देश अहिले कठिन मोडबाट गुज्रदै छ । भोलि कहाँ के हुन्छ भन्न सक्ने स्थिति छैन । राजनीतिक नेताहरु सिद्धान्तलाई भन्दा स्वार्थलाई बढी महत्व दिएर काम गरिरहेका छन् । उनीहरु आपसमा मिल्न नसक्दा पूर्ण बहुमतको सरकार टिक्न सकेन । संसदमा कसैको पनि बहुमत नभएकोले गठबन्धनको सरकारले काम गरिरहेको छ । आर्थिक क्षेत्रमा व्यापार घाटा बढ्दै गएकोले विदेशी मुद्राको सञ्चिति घट्दो छ । त्यसलाई कसरी रोक्ने भन्ने उपाय सरकारसँग छैन । अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएका छन् । उनले आर्थिक क्षेत्र सुधार्ने कुनै आशा गर्ने ठाउँ छैन । देश संवेदनशील अवस्थामा पुगेको छ । एउटा सानो विवादले उग्ररुप लिन्छ । शंकै शंकाले लंका जलाउँछ भनेझैं भएको छ । अमेरिकाको एमसिसी विवादले नेपालीहरु नराम्ररी विभाजित भएका थिए । त्यो परियोजना संसदबाट पारित भएको छ । त्यसले एउटा समधान पाएको छ । अब फेरि अमेरिकाले सैन्य साझेदारीको अर्को प्रस्ताव सरकारसमक्ष प्रस्तुत गरेको समाचार आएको छ । अमेरिकाको त्यो प्रस्तावले तीव्र प्रतिक्रिया उत्पन्न गरेको छ ।
एकातिर प्रधानमन्त्री शेरबहादुर देउवाको निकट भविष्यमा अमेरिकाको भ्रमणको कार्यक्रम बन्नु अर्कोतिर सैन्य साझेदारीको प्रस्ताव बाहिर आउनुलाई नेपालीहरुले गम्भीरतापूर्वक लिएका छन् । स्टेट पार्टनरसिप प्रोग्रामको नाममा सम्झौताको मस्यौदाले नेपालीहरुलाई झस्काइ दिएको छ । सरकारले यसलाई सामान्य किसिमले लिन खोजेको देखिन्छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले यसलाई मानवीय सहयोगका लागि बनेको कार्यक्रम भनेका छन् । तर यो सामान्य कार्यक्रम होइन र यसलाई सामान्य किसिमले लिनु हँुदैन । यसलाई सामान्य किसिमले लिनुहँुदैन । यस कार्यक्रमअन्तर्गत अमेरिकी फौज नेपाल आउने जुन कुरा छ, त्यही नै सबभन्दा ठूलो आपत्ति हो यसलाई कुनै पनि नेपालीले स्वीकार्न सक्दैन ।
त्यस कार्यक्रमभित्र के के छन् ? त्यो हेर्न हामीले आवश्यक सम्झेनौं । अमेरिकी फौज नेपालमा बस्न आउने कुरा नै हाम्रा लागि त्याज्य विषय हो । विदेशी फौज आएर हाम्रो भूभागमा बस्दा त्यसको परिमाण के हुन्छ भन्ने कुरा हामीले लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट सिकिसकेका छौं । अब फेरि त्यस्तै इतिहास दोहो¥याउने दुस्प्रयास कसैले गर्नुहुँदैन । यसमा हामी सरकारलाई सजग र सतर्क पार्न चाहन्छौं । सरकारमा बस्ने मन्त्रीहरु र गठबन्धन पार्टीका नेताहरुले त्यो प्रस्ताव स्वीकारेमा त्यो अक्षम्य भूल हुनेछ । नेपाल शान्ति प्रिय देश हो । हामी स्वतन्त्र र तटस्थ बस्न चाहन्छौं । तानातानको जुन अभ्यास यहाँ हुन लागिरहेको छ । त्यो आपत्तिजनक छ । त्यो नेपालीलाई स्वीकार्य छैन । तानातानको त्यो बेलामा हामीले पनि आफ्नो राष्ट्रियता देखाउनु पर्दछ यता पक्ष र उता पक्ष लागेर हाम्रो राष्ट्रियताको निर्वाह हुँदैन । हामी नेपाली हौं र नेपाली नै रहनु पर्दछ । त्यसैमा हाम्रो राष्ट्रिय पहिचान निहित छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१