समाचार »

न्यायधिश जोशीले दिए पदवाट राजीनामा

एजेन्सी
फागुन ७, २०७५
न्यायधिश जोशीले दिए पदवाट राजीनामा
काठमाणडाै,  ६ फागुन । यस अघि प्रधानन्यायधिश नियुक्तिका लागि सिफारिसमा परेका सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलवार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् । यसअघि जोशी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिसमा परे पनि संसदीय सुनुवाइ समितिले अस्वीकृत गरिदिएको थियो । सुनुवाई समितिले उनको शैक्षिक योग्यतामा प्रश्न उठाएको थियो । उनलाई केही सांