समाचार »

५१ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७५
५१ युनिट रगत संकलन
हेमजा, ६ फागुन। सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगर तथा एनआईसी एशिया बैकको संयुक्त आयोजनामा सोमवार भएको रक्तदान कार्यक्रममा कुल ५१ युनिट रगत संकलन भएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ६९ औं प्रजातन्त्र दिवसको अवसरमा पृथ्वीनारायण क्याम्पस गेट अगाडि रक्तदान कार्यक्रम गरिएको हो। प्रमुख अतिथि प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले रक्तदानको महत्व रहेको औँल्याए । उनले कास्कीका सामुदायिक सेवा केन्द्रले निःस्वार्थ सामाजिक उत्तरदायित्व एवं जिम्मेवारी बहन गर्दै आएको बताए। पोखरा–१ वडाध्यक्ष शारदाकुमारी पराजुलीले रक्तदान गर्नु सबैभन्दा ठूलो धर्म भएको स्पष्ट पार्दै मानव सहयोगमा सदैव अग्रसर रहन सबैमा आग्रह गरिन्। केन्द्रका कार्यसमिति सदस्य मेघनाथ काफ्लेको संयोजकत्वमा भएको कार्यक्रमको प्रमुख अतिथि गुरुङले…

‘चञ्चल’ को परदेशी रुवाउने गीत

एजेन्सी
फागुन ७, २०७५
‘चञ्चल’ को परदेशी रुवाउने गीत
‘बिदाइको दिन आँसुले आँखा भिजेको पाएथेँ वर्षौ पहिले आमालाई छाडी परदेश आएथेँ परदेशी हुँदा आमाको आँसु, पुछ्न नि पाइएन आमाले धरती छाडेर गइन्, मुख देख्नै पाइएन ।’ पोखरा, ६ फागुन। परदेशीहरुको यस्तो मार्मिक पीडा बोकेको गीत युट्युबाट सार्वजनिक भएको छ । गीतकार तथा पत्रकार शिव शर्मा चञ्चलको रचना रहेको गीत म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । साता अघि यो गीत गीतकार शर्माले आफ्नी दिवंगत आमा जमुनाकुमारी भट्टराईको वार्षिक पुण्यतिथिमा अमेरिकास्थित टेक्ससमा एक कार्यक्रम आयोजना गरी सहभागीमाझ सार्वजनिक गरेका थिए । परदेशमा रहँदा घरपरिवारका सदस्य गुमाउँदाको पीडादेखि स्वदेशको मायालाई समेत गीतमा वास्तविक ढंगले उतारिएको छ । गोविन्द मधुर आचार्यले स्वर दिएको गीतमा उनलाई महिला…

सोनाम ल्होछारमा सांस्कृतिक कार्यक्रम

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७५
सोनाम ल्होछारमा सांस्कृतिक कार्यक्रम
पोखरा, ६ फागुन । मञ्जुश्री संवत् २८५५ औैं सोनाम ल्होछार अवसरमा पोखरामा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । त्यस अवसरमा चेलिबेटी सहितको शुभकामना आदानप्रदानसँगै सांस्कृतिक कार्यक्रम गरियो । कार्यक्रममा नेपाल तामाङ वाईबा समाज अध्यक्ष वीगेन्द्र वाइवा तामाङले ल्हो परम्परा मान्नु अन्धविश्वास नभएर चन्द्रमाको गति र प्रभावको आधारमा हेर्ने विश्व वैज्ञानिक दृष्टिकोण भएको बताए ।कार्यक्रममा लोकोत्तर लोकवादी विचार अभियानका प्रबद्र्धक धनप्रसाद तामाङ र नेपाल तामाङ महिला घेदुङ कास्कीका निवर्तमान अध्यक्ष दीलमाया स्याङबोले बोलेका थिए । सो अवसरमा वाईबा भाइखलकका ८२ वर्षीय मानबहादुर वाईबालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै, वाईबा वंशावलीको खोज अध्ययन र अनुसन्धानमा सहयोग पुर्याउने पूर्व संयोजक प्रताप वाईबा र विष्णु योञ्जन तामाङलाई प्रशंसापत्र…

वित्तीय संस्थाको चर्को व्याजदरको बिरोध

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७५
वित्तीय संस्थाको चर्को व्याजदरको बिरोध
लेखनाथ, ६ फागुन । बैंक तथा वित्तीय संस्थाले मनोमानी ढंगवाट ब्याज दर वृद्धि गरेको भन्दै लेखनाथका उद्योगी व्यवसायीले त्यसको बिरोध गर्दै ब्याजदर घटाउन माग गरेका छन् । लेखनाथ उद्योग बाणिज्य संघले राखेको बैक तथा वित्तीय संस्थाहरुको कार्यनीतिका कारण ब्यवसायीमा परेको असर सम्वन्धी सोमवार आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रमका सहभागीले चर्को ब्याजदरको बिरोध गरेका हुन् । लेखनाथ उद्योग बाणिज्य संघले वित्तीय संस्थाको चर्को व्याजदरको विरोध गर्दै देशभर त्यसका विरुद्ध भएको विरोधलाई ऐक्यबद्धता जनाएको छ । बैंक तथा वित्तीय संस्थाको कार्यशैलीप्रति उद्योगी व्यवसायीले विरोध गर्दै व्याजदर नघटाए आन्दोलन गर्न समेत पछि नहट्ने चेतावनी दिएका छन् । नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका…

नक्कली नोट बनाउने लामा दम्पती पोखरामा पक्राउ

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७५
नक्कली नोट बनाउने लामा दम्पती पोखरामा पक्राउ
पोखरा, ६ फागुन । कास्की प्रहरीले सोमवार दिउसो एक हजार रुपैयाँको १९ थान नक्कली नेट सहित दुई व्यक्तिलाई पोखरा—५ पस्र्याङबाट पक्राउ गरेको छ । मकवानपुर हेटौडा घरभई पोखरा—५ पस्र्याङ स्थित धारापानीमार्ग डेरागरी बस्दै आएका ३२ बर्षीय नरेश लामा र उनकी पत्नी २५ बर्षीया सरस्वती बलामीलाई प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुको साथवाट प्रहरीले नेपाली एक रुपैयाँका १९ वटा नक्कली नोट, नक्कली नोट वनाउन प्रयोग हुने कलर प्रिन्टर एक, ल्यापटप एक थान, नेपाल टेलिकम र एनसेलको ९० हजार बरावरको रिचार्ज कार्डहरु, एउटा मोटरसाइकल, दुई थान मोवाइल र पाँचसय रुपैयाँका दुई वटा भारतीय नोट बरामद गरेको छ । उनीहरुले गत माग…

आधारभूत माविको ३१ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७५
आधारभूत माविको ३१ औं वार्षिकोत्सव
पोखरा, ६ फागुन । तनहुँको शुक्लागण्डकी नगरपालिका—११ राईपुरस्थित आधारभूत माध्यमिक विद्यालयको ३१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रमको गण्डकी प्रदेशका मुख्य सचिव लक्ष्मीराम पौडेलले शुभारम्भ गर्दै प्राविधिक शिक्षा प्रदान गर्न आवश्यक भएको वताए । सो अवसरमा शुनपा—११ का वडा अध्यक्ष दलबहादुर थापा, फिरफिरे श्रोत केन्द्रका श्रोत व्यक्ति धननारायण श्रेष्ठ, पूर्व विव्यस अध्यक्ष राजेन्द्र भट्टराई क्षेत्री , शिक्षक अभिभावक संघ अध्यक्ष हीमकुमारी पौडेल, विद्यालयका प्रधानाध्यापक ज्ञाननारायण पौडेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो समारोहमा भुपु प्रअ पुर्णबहादुर शाही, शिक्षकहरु नारायणप्रसाद पौडेल, चिरञ्जीवी शाही, उमेश सुनार, जग्गादाताहरु, विशिष्ट आजीवन सदस्यलगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा जेहेन्दार…

टानद्धारा ट्रेकिङ्ग पोटर गाईडलाई तालिम

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७५
टानद्धारा ट्रेकिङ्ग पोटर गाईडलाई तालिम
पोखरा, ६ फागुन । पर्यटन बर्ष सन् २०२० लाई लक्षितगरी पोखरामा ट्रेकिङ्ग पोटर गाईडलाई ६१ घण्टे तालिम प्रदान गरिएको छ । ट्रेकिङ्ग एजेन्सिज एसोशिएसन अफ नेपाल(टान) पश्चिमान्चल क्षेत्रीय संघ पोखराको आयोजना र नेपाल पर्यटन बोर्डको प्रबर्धन तथा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । सामेवारदेखि सुरु उक्त तालिममा दुई सय २० जना सहभागी छन् । नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका निर्देशक मणिराज लामिछानेले उक्त तालिमको उद्घाटन गरेका हुन् । कार्यक्रमको अध्यक्षता गर्दै टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलले राज्यले सन् २०२० मा २० लाख पर्यटक भित्राउने उदघोष गरेसंगै पोर्टर गाईड तालिम संचालले…

