भट्टराईले बिदाइ भएर जाने विद्यार्थीलाई आगामी परीक्षाको…

क्यान इन्फोटेक प्रचार गरिँदै

एजेन्सी
फागुन ५, २०७५
क्यान इन्फोटेक प्रचार गरिँदै
पोखरा, ४ फागुन। कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एशोसिएसन विथ आईएमईपे’ तयारी तीव्र बनाएको छ। आगामी फागुन १८ देखि २४ गतेसम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने प्रदेशस्तरीय इन्फोटेकको तयारीका क्रममा कास्की सहित प्रदेशका अन्य जिल्लामा पनि प्रचार–प्रसार भइरहेको अध्यक्ष युवराज पौडेलले जानकारी दिए। प्रचारप्र्रसारकै क्रममा क्यानले स्याङ्जामा पत्रकार सम्मेलन गरी इन्फोटेकको तयारीबारे जानकारी गरायो । क्यान प्रदेशका अध्यक्ष चिन्तामणि बास्तोलाले सूचना तथा प्रविधिको क्षेत्रमा इन्फोटेकले महत्वपूर्ण योगदान पुर्याउने बताए। अन्य जिल्लामा पनि प्रचारप्रसार गरिने सचिव विकास भूतेर्लले जानकारी दिए। यसैबीच इन्फोटेकमा राखिने स्टलहरुमध्ये ८० प्रतिशत स्टल बुकिङ भइसकेको उपाध्यक्ष विश्वास भण्डारीले जानकारी दिए। क्यान इन्फोटेकसँगै सिटी…

घाइते खत्रीको उपचारार्थ सहयोग

एजेन्सी
फागुन ५, २०७५
घाइते खत्रीको उपचारार्थ सहयोग
पोखरा, ४ फागुन। मादी–१२, भगवतीटार पहिरेगाउँ निवासी सीमा खत्रीको उपचारको लागि बेलायत निवासी दीपक गुरुङको पहलमा संकलित ६२ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । गुरुङले काठमाडौंको कान्ति बाल हस्पिटलमै पुगेर सो रकम हस्तान्तरण गरे। गत पुस १६ गते अचानक आगोलागीमा परी गम्भीर घाइते खत्री हाल उपचार गरिरहेकी छन्। बमबहादुर खत्री र मीनकुमारी गुरुङ खत्रीकी ९ वर्षीय छोरी सीमा खत्रीको उपचारको लागी हाल रकम अभावको समस्या रहेको छ। खत्रीको लागि केही राहतहोस् भन्ने हेतुले थोरै मात्रामा भए पनि मलमपट्टी लगाउन सकियोस् भन्ने मनसाय लिएर यो रकम संकलन गरिएको गुरुङले बताए। सीमा खत्रीको शरीरको करिब ४० प्रतिशत भाग आगोले पोलेर गम्भीर घाइते भएकी…

गुरुकुलद्वारा महर्जनको सम्मान

एजेन्सी
फागुन ३, २०७५
गुरुकुलद्वारा महर्जनको सम्मान
पोखरा, २ फागुन । गुरुकुल विद्या सदनले बडी विल्डिङ विश्वच्याम्पियन महेश महर्जनलाई सम्मान गरेको छ। नयाँबजारस्थित विद्यालयमा आयोजित समारोहमा विद्यालय अध्यक्ष इ. धर्म कोइराला, विद्यालय सञ्चालक बद्री पंगेनी, प्रमोद बराल, रामजी गौतम, कार्यक्रम संंयोजक शिक्षक रवि कार्की लगायतले महर्जनलाई नगद २५ हजारसहित ताम्रपत्र प्रदान गरी सम्मान गरेका हुन् । खेलाडी महर्जनले सम्मानले आफूलाई यस क्षेत्रमा अगाडि बढ्न थप उर्जा मिलेको बताए। उनले अबको लक्ष्य मिष्टर युनिभर्स भएको बताउँदै सबैको सहयोग शुभेच्क्षा रहे आफू सफल हुने विश्वास व्यक्त गरे। विद्यालय प्राचार्य अच्यूत पाण्डेले कार्यक्रम सञ्चालन गरेका थिए।सन् २०१८ मा थाइल्याण्डको चियङमई सिटीमा भएको १० औं वल्र्ड बडी विल्डिङ एण्ड फिजिक स्पोर्टस् च्याम्पियनसीपमा पुरुष…

