बजार »

माग सुनुवाइ नभए सवोर्च्च जान्छौं : विद्यार्थी

गण्डकी मेडिकल कलेज शुल्क प्रकरण

आदर्श समाज सम्वाददाता
फागुन २, २०७५
गण्डकी मेडिकल कलेज विवाद
पोखरा, १ फागुन। मनपरी शुल्क असुलेको आरोप लगाउँदै विद्यार्थी आन्दोलनमा उत्रिएपछि दुई सातादेखि पोखराको गण्डकी मेडिकल कलेज ठप्प छ। कलेजले प्रत्येक विद्यार्थीसँग सरकारले तोकेभन्दा बढी रकम बिनापुर्जी असुलेको आरोप लगाउँदै शुल्क फिर्ता गर्नुपर्ने उनीहरुको माग छ। चारबुँदे मागपत्रमध्ये मुख्य माग बढी रकम फिर्ता गर्नुपर्ने बुँदामा कलेज प्रशासनले चासो नदिएपछि पटक–पटक बसेको वार्ता समेत सफल भएको छैन। माघ १६ गतेदेखि बन्द कलेज अहिलेसम्म पनि यथावत छ। त्यसमाथि माग सुनुवाइ नगरेको आरोपमा विद्यार्थीले अस्पतालको ओपीडी सेवा समेत बन्द गरि दिए। दुई साताबीचमा कलेज र विद्यार्थीबीच २ पटक औपचारिक र २ पटक अनौपचारिक गरी ४ पटक बैठक बसेको छ। तर कुनै पनि बैठक…

वाणिज्य संघको नयाँ प्रविधिबारे तालिम

आदर्श समाज सम्वाददाता
फागुन २, २०७५
वाणिज्य संघको नयाँ प्रविधिबारे तालिम
पोखरा, १ फागुन। पोखरा उद्योग वाणिज्य संघले आफ्नो ६५औँ वार्षिकोत्सव अवसरमा आयोजना गरेको व्यवसाय व्यवस्थापन विषयक तालिम बुधबार सम्पन्न भएको छ। पाँच दिनसम्म चलेको तालिममा पोखराका विभिन्न व्यवसायिक संस्थाका १६ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो। तालिम व्यवसाय विस्तार, व्यवसाय र बजारीकरणमा नयाँ प्रविधी तथा सीपको प्रयोगमा केन्द्रित थियो। समापनमा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रम तथा संघका कार्यवाहक अध्यक्ष नारायण कोइरालाले तालिमलाई व्यवसाय बिस्तारमा लगाउन आग्रह गरे। ‘सामान उही भए पनि त्यसलाई तलमाथि गरेर सजावट परिवर्तन गर्दा ग्राहक आकर्षित हुन्छन्,’ संघका कावा अध्यक्ष कोइरालाले भने। संघ महासचिव अर्जुन पोखरेलको संचालन रहेको समापन कार्यक्रममा कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे र प्रशिक्षक रामप्रसाद त्रिपाठीले पनि…

नयाँ प्रविधिका वारेमा तालिम

आदर्श समाज सम्वाददाता
फागुन १, २०७५
नयाँ प्रविधिका वारेमा तालिम
पोखरा, १ फागुन । पोखरा उद्योग वाणिज्य संघले आफ्नो ६५औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको व्यवसाय व्यवस्थापन विषयक ५ दिने तालिम बुधबार सम्पन्न भएको छ । तालिममा पोखराका विभिन्न व्यवसायिक संस्थाका १६ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । तालिम व्यवसाय विस्तार, व्यवसाय र बजारीकरणमा नयाँ प्रविधी तथा सीपको प्रयोगमा केन्द्रित थियो । तालिम समापन कार्यक्रममा प्रमाणपत्र बितरण गर्दै कार्यक्रम तथा संघका कार्यवाहक अध्यक्ष नारायण कोइरालाले तालिमलाई व्यवसाय बिस्तारमा लगाउन आग्रह गरे । सामान उही भए पनि त्यसलाई तलमाथि गरेर सजावट परिवर्तन गर्दा ग्राहक आकर्षित हुन्छन्’, संघका कार्यबाहक अध्यक्ष कोइरालाले भने । तालिमले पनि आफूले थाहा पाइरहेको विषयलाई नयाँ तरिकाले प्रयोग गर्न…

