मनोरन्जन »

पाउँदुर महोत्सव हुने

आदर्श समाज सम्वाददाता
माघ १३, २०७५
पाउँदुर महोत्सव हुने
हेमजा, १२ माघ। अन्नपूर्ण गाउँपालिका ३ मा आगामी वर्ष पाउँदुर महोत्सव हुने भएको छ। शनिवार बसेको वडा भेलाले पाउँदुर युवा संजाल तथा वडा कार्यालयको संयुक्त आयोजनामा महोत्सव गर्ने निर्णय गरिएको हो । महोत्सव पाउँदुरको पहिचानसँग जोडिने वडाध्यक्ष चन्द्रबहादुर गुरुङले बताए । यसबारे सरोकारवालाबीच थप छलफल गरी चाँडै नै मिति तय गरिने वडाध्यक्ष गुरुङको भनाइ छ। महोत्सवमा कृषि तथा जडिबुटी प्रदशएनी, पाउँदुरको संस्कृतिको पहिचान तथा अन्य विभिन्न प्रतियोगिताहरु आयोजना गर्ने भेलाले निर्णय गरेको छ। सो भेलाले मुख्यमन्त्री कृषि कार्यक्रमबारे पनि छलफल गरेको छ। यस वर्ष सो कार्यक्रमअन्तर्गत उक्त वडामा ३० लाख बजेट विनियोजन भएको छ। भेलाले कार्यक्रम सफल बनाउन विश्वनाथ पौडेलको संयोजकत्वमा समिति…

को होला मिस तामाङ ?

एजेन्सी
माघ १०, २०७५
को होला मिस तामाङ ?
पोखरा, ९ माघ । २८५५ औ सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ समाज पोखराको आयोजनामा माघ १२ गते ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरा हुँदैछ । पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष ज्याक तामाङले भने, ‘भाषा, संस्कार र संस्कृतिलाई युवापुस्तामा हस्तान्तरण गर्न तथा अनन्तकालसम्म जीवन्त बनाइराख्न कार्यक्रम महत्वपूर्ण हुने विश्वास लिएका छौ । उनले भने ‘अगाडिका संस्करणमा सहभागी नानीहरूले आफ्नो जाति, भाषा, संस्कार र संस्कृतिमा देखाएको चासो र जिम्मेवारीले पनि हामी हाम्रो उद्देश्यमा सफल भएका छौं भन्ने हामीले ठानेका छौं।’ प्रतियोगितामा देशभरबाट १४ जना तामाङ समुदायका युवतीहरू प्रतिस्पर्धीका रूपमा सहभागी छन्। सहभागीहरूमा काठमाडौंका रीता लोप्चान, पोखरा बुद्धचोकका सोनी तामाङ, बिरौटाका कुसुम तामाङ,…

दोहोरीमा स्याङ्जा प्रथम

आदर्श समाज सम्वाददाता
माघ ८, २०७५
पोखरा, ७ माघ। पोखरा महोत्सवमा आयोजित दोस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय लोकदोहोरी प्रतियोगितामा लोकदोहोरी प्रतिष्ठान स्याङ्जा प्रथम भएको छ । प्रतियोगितामा लोकदोहोरी प्रतिष्ठान गण्डकी प्रदेश दोस्रो, प्रतिष्ठान गोर्खा तेस्रो र प्रतिष्ठान कास्की सान्त्वना भए । उनीहरुले क्रमशः ४० हजार, २५ हजार, १५ हजार र ८ हजार साथमा प्रमाणपत्र पुरस्कार पाए । फाइनल प्रतिष्पर्धामा प्रतियोगीहरुले विभिन्न भाखामा लोकदोहोरी गीत प्रस्तुत गरेका थिए । निर्णायकमा गायक चन्द्रा शर्मा, तारापति सुवेदी, जीवन दाहाल, चोलेन्द्र पौडेल, शिवहरि ढुंगाना र प्रेमराज अधिकारी थिए । अमरसिंहचौरमा जारी पोखरा महोत्सवको ११ औ दिन सोमबार चर्चित लोकदोहोरी गायक प्रकाश सपूत र प्रीति आलेले ब्याटल दोहोरी गाए ।सोमबार नै चन्द्र शर्मा, चोलेन्द्र पौडेल, जीवन दाहाल, तारापति…

