पोखरा »

सहारा क्लबलाई २ सय ज्याकेट सहयोग

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७५
सहारा क्लबलाई २ सय ज्याकेट सहयोग
पोखरा, ६ फागुन। रेन्बो प्राइभेट लिमिटेड कम्पनीले १७ औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको लागि २ सय थान ज्याकेट उपलव्ध गराएको छ । कम्पनीका गणेशमान श्रेष्ठले सहारा क्लब सदस्य शान्ता केसीलाई सो ज्याकेट हस्तान्तरण गरेका हुन्। सो कम्पनीले गत वर्ष समेत १ सय ९० थान ज्याकेट उपलव्ध गराएको थियो। आगामी दिनमा पनि यस्तो सहयोगलाई निरन्तरता दिने श्रेष्ठले बताए । कम्पनीले सहारा एकेडेमीको सहयोगार्थ ज्याकेट उपलव्ध गराएको क्लब अध्यक्ष केशवबहादुर थापाले जनाए। सहारा क्लबद्वारा संचालित सहरा एकेडेमीमा विपन्न परिवारका २८ जना बालकलाई क्लबले फुटबल प्रशिक्षण एवं अध्ययन अध्यापन गराउँदै आएको छ। एकेडेमी सहयोगार्थ क्लबले यही फागुन ९ देखि १८ गतेसम्म पोखरा रंगशालामा आयोजना गर्ने…

५१ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७५
५१ युनिट रगत संकलन
हेमजा, ६ फागुन। सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगर तथा एनआईसी एशिया बैकको संयुक्त आयोजनामा सोमवार भएको रक्तदान कार्यक्रममा कुल ५१ युनिट रगत संकलन भएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ६९ औं प्रजातन्त्र दिवसको अवसरमा पृथ्वीनारायण क्याम्पस गेट अगाडि रक्तदान कार्यक्रम गरिएको हो। प्रमुख अतिथि प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले रक्तदानको महत्व रहेको औँल्याए । उनले कास्कीका सामुदायिक सेवा केन्द्रले निःस्वार्थ सामाजिक उत्तरदायित्व एवं जिम्मेवारी बहन गर्दै आएको बताए। पोखरा–१ वडाध्यक्ष शारदाकुमारी पराजुलीले रक्तदान गर्नु सबैभन्दा ठूलो धर्म भएको स्पष्ट पार्दै मानव सहयोगमा सदैव अग्रसर रहन सबैमा आग्रह गरिन्। केन्द्रका कार्यसमिति सदस्य मेघनाथ काफ्लेको संयोजकत्वमा भएको कार्यक्रमको प्रमुख अतिथि गुरुङले…

सोनाम ल्होछारमा सांस्कृतिक कार्यक्रम

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७५
सोनाम ल्होछारमा सांस्कृतिक कार्यक्रम
पोखरा, ६ फागुन । मञ्जुश्री संवत् २८५५ औैं सोनाम ल्होछार अवसरमा पोखरामा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । त्यस अवसरमा चेलिबेटी सहितको शुभकामना आदानप्रदानसँगै सांस्कृतिक कार्यक्रम गरियो । कार्यक्रममा नेपाल तामाङ वाईबा समाज अध्यक्ष वीगेन्द्र वाइवा तामाङले ल्हो परम्परा मान्नु अन्धविश्वास नभएर चन्द्रमाको गति र प्रभावको आधारमा हेर्ने विश्व वैज्ञानिक दृष्टिकोण भएको बताए ।कार्यक्रममा लोकोत्तर लोकवादी विचार अभियानका प्रबद्र्धक धनप्रसाद तामाङ र नेपाल तामाङ महिला घेदुङ कास्कीका निवर्तमान अध्यक्ष दीलमाया स्याङबोले बोलेका थिए । सो अवसरमा वाईबा भाइखलकका ८२ वर्षीय मानबहादुर वाईबालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै, वाईबा वंशावलीको खोज अध्ययन र अनुसन्धानमा सहयोग पुर्याउने पूर्व संयोजक प्रताप वाईबा र विष्णु योञ्जन तामाङलाई प्रशंसापत्र…

