मनोरन्जन »

दशौं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७५
दशौं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी
हेमजा, ५ फागुन। दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ को तयारी गरिएको छ। महोत्सव चैतको अन्तिम साता हुने भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव हुँदै आइरहेको छ। शनिवार मुल आयोजक समितिका संयोजक कृष्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले धर्मराज बास्तोलाको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ। समितिका सदस्यहरुमा दानबहादुर थापा, ऋषिराम पौडेल, चन्द्रकान्त तिमिल्सेना, शिवकुमार श्रेष्ठ, हरि खड्का, प्रकाशचन्द्र सापकोटा, ईश्वरी बास्तोला, दलबहादुर कुँवर, लक्ष्मी अधिकारी, तारा विक, जीतबहादुर कार्की र ऋषिराम शर्मा रहेका छन। त्यस्तै बैठकले सल्लाहकार पनि चयन गरेको छ। त्यस अवसरमा विभिन्न उपसमितिले आ–आफ्ना गतिविधि पनि…

प्रणय दिवसका आवसरमा मायालु डाँडामा भिड

rss रासस
फागुन २, २०७५
प्रणय दिवसका आवसरमा मायालु डाँडामा भिड
गलेश्वर, २ फागुन । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस शुरु भएपछि म्याग्दीको नयाँ पर्यटकीयस्थल मायालु डाँडा (लभ्लीहिल) मा प्रेमिल माहोल देखिन थालेको छ । सदरमुकाम बेनी बजारदेखि नजिकै बेनी नगरपालिका–२ खबरामा अवस्थित मायालु डाँडामा अहिले युवायुवतीको भीड लाग्न थालेको हो । सदरमुकाम बेनीबजारदेखि करीब आधा घण्टाको दूरीमा रहेको उक्त डाँडामा केही दिनयता युवायुवती आउने क्रम उल्लेख्य वृद्धि भएको स्थानीयवासी चन्द्रबहादुर कार्कीले बताए । यतिवेला म्याग्दीका साथै अन्य जिल्लाबाट आएका व्यक्ति र विदेशीको समेत यहाँ भीड लाग्न थालेको उनको भनाइ थियो । विगतमा खाजाका विभिन्न परिकार बोकेर आउने युवायुवती भ्यालेन्टाइनडे को माहोल शुरु भएपछि गुलाब र विभिन्न जातका फूलसमेत लिएर एकापसमा…

पहिलो पटक स्याङ्जा आँधीखोला महोत्सव

आदर्श समाज सम्वाददाता
माघ २९, २०७५
पहिलो पटक स्याङ्जा आँधीखोला महोत्सव
स्याङ्जा, २८ माघ। स्याङ्जा च्याम्बर अफ कमर्शले फागुन १७ देखि प्रथम स्याङ्जा आँधीखोला महोत्सव गर्ने भएको छ। पुतलीबजार–१ स्थित मालेबगर खेलमैदानमा महोत्सव गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। प्रतिनिधिसभा सदस्य नारायणप्रसाद मरासिनीले महोत्सव मार्फत स्याङ्जाको पहिचान देश विदेशमा पु¥याउनुका साथै जिल्लामा उत्पादित वस्तु प्रचारप्रसार गर्ने अवसर सदुपयोग गर्न आग्रह गरे। महोत्सव सफल बनाउने सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सबैले सहयोग गरे महोत्सव सफल बनाउनु पनेर्मा जोड दिए। पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दास, पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, उपप्रमुख महेश पुरी, नेकपा एमालेका टीकाराम पौडेल, नेपाली काँग्रेसका जिल्ला सदस्य पृथ्वीप्रसाद पोखरेल, वडा अध्यक्षहरु शेषराज ढकाल र अमृतप्रसाद श्रेष्ठ,…

ज्योति पहिलो पोखरा सुपर मम्

शेरबहादुर खत्री (शिलास), विद्यार्थी पत्रकार   
माघ २१, २०७५
ज्योति पहिलो पोखरा सुपर मम्
पोखरा, २१ माघ । फस्ट पोखरा सुपर मम्को उपाधि ज्योति हमालले जितेकी छन् । टाइटलसंगै हमालले सुपर ट्यालेन्ट र सुपर पब्लिक च्वाइस सव टाइटलसमेत हात पारिन् ।नन्द इन्टरटेन्टमेन्ट प्रालिले पहिलो पटक आयोजना गरेको उक्त सौन्दर्य प्रतियोगितामा फस्ट रनर अप सबिता सापकोटा र पुनम श्रेष्ठ थापामगर सेकेण्ड रन अप भइन् । यो सँगै सुपर मम्, फस्ट र सेकेण्ड रनर अपले क्रमश २५ हजार, १५ हजार र १० हजार नगद प्राप्त गरे । सुपर मम्को अन्य टाइटलअन्तर्गत क्रमशः सुपर हेयरमा पुनम थापा श्रेष्ठ, फोटो जेनिकमा सुनमाया मगर, बेस्ट वाकमा बिनु गुरुङ, पर्सनालिटीमा किरण शर्मा, डिसिपिलिनमा मनिका प्रधानले आफ्नो स्थान सुरक्षित गरे ।

हिमाली सांस्कृतिक परिवारको स्रष्टा सम्मान

आदर्श समाज सम्वाददाता
माघ १६, २०७५
हिमाली सांस्कृतिक परिवारको स्रष्टा सम्मान
पोखरा, १५ माघ। हिमाली सांस्कृतिक परिवारले स्रष्टाहरु दानबहादुर गुरुङ र क्षेत्रबहादुर गुरुङलाई सम्मान गरेको छ। परिवारको २२ औं वार्षिकोत्सव अवसरमा लोकगायक क्षेत्रबहादुर गुरुङलाई नर–चेतन स्मृति पुरस्कार र कलाकार दानबहादुर गुरुङलाई रुद्रबहादुर थापा ‘रुपेनबाबु’ स्मृति पुरस्कार प्रदान गरेको हो। परिवारमा आबद्ध कलाकार नृत्य निदेर्शक सनबहादुर गुरुङ र वाद्यवादक माधव गुरुङलाई परिवारद्वारा नगद ५ हजार र प्रशंसापत्रद्वारा सम्मान गर्यो। त्यस्तै, समाजसेवी नारायण गुरुङलाई समेत प्रशंसापत्रद्वारा सम्मान गर्यो। प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले उनीहरुलाई सम्मान गरेका हुन्। नर–चेतन स्मृति पुरस्कार राशि २५ हजार र रुद्रबहादुर थापा ‘रुपेनबाबु’ स्मृति पुरस्कार राशि १० हजार साथमा  दोसल्ला र सम्मानपत्र थियो। कार्यक्रममा उपकुलपति डा…

कुसुमलाई मिस तामाङ उपाधि

एजेन्सी
माघ १५, २०७५
कुसुमलाई मिस तामाङ उपाधि
पोखरा, १३ माघ। २८५५ औ सोनाम ल्होसार अवसरमा बैदाम तामाङ समाजले आयोजना गरेको मिस तामाङ पोखराको उपाधि कुसुम तामाङले जितेकी छन् । ग्राण्ड फिनालेमा १३ जना प्रतिष्पर्धीलाई पछि पार्दै पोखरा बिरौटाकी कुसुम तामाङले उपाधिसहित ५० हजार नगद, ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गरेकी हुन् । उनलाई मिस तामाङ पोखरा–२०१८ कविता योञ्जनले क्राउन लगाइदिएकी थिइन्। प्रमुख निर्णायक कलाकार तथा पाइलट विजय लामाले राष्ट्रिय गानको एक अंश ‘बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल’ वाक्यांशले के पुष्टि गर्छ भन्ने प्रश्नमा कुसुमको जवाफले निर्णायकको मन जितेको थियो। वेस्ट पर्सनालिटी टाइटलसमेत जितेकी उनले म्यूजिक भिडियोमा अभिनय अवसर प्राप्त गरेकी छन् । प्रतियोगितामा नालामुखकी प्रीति तामाङले मिस कन्फिडेण्ट टाइटलसँगै…

रेडियो दिदीबहिनीले महोत्सव गर्ने

दीप गुरुङ, विद्यार्थी पत्रकार
माघ १५, २०७५
पोखरा, १४ माघ । पर्वत कुश्मास्थित रेडियो दिदीबहिनीको नवौं वार्षिकोत्सव अवसरमा ११ औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सव गरिने भएको छ । पोखरामा आयोजित पत्रकार सम्मेलनमा माघ २५ देखि फागुन ५ गतेसम्म महोत्सव हुने जानकारी दिइएको हो । महिला सशक्तिकरणसँगै कला, संस्कृतिको संरक्षण र घरेलु वस्तु प्रवद्र्वन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईले बताईन् । महोत्सवमा ज्येष्ठ नागरिक, अनाथ बालबालिका, एकल महिला, अपाङ्गता महिला र महिला उद्यमीलाई सम्मान गरिने छ । महोत्सव आकर्षणमा साङ्गीतिक प्रस्तुति, बालउद्यान र रमाइलो मेला रहने छन् । महोत्सवकै अवसर पारेर पर्वतका सात वटा पालिकामा निःशुल्क स्वास्थ्य शिविर समेत गरिने छ । महोत्सवमा तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता…