ब्याजदर घटाउन यातायात व्यवसायीको माग

शेरबहादुर खत्री (शिलास), विद्यार्थी पत्रकार   
फागुन १, २०७५
ब्याजदर घटाउन यातायात व्यवसायीको माग
पोखरा, २९ माघ। बैंक तथा वित्तीय संस्थाहरुको एकतर्फी ब्याजदर वद्धिका कारण यातायात व्यवसायीले नेपाल सरकार र राष्ट्र बैंकको ध्यानाकर्षण गरेका छन्। गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समिति पोखराले मंगलबार पत्रकार सम्मेलन गरी ब्याजदर वृद्धिले निजी लगानीकर्ताहरु निरुत्साहित बनेको गुनासो गरे । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले अत्यधिक रुपले ब्याजदरमा वद्धि गरेका कारण यातायात व्यवसायीहरु सबैभन्दा बढी मर्कामा परेको उनीहरुले बताएका छन्। यातायात व्यवसायमा मात्र नभई उद्योग, पर्यटन र कृषिमा समेत यसको नकारात्मक प्रभाव परेको उनीहरुले जनाएका छन्। राष्ट्र बैँकले दिएको निर्देशविपरीत बैँकहरुले मनोमानी ब्याजदर बढाएको उनीहरुले बताए। ९ प्रतिशतमा लिएको ऋणको ब्याज बढेर १६ प्रतिशतसम्म पुग्दा व्यवसाय नै…

नेपाल एग्रो लघुवित्तको अर्धवार्षिक समीक्षा

आदर्श समाज सम्वाददाता
फागुन १, २०७५
नेपाल एग्रो लघुवित्तको अर्धवार्षिक समीक्षा
पोखरा, २९ माघ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले अर्धवार्षिक समीक्षा तथा शाखा प्रमुखहरुको क्षमता अभिवृद्घि तालिम सम्पन्न गरेको छ। दुई दिनसम्म चलेको कार्यक्रममा वित्तीय संस्थाका २६ वटा शाखाका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो। कार्यक्रममा वित्तीय संस्था अध्यक्ष रमेशकुमार कर्माचार्यले इमान्दार  र मेहनति व्यक्तिको छनौट गरेर आवश्यक कर्जा मात्र प्रदान गर्ने, कर्जाको सदुपयोगितामा ध्यान दिने गरेमा पनि कर्जाको भाखा नाग्ने अवस्थाबाट बच्न सकिने, कर्जाको भाखा नाग्न नदिएमा कर्मचारीलाई काम गर्न समेत सजिलो हुने बताए। वित्तीय संस्थाले प्रवाह गरेको कर्जाबाट कृषक र व्यवसायीहरुलाई आयआर्जन भएको अवस्थामा लघुवित्त संस्थाहरुको कर्जा सुरक्षित हुने समेत अध्यक्ष कर्माचार्यले बताए। कर्जा सूचना केन्द्रबाट कर्जाको सूचना लिने र…

ओम डेभलपमेन्ट बैंकको वित्तीय साक्षरता सम्पन्न

एजेन्सी
फागुन १, २०७५
ओम डेभलपमेन्ट बैंकको वित्तीय साक्षरता सम्पन्न
पोखरा,  २९ माघ । ओम डेभलपमेन्ट बैंकले मेरिट पोखराको सहकार्यमा पोखरा र तनहुँमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तालबराही मावि,  एसओएस र जुनियर सिटिजन्स ऐकेडेमीका गरी करिब १ सय ५० जना विद्यार्थीको सहभागिता रहेको थियो। मेरिट पोखराका सदस्य स्वीकृती अधिकारी र अनुषा बरालद्वारा सञ्चालित सो कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका मुख्य व्यवस्थापक पोमनाथ गौतम,  बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र वित्तीय साक्षरतासम्बन्धी अन्तराष्ट्रिय प्रशिक्षक प्रकाश कोइरालाले वित्तीय क्षेत्र सम्बन्धित विविध विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा बैंकबाट हुने कर्जा प्रवाह, नगदको सुरक्षा, बचत लगायत विषयमा पनि विद्यार्थीलाई स्पष्ट पारिएको…