नक्कली नोट बनाउने लामा दम्पती पोखरामा पक्राउ

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७५
नक्कली नोट बनाउने लामा दम्पती पोखरामा पक्राउ
पोखरा, ६ फागुन । कास्की प्रहरीले सोमवार दिउसो एक हजार रुपैयाँको १९ थान नक्कली नेट सहित दुई व्यक्तिलाई पोखरा—५ पस्र्याङबाट पक्राउ गरेको छ । मकवानपुर हेटौडा घरभई पोखरा—५ पस्र्याङ स्थित धारापानीमार्ग डेरागरी बस्दै आएका ३२ बर्षीय नरेश लामा र उनकी पत्नी २५ बर्षीया सरस्वती बलामीलाई प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुको साथवाट प्रहरीले नेपाली एक रुपैयाँका १९ वटा नक्कली नोट, नक्कली नोट वनाउन प्रयोग हुने कलर प्रिन्टर एक, ल्यापटप एक थान, नेपाल टेलिकम र एनसेलको ९० हजार बरावरको रिचार्ज कार्डहरु, एउटा मोटरसाइकल, दुई थान मोवाइल र पाँचसय रुपैयाँका दुई वटा भारतीय नोट बरामद गरेको छ । उनीहरुले गत माग…

मिलेर काम गरौ : प्रमुख जिसी

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७५
मिलेर काम गरौ : प्रमुख जिसी
पोखरा ५ फागुन। पर्यटकीय शहर पोखरामा स्मार्ट पर्यटकीय गन्तब्य बनाउने उद्देश्यले उत्तर कोरियाबाट प्राविधि टोली पोखरा आएको छ। इन्छन नेशनल विश्वविद्यलायका प्रो.डा चोसको नेतृत्वमा आएको नौ सदस्य टोलीलाई पोखरा आएको हो। पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरालाई स्मार्ट सिटि बनाउने योजना सहित काम भैरहेको बताएका छन्। उत्तरकोरियबाट आएको प्राविधिक टोलिसंगको भेटमा प्रमुख जिसीले भने, ‘पोखरालाई प्रविधिमैत्री शहरको सपना हामीले देखिसकेका छौ र त्यसका लागि काम अगाडी बढेको छ।’ उनले उत्तर कोरियासंग स्मार्ट शहरका लागि मिलेर काम गर्न तयार रहेको बताए। स्मार्ट शहर बनाउने प्रारुप तयार गरेका छौ, कोरिया प्रविधिमा अगाडी बढेको देश भएकाले मिलेर काम गर्न सक्छौ। पोखराको पर्यटन विकासको…

४२ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७५
४२ युनिट रगत संकलन
लेखनाथ, ५ फागुन। पोखराको लेखनाथमा आइतवार भएको रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको छ। लक्ष्मी आर्दश टोल विकास संस्था पोखरा–२७ द्धारा आयोजित रत्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको हो। संस्थाका अध्यक्ष राजु अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सुभारम्भ पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्ण कुमार गुरुङले गरेका थिए। पहिलो रक्तदाता सप्त बहादुर जिसीलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको शुभारम्भ गरिएको हो। कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष शंकर प्रसाद अधिकारीले स्वागत गरेका थिए भने सञ्चालन उपाध्यक्ष विमला पहारीले गरेकी थिइन्।

दशौं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७५
दशौं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी
हेमजा, ५ फागुन। दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ को तयारी गरिएको छ। महोत्सव चैतको अन्तिम साता हुने भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव हुँदै आइरहेको छ। शनिवार मुल आयोजक समितिका संयोजक कृष्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले धर्मराज बास्तोलाको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ। समितिका सदस्यहरुमा दानबहादुर थापा, ऋषिराम पौडेल, चन्द्रकान्त तिमिल्सेना, शिवकुमार श्रेष्ठ, हरि खड्का, प्रकाशचन्द्र सापकोटा, ईश्वरी बास्तोला, दलबहादुर कुँवर, लक्ष्मी अधिकारी, तारा विक, जीतबहादुर कार्की र ऋषिराम शर्मा रहेका छन। त्यस्तै बैठकले सल्लाहकार पनि चयन गरेको छ। त्यस अवसरमा विभिन्न उपसमितिले आ–आफ्ना गतिविधि पनि…