पशुपतिको असल संस्कार पोखरामा

अति प्रशंसा र आलोचना दुवै घातक : बिखर्ची

आदर्श समाज सम्वाददाता
माघ ७, २०७५
पशुपतिको असल संस्कार पोखरामा
  पोखरा, ६ माघ। आइतवार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले अति प्रशंसा र आलोचना दुवै घातक हुने बताएका छन् । सङ्घर्षमा कलम साहित्य समाज पोखराको आयोजना र संस्कार समाज नेपालको समन्वयमा साहित्यकार तथा समाजसेवी पशुपति गुरुङको निबन्ध कृति ‘असल संस्कार समृद्धिको आधार’को परिचर्चा समारोहका वक्ताले उक्त धारणा राखेका हुन्। कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद् सूर्य खड्का ‘बिखर्ची’ले पछिल्लो समय साधनामा लाग्नुको सट्टा आग्रह र पूर्वागह्रपूर्ण टिप्पणीले नेपाली वाङ्मयको क्षेत्र धमिलो भएकोमा चिन्ता व्यक्त गरे। अतिथि ‘बिखर्ची’ले स्तरीय लेखनको आधार अभ्यास भएकाले अभ्यासको निरन्तरता आवश्यक रहेको धारणा राख्दै भने– ‘अभ्यास, अध्ययन र साधना विनाका अति प्रशंसा र आलोचना दुवै स्रष्टाका…

‘नीरमाया’ एकैदिन तीन शो

एजेन्सी
माघ ६, २०७५
‘नीरमाया’ एकैदिन तीन शो
पोखरा ५ माघ । पोखरामा मञ्चन भइरहेको नाटक निरमाया एकै दिन तीन शो मञ्चन भएको छ । नाटक हेर्ने दर्शकको संख्या बढ्दा शनिबार तीनवटा शो मञ्चन गर्नुपरेको पोखरा थिएटरले जनाएको छ। शनिबार विहान १० बजे, दिउँसो १ बजे र साँझ पौने पाँच बजे नाटक मञ्चन गरिएको थियो । शनिबार चलचित्र रणवीरको प्रमोसनका लागि पोखरा आएका निर्माता तथा कलाकारसमेत पोखरा थिएटर पुगेका थिए । नाटक हेरेपछि प्रतिक्रिया दिदै चलचित्र रणवीरकी नायिका सुपुष्पा भट्टले नाटक राम्रो लागेको प्रतिक्रिया दिइन् । ‘नाटक राम्रो रहेछ, मलाई साह्रै मनपर्यो’ उनले भनिन्। नाटक हेर्नका लागि भनेर पोखरा बाहिरबाटसमेत दर्शकहरु आउन थालेको पोखरा थिएटरका अध्यक्ष समेत रहेका निदेर्शक परिवर्तन कार्कीले बताए । ‘नाटक…

असल संस्कारमा समृद्धि खोज्दै पशुपति

आदर्श समाज सम्वाददाता
माघ ४, २०७५
पोखरा, ३ माघ। असल संस्कार नै समृद्धिको आधार भन्ने सिद्धान्तलाई शिरोपर गरेर समाजसेवी पशुपति गुरुङ पछिल्लो समय साहित्य साधनामा लागेकी छन्। साहित्य सेवा र समाजसेवामा क्रियाशील गुरुङको पहिलो अुनभूतिपरक निबन्ध कृति असल संस्कार समृद्धिको आधारले यतिबेला चर्चा बटुल्दै छ। संस्कार समाज नेपालले यही मंसिरमा बजारमा ल्याएको निबन्ध कृति धेरै पाठकले मन पराएका छन्। एक सय ८० पृष्ठमा संरचित कृतिमा १७ थान निबन्ध रहेका छन्। आफ्ना निबन्धमा लेखक गुरुङले आफुलाई सुमार्ग भन्दा कुमार्गमा लैजाने पश्चिमा संस्कारको सिको छिटो गर्ने तर, असल संस्कारलाई पैतालामा दबाउनाले देशमा असल संस्कारको विकास हुन नसकेको र समृद्धिको आधार पनि खडा नभएको धारणालाई निबन्धमा अभिव्यक्त गरेकी छन्।…

जनवादी गायक शर्मा सम्मानित

एजेन्सी
माघ ३, २०७५
जनवादी गायक शर्मा सम्मानित
पोखरा, २ माघ।  अमरसिंहचौरमा जारी पोखरा महोत्सवमा जनवादी गायक जीवन शर्मा सम्मानित भएका छन्। आयोजक युनाइटेड क्लबले नवांै संस्करणको सो महोत्सवमा नेपाली लोकसंस्कृति माध्यमबाट नेपाली समाज परिवर्तनमा पुर्याएको योगदानलाई कदर गर्दै शर्मालाई सम्मान गरेको हो । क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, महोत्सव मूल आयोजक समिति तथा क्लबका अध्यक्ष लालकाजी गुरुङ, प्रथम उपाध्यक्ष तथा महोत्सव सांस्कृतिक व्यवस्थापन संयोजक राजु श्रेष्ठ, सचिवालय संयोजक लोकबहादुर थापा लगायतले शर्मालाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेका थिए। सम्मानित शर्माले आफ्नो प्रस्तुति राख्दै हिमाली, पहाडी मधेशी हामी सबै नेपाली, बहुचर्चित सबैको मनमा बस्न सफल सिमली छायामा बसी र यसपालि त यस्तै भो आमा भन्ने पञ्चेबाजाको गीत प्रस्तुत…