जम्यो गजलको मेहफिल

एजेन्सी
माघ १४, २०७५
जम्यो गजलको मेहफिल
पोखरा, १३ माघ । पोखरामा हुँदै आएको नियमित गजल वाचनको शृंखलामा शनिबार डेढ दर्जन गजल सुनिए। वाचनको १ सय ८७ औं शृंखलामा विभिन्न विषयका डेढ दर्जन गजल सुनिएका हुन्। गजल सन्ध्या पोखराले महिनाको दोस्रो शनिबार ‘गजलको उत्थानः हाम्रो अभियान’ नारासहित दिएर डेढ दशकभन्दा लामो समयदेखि नियपिमत गजल वाचनको शृंखला चलाउँदै आएको छ। गजलमा कलम चलाइरहेका पुराना पुस्तादेखि भर्खर कलम दौडाउन भर्खर शुरु गरेका गजलकारसम्म शनिबार वाचनमा सहभागी बने। गजलकारले सरकारमाथि ब्यंग्यमात्रै गरेनन्, खबरदारी पनि गरे। निर्मला हत्याकाण्डदेखि समसामयिक विषयमा लेखिएका गजल एकै मञ्चमा गुञ्चियो। कार्यक्रममा काठमाडौंदेखि पोखराको गजल वाचनमा सहभागी भएका बाबु त्रिपाठीले ३ गजल सुनाए। उनले ताली र वाहवाही बटुले।…

सन्ध्यामा जम्यो गजलको मेहफिल

आदर्श समाज सम्वाददाता
माघ १३, २०७५
सन्ध्यामा जम्यो गजलको मेहफिल
पोखरा, १३ माघ : पोखरामा हुँदै आएको नियमित गजल वाचनको शृंखलामा शनिबार डेढ दर्जन गजल सुनिएका छन् । वाचनको १ सय ८७ औं शृंखलामा विभिन्न विषयका डेढ दर्जन गजल सुनिएका छन् । गजल सन्ध्या पोखराले महिनाको दोस्रो शनिबार ‘गजलको उत्थानः हाम्रो अभियान’ नारासहित दिएर डेढ दशकभन्दा लामो समयदेखि नियपिमत गजल वाचनको शृंखला चलाउँदै आएको छ । गजलमा कलम चलाइरहेका पुराना पुस्तादेखि भर्खर कलम दौडाउन सुरु गरेका गजलकारसम्म शनिबार वाचनमा सहभागी बने । गजलकारले सरकारमाथि ब्यंग्यमात्रै गरेनन्, खबरदारी पनि गरे । निमैला हत्याकाण्डदेखि समासामायिक विषयमा लेखिएका गजल एकै मञ्चमा गुञ्जियो । कार्यक्रममा काठमाडौंदेखि पोखराको गजल वाचनमा सहभागी भएका बाबु त्रिपाठीले ३…

प्रथम फेवा आइडलको उपाधि रामबजार पुन समाजलाई

आदर्श समाज सम्वाददाता
माघ १३, २०७५
प्रथम फेवा आइडलको उपाधि रामबजार पुन समाजलाई
पोखरा, १३ माघ : फेवा टेलिभिजनद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय सामूहिक लोकसांस्कृतिक नृत्य प्रतियोगीता “फेवा आइडल–२०७५”को उपाधि रामबजार पुन समाज कास्कीले हात पारेको छ । पोखरा–९, नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सम्पन्न उक्त फाईन प्रतिष्पर्धामा १४ वटा विभिन्न समुहले आ–आफ्नो प्रस्तुती राखेका थिए । नेपाल सरकारले अघि सारेको “सुखी नेपाली, समृद्ध नेपाल”को नारालाई सार्थक पार्न गण्डकी प्रदेशमा लुकेर रहेको संस्कृतिको संरक्षण र संवद्र्धनका साथै पर्यटन प्रवद्र्धनका लागि उक्त प्रतियोगिताको आयोजना गरिएको टेलिभिजनका प्रबन्ध निर्देशक लीलाबहादुर जिसीले जानकारी दिएका हुन् । उहाँका अनुसार प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न ९ जिल्लाबाट कला र सांस्कृतिक नृत्य सहित विभिन्न जातजाति, भाषा–भाषी र भेषभूषाको पहिचान सहित  २ सय भन्दा…