विद्यार्थीलाई अनुशिक्षण

एजेन्सी
फागुन ३, २०७५
विद्यार्थीलाई अनुशिक्षण
पोखरा, २ फागुन । सिद्धार्थ क्लबले अन्नपूर्ण गाउँपालिकामास्थित सरकारी तथा सामुदायिक विद्यार्थीका लागि लागुऔषध, एचआईभी तथा यौनजन्य संक्रमणसम्बन्धी अनुशिक्षण तथा प्राथमिक उपचार बाकस वितरण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले लागुऔषध र यौनजन्य संक्रमणसम्बन्धी कार्यक्रमले जनचेतना फैलाउँदै स्वस्थ्य समस्या न्यूनीकरणमा सहयोग गर्ने विश्वास व्यक्त गरिन् । क्लब अध्यक्ष विनोदप्रसाद श्रेष्ठले लागुऔषध र यौनजन्य रोगबारे जानकारीका साथै रोगथामबारे विद्यार्थी जीवनबाटै जानकारी गराउन सकेमपरिवार तथा समुदाय स्वास्थ र सुरक्षित रहन सक्ने बताए । अन्नपूर्ण गाउँपालिका वडा २ का अध्यक्ष चूडामणि अधिकारीले गाउँपालिका केन्द्रित जनचेतनामूलक कार्यक्रमको निरन्तरताको अपेक्षा गरे । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले प्राथमिक उपचार वाकसको महत्वबारे बताए । क्लबका निवर्तमान अध्यक्ष रवि…

नारायणदत्त स्मृति कोषबाट विद्यार्थी सम्मानीत

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७५
नारायणदत्त स्मृति कोषबाट विद्यार्थी सम्मानीत
लेखनाथ, २ फागुन । नारायणदत्त रानाभाट र दुर्गा रानाभाटको स्मृतिमा रानाभाट परिवारद्वारा स्थापित नारायणदत्त दुर्गा रानाभाट स्मृति कोषबाट ३ विद्यार्थी सम्मानित भएका छन् । पोखरा २६ का राजनीतिकर्मी तथा प्रजातन्त्रका सेनानी स्वर्गीय नारायणदत्त रानाभाटको सम्झनामा स्थापित ६ लाख ६ हजार ६ सय ६ रुपैयाँको अक्षयकोषबाट यस वर्षदेखि विद्यार्थी प्रोत्साहनस्वरुप सम्मान र जटिल खालको रोगबाट पीडित विद्यार्थीलाई आर्थिक सहयोग गरिएको हो। वडाका सामुदायिक विद्यालयतर्फबाट कक्षा १२ मा उत्कृष्ट अंक ल्याउन सफल लक्ष्मी माविका छात्र प्रदीप थापा, सोही विद्यालयकी छात्रा मनु पुन र भवानी कालिका माविका उत्कृष्ट विद्यार्थी कृष्ण राजभाटलाई सम्मान गरिएको हो । जटिल रोगबाट पीडित गरीब तथा जेहेन्दार विद्यार्थी युवराज रानाभाटलाई नगद २५…