भगवतीबजारमा माघेसंक्रान्ति मेला

आदर्श समाज सम्वाददाता
माघ ३, २०७५
भगवतीबजारमा माघेसंक्रान्ति मेला
पोखरा, २ माघ। मादी–११, भगवती बजारमा आयोजित ऐतिहासिक माघेसंक्रान्ति मेला बुधबार सम्पन्न भएको छ। आन्तरिक पर्यटन विकास गर्ने लक्ष्यका साथ आयोजित मेलामा भएको गाउँपालिकास्तरीय भलिबल प्रतियोगितामा संरक्षयण युवा क्लब घ्यामरूमको समूह प्रथम भयो । उसले उपाधि सहित ५० हजार रुपैयाँ जितेको छ । जुरे भूमि युवा क्लब तप्राङ द्वितीय हँदै ३० हजार रुपैयाँ प्राप्त गर्यो । विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगितामा राष्ट्रज्योति मावि सैमराङ प्रथम हँदै २५ र जनकल्याण मावि मकैखोला द्वितीय हँदै १५ हजार साथमा प्रमाणपत्र पायो । जनमन्दिर आधारभूत विद्यालय थुम्सीकोट तेस्रो हुँदै १० हजार साथमा प्रमाणपत्र पायो भने रत्नशोभा मावि माझठाना सान्त्वना भयो । छेलो हान्ने प्रतियोगितामा पोखरा १३ का सूर्यबहादुर अधिकारी प्रथम…

प्रमिलालाई सिद्धी–सेतुली स्मृति पुरस्कार

आदर्श समाज सम्वाददाता
माघ २, २०७५
प्रमिलालाई सिद्धी–सेतुली स्मृति पुरस्कार
पोखरा, १ माघ । पोखराकी समाजसेवी प्रमिला तझ्या श्रेष्ठलाई ‘सिद्धि–सेतुली स्मृति पुरस्कार’ प्रदान गरिने भएको छ । सिद्धि–सेतुली स्मृति प्रतिष्ठान, पोखराले प्रत्येक २ वर्षमा प्रदान गर्ने सो पुरस्कारको राशि १० हजार रुपैयाँ र सम्मानपत्र छ । पोखरामा रहेर बालबालिका, एकल महिला र ज्येष्ठ नागरिकका क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदैआएका महिलालाई सो पुरस्कार प्रदान गरिँदैआएको छ । प्रमिला मानवअधिकारका लागि महिला एकल महिला समूह गण्डकी प्रदेश अध्यक्ष तथा पोखरा उपत्यका बृहत् सफाइ अभियानका अभियन्ता समेत हुन् । यस्तै, प्रतिष्ठानले ‘सानिमा स्मृति पुरस्कार’ समाजसेवी हेमबहादुर गुरुङलाई प्रदान गर्ने भएको छ । विश्वरत्न शाक्यकी सानिमाको स्मृतिमा स्थापित १० हजार राशिकै सानिमा स्मृति पुरस्कार पहिलो पटक प्रदान गर्न लागिएको हो। अपांगता…

प्राज्ञहरूको सामूहिक सम्मान

आदर्श समाज सम्वाददाता
माघ २, २०७५
प्राज्ञहरूको सामूहिक सम्मान
पोखरा, १ माघ। नेपाल सरकारद्वारा हालै नियुक्त नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्यहरुको पोखरा सामूहिक सम्मान गरिएको छ। सम्मानित हुने प्राज्ञ सदस्यहरुमा हरिदेवी कोइराला, शुभद्रा भट्टराई र सूर्य खड्का ‘बिखर्ची’ रहेका छन्। पोखराका १२ वटा वाङ्मयिक संस्थाले मंगलबार उनीहरुलाई सामूहिक सम्मान गरेका हुन्। समारोहका प्रमुख अतिथि नेपाल संगीत नाट्य प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्त, समारोहका अध्यक्ष तथा अलिमियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ र प्राडा रविलाल अधिकारीले सम्मानपत्र, दोसल्ला र माला प्रदान गरी सम्मान गरेका थिए। यसरी सम्मान गर्ने संस्थाहरु अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठान, हिमाली सांस्कृतिक परिवार, पोखरेली युवा सांस्कृतिक परिवार, हेमजा साहित्य प्रतिष्ठान, स्वतन्त्र पत्रकार…