प्रदेशस्तरीय क्यान इन्फोटेकको सात दिने मेला पोखरामा

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७५
प्रदेशस्तरीय क्यान इन्फोटेकको सात दिने मेला पोखरामा
लमजुङ, ५ फागुन।  यस वर्षको प्रदेशस्तरीय क्यान इन्फोटेक– २०१९ को सात दिने मेला पोखरामा हुने भएको छ।  कम्प्युटर एशोसिएसन नेपाल(क्यान) महासंघ कास्कीले लमजुङको सदरमुकाम बेसीशहरमा पत्रकार भेटघाट गरी यस्तो जानकारी दिइएको हो। कम्प्युटर एशोसिएसन नेपाल(क्यान) महासंघ कास्कीका सचिव विकास भुतेर्लले फागुन फागुनको तेस्रो साता पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा उक्त मेला हुने जानकारी दिए।  सूचना प्रविधिको विकास एवं प्रवद्र्धन, सर्वसाधारणसम्म सूचनाको पहुँच र प्रविधिबारे जानकारी दिने उद्देश्य सहित इन्फोटेक गर्न लागिएको हो। दसौं संस्करणको प्रदेश स्तरीय ‘भायानेट क्यान इन्फोटेक– २०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’ को आयोजना गर्न लागिएको हो, भुतेर्लल भने। इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता,…

रुपातालको विस्तार गर्न बाँध निर्माण गरिने

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७५
रुपातालको विस्तार गर्न बाँध निर्माण गरिने
लेखनाथ, ५ फागुन । ‘रूपै राम्रो रूपा तालमाथि भीरचोक गाउँ.......’ बोलको गीतलाई चरितार्थ पार्न कास्कीको तेस्रो ठूलो रूपातालको स्वरूप फेरिने भएको छ । किम्बदन्ती अनुसार घामको किरण र मौसम अनुसार तालको पानीले रङ्ग फेर्ने भएकाले यसको नाम रूपाताल राखिएको हो । तालको वास्तविक क्षेत्रफल १३५ हेक्टर रहे पनि अहिले १०७ हेक्टरमा सीमित भएकाले दक्षिणपट्टी ५७२ मिटर लामो बाँध निर्माण गरेपछि क्षेत्रफल वृद्धि भएर १८३ हेक्टर हुने भएको छ । बाँध निर्माणका लागि मुआब्जा दिन अर्थ मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई रु २५ करोड उपलब्ध गराएको छ । मुआब्जा वितरण गरिएपछि बाँध निर्माण गर्न लागिएकोे रूपाताल संरक्षण एकीकृत विकास परियोजनाका प्रमुख रामप्रसाद…

पोखरा म्याराथनमा ५ हजार जना दौडने

rss रासस
फागुन ५, २०७५
पोखरा म्याराथनमा ५ हजार जना दौडने
पोखरा, ४ फागुन । १३ औं सफल अन्तराष्ट्रिय पोखरा म्याराथनमा ५ हजार धावकले भाग लिने भएका छन् । पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा भूतपूर्व खेलाडी मञ्च अध्यक्ष तेज गुरुङले सो जानकारी दिएका हुन् । पोखरा रंगशालाबाट फागुन ७ गते बिहान ६:३० बजे शुरु हुने प्रतियोगितामा गिनिज वुक्स अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल सगरमाथा आरोही तेञ्जिङ नोर्गे र अन्तराष्ट्रिय धावक ले.कुशाङ गुरुङको उपस्थिथति रहने अध्यक्ष गुरुङले जानकारी दिए । त्यसैगरी नायिका तथा सगरमाथा आरोही रोजिता वुद्धाचार्य, सगरमाथा आरोही देउराली चाम्लिङ, पत्रकार अखण्ड भण्डारी, भलिबल खेलाडी मञ्जु गुरुङ, बोष्टनका याम पौडेल, पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङ लगायत सहभागिता जनाउन पोखरा आइसकेका छन् । प्रतियोगितामा गण्डकी…