साधारण सभामा एक बर्षको समीक्षा

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७५
साधारण सभामा एक बर्षको समीक्षा
पोखरा, ६ फागुन । चितवन—पोखरा सम्पर्क समाजको १६ औ साधारण सभा सम्पन्न भएको छ । साधारण सभालाई सक्वोधन गर्दै अन्तर समाज महासंघ राष्ट्रिय समिति पोखरा नेपालका अध्यक्ष मञ्जु पौडेल भट्टराईले समाजले सामाजिक उत्तरदायित्वका काम गर्दै अगाडी वढ्नु पर्ने वताइन् । संस्थाका उपाध्यक्ष दिलीप पनेरु, विशेष अतिथि संस्थापक अध्यक्ष निर्मल सापकोटा, पोखरा विश्वविद्यालयका डा.अनन्त ढुंगाना, पूर्व कार्यसमिति सदस्य कृष्ण ढकालले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । सधारण सभाले विभिन्नपेशा व्यवसाय र विभिन्न उच्च पदमा पुगेका व्यक्तिलाई सम्मान गरिएको थियो । समाजका अध्यक्ष शान्ता पुरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समाजले गरेको एक बर्षका कामको समीक्षा गरिएको थियो ।

खानेपानी आयोजनाबाट करीब डेढ सय घरधुरी लाभान्वित

rss रासस
फागुन ६, २०७५
खानेपानी आयोजनाबाट करीब डेढ सय घरधुरी लाभान्वित
म्याग्दी, ६ फागुन । म्याग्दीको मङ्गला गाउँपालिका–१ थाइवाङ र २ तल्लो डडुवामा निर्माण भएको खानेपानी आयोजनाबाट डेढ सय घरधुरी लाभान्वित भएका छन् । पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत निर्माण भएका दुई वटै आयोजनाबाट १३२ घरधुरी लाभान्वित भएका हुन् । ७२ लाख ५८ हजारको लगानीमा निर्माण भएको पञ्चासे ओखरबोट खानेपानी आयोजनाबाट थाइवाङका ८५ घरधुरी लाभान्वित भएको उपभोक्ता समितिले जनाएको छ । तल्लो डडुवाका ४७ घरधुरी लाभान्वित धोबीखोला खानेपानी आयोजना निर्माणमा रु ४७ लाख ५० हजार लगानी भएको छ । फिनल्याड र नेपाल सरकार तथा मङ्गला गाउँपालिकाको अनुदान र उपभोक्ताको श्रमदानमा आयोजना निर्माण भएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।…

महानगरका ६८ परिवार माछा मारेरै जीवन धान्दै

rss रासस
फागुन ६, २०७५
महानगरका ६८ परिवार माछा मारेरै जीवन धान्दै
चितवन, ६ फागुन । स्मार्ट सिटीका लागि तथ्याङ्क सङ्कलन गरिरहेको भरतपुर महानगरपालिकामा बसोबास गर्ने ६८ परिवार नदीको भरमा जीवीकोपार्जन गर्दै आएका छन् । उनीहरुले नारायणी र राप्ती नदीमा माछा मारेर जीवीकोपार्जन गर्दै आएका हुन् । महानगरका खैरहनी नगरपालिकाका आठ जना, रत्ननगर नगरपालिकाका चार जना र माडी नगरपालिकाका एक जना रहेका छन् । अन्य जिल्लामा घर भएर निकुञ्ज हुँदै बग्ने नदीमा माछा मार्नका लागि करीब ३०० जनाले अनुमति लिएका छन् । नदीमा जाल प्रयोग गरेर माछा मार्नेहरुले राम्रो आम्दानी गर्न सकेको पाइँदैन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नदीमा आश्रितलाई वैकल्पिक रोजगारीको व्यवस्था गरेर नदीप्रतिको निर्भरता घटाउनेतर्फ आफू लागिपर्ने वताइन् ।…