केरा बेचेर वार्षिक ५० लाख आम्दानी

आदर्श समाज सम्वाददाता
माघ २९, २०७५
केरा बेचेर वार्षिक ५० लाख आम्दानी
गलेश्वर, २९ माघ । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा गरिएको व्यावसायिक केरा खेतीबाट गाउँलेले वार्षिक ५० लाख रुपैयाँसम्म कमाउन सफल भएका छन् । गाउँका सबै कृषकले केरा खेती गरेका छन् । करीब १८ हेक्टर क्षेत्रफलमा गरिएको केरा खेती सफल भएपछि खबरा गाउँको मुहार नै फेरिएको छ । धान, गहुँ, मकै, कोदो बालीको विकल्पमा यहाँका कृषकले केरा खेती गरेको डेढ वर्षमै लाखौँ रुपैयाँ आम्दानी लिन थालेका छन् । अन्नबालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने केरा खेती आम्दानीको गतिलो माध्यम बनेको स्थानीय कृषकले बताएका छन् । खबराका अगुवा कृषक शोभित सापकोटाका अनुसार यहाँका कृषकले केरा बेचेर मात्रै गाउँमा वार्षिक ५०…

वेष्ट फाइनान्सद्वारा पुस्तकालयलाई सहयोग

एजेन्सी
माघ २९, २०७५
वेष्ट फाइनान्सद्वारा पुस्तकालयलाई सहयोग
पोखरा, २८ माघ । काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लि.ले टोखा–८ स्थित जलपा पुस्तकालयका लागि बालसाहित्य तथा बाल कथामा आधरित विभिन्न पुस्तक सहयोग गरेको छ। उक्त पुस्तकहरु संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले जलपा पुस्तकालयका अध्यक्ष नरबहादुर बिसीलाई एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन्। स्थानीय बालबालिकाहरुका लागि ज्ञानबद्र्धक, बाल मनोरञ्जन तथा वृद्धि विकासको उद्देश्यले स्थापित संस्थालाई टेवा पु¥याउन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पुस्तक सहयोग गरिएको फाइनान्स  प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए।

आकुराईको छैटौं शाखा पोखरामा

आदर्श समाज सम्वाददाता
माघ २९, २०७५
आकुराईको छैटौं शाखा पोखरामा
पोखरा, २८ माघ । आकुराई एजुकेशन कन्सल्टेसीले आफ्नो छैटौं शाखा पोखरा सिद्धार्थचोकमा विस्तार गरेको छ जापानमा विद्यार्थी अध्ययनको लागि विशेष सुविधा उपलब्ध गराउने उद्देश्यस्वरुप आइतबार शाखा विस्तार गरिएको कन्सल्टेसी प्रमुख प्रज्ज्वल पौडेलले बताए । सन् २०१३ बाट चितवन नारायणगढबाट शुरुवात भएको कन्सल्टेन्सीको बर्दिवास, टाँडी, कावासोती र धनगढी तथा आगामी दिनमा दाङ शाखा विस्तार हुने उनले जानकारी दिए । विद्यार्थीलाई जापानीज भाषा, रीतिरिवाज, हावापानी, भौगोलिक अवस्था र रहनसहनबारे विद्यार्थीलाई परामर्श दिइने पोखरा शाखा प्रमुख दोरक थापाले जानकारी दिए। हालसम्म पाँच सय बढी विद्यार्थी विद्यार्थी भीसामा जापान पठाइसकिएको समेत उनले बताए ।

सांग्रिला र ब्लुक्रस हस्पिटलबीच स्वास्थ्य सम्झौता

एजेन्सी
माघ २९, २०७५
सांग्रिला र ब्लुक्रस हस्पिटलबीच स्वास्थ्य सम्झौता
पोखरा, २८ माघ । सांग्रिला डेभलपमेन्ट बैंक लि. र ब्लुक्रस हस्पिटल प्रालिबीच बैंकका कर्मचारी, सेयरधनी तथा ग्राकहवर्गलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलतर्फबाट कार्यकारी व्यवस्थापन समिति सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अब बैंकका कर्मचारी, भीसा डेविट कार्ड प्रयोगकर्ता र ग्र्राहकलाई ब्लुक्रस हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट दिनेछ ।