सिर्जनाचोकमा डरलाग्दो दुर्घटना, ट्रकभित्र पस्यो मोटरसाईकल सहित मान्छे

आदर्श समाज सम्वाददाता
फागुन २, २०७५
सिर्जनाचोकमा डरलाग्दो दुर्घटना, ट्रकभित्र पस्यो मोटरसाईकल सहित मान्छे
पोखरा, २ फागुन । पोखराको सिर्जनाचोकमा डरलाग्दो दुर्घटना भएको छ । चोकमा मोडिने क्रममा मोटरसाईकल मान्छेसहित ट्रकमुनि पसेका हुन् । ना ३ ख १०२० नम्बरको ट्रक र ग २ प १८७४ नम्बरको मोटरसाईकल आपसमा ठोकिएका हुन् । दुर्घटनामा ६५ बर्षीय मुक्ति भण्डारी घाईते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाईकलको ट्यांकी समेत फुटेको छ । ट्रकभित्र पसेपछि १० मिटर जति घिसारिएको थियो । घाईतेको छातीमा चोट लागेको छ, घाइतेको पोखरा स्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।

जनप्रतिनिधिविरुद्ध जनताको आक्रोश

आदर्श समाज सम्वाददाता
फागुन २, २०७५
जनप्रतिनिधिविरुद्ध जनताको आक्रोश
विकासका काममा कमिसनको चक्कर : उपभोक्ता समिति समितिले उपभोक्तासँग मनपरी शुल्क उठायो : जनप्रतिनिधि पोखरा, १ फागुन। विकास निर्माणमा अवरोध गरेको आरोप लगाउँदै पोखरा–५, धारापानीका नागरिक आफ्नै जनप्रतिनिधिसँग आक्रोशित भएका छन्। सीमानामार्ग–बाँसटारी–धारापानी सडक निर्माणमा जनप्रतिनिधिले अवरोध गरेर काम गर्न नदिएको उनीहरुको आरोप छ। बाटो निर्माण उपभोक्ता समितिले बुधबार पत्रकार सम्मेलन गरी विकास निर्माणको काम गर्दा जनप्रतिनिधिले नै कमिसन मागेको गम्भीर आरोप लगाए। ‘५० प्रतिशत अनुदानमा काम गर्ने गरी महानगरले नै उपभोक्ता समिति बनायो। समिति बनेपछि हामीले काम गर्न थाल्यौं,’ समिति अध्यक्ष युवराज खतिवडाले भने, ‘तर अहिले अनावश्यक बखेडा झिकेर आयोजना नै बिथोल्ने काम भएको छ। दू्रतगतिमा भैरहेको काम रोक्नु आश्चर्यको…

माग सुनुवाइ नभए सवोर्च्च जान्छौं : विद्यार्थी

गण्डकी मेडिकल कलेज शुल्क प्रकरण

आदर्श समाज सम्वाददाता
फागुन २, २०७५
गण्डकी मेडिकल कलेज विवाद
पोखरा, १ फागुन। मनपरी शुल्क असुलेको आरोप लगाउँदै विद्यार्थी आन्दोलनमा उत्रिएपछि दुई सातादेखि पोखराको गण्डकी मेडिकल कलेज ठप्प छ। कलेजले प्रत्येक विद्यार्थीसँग सरकारले तोकेभन्दा बढी रकम बिनापुर्जी असुलेको आरोप लगाउँदै शुल्क फिर्ता गर्नुपर्ने उनीहरुको माग छ। चारबुँदे मागपत्रमध्ये मुख्य माग बढी रकम फिर्ता गर्नुपर्ने बुँदामा कलेज प्रशासनले चासो नदिएपछि पटक–पटक बसेको वार्ता समेत सफल भएको छैन। माघ १६ गतेदेखि बन्द कलेज अहिलेसम्म पनि यथावत छ। त्यसमाथि माग सुनुवाइ नगरेको आरोपमा विद्यार्थीले अस्पतालको ओपीडी सेवा समेत बन्द गरि दिए। दुई साताबीचमा कलेज र विद्यार्थीबीच २ पटक औपचारिक र २ पटक अनौपचारिक गरी ४ पटक बैठक बसेको छ। तर कुनै पनि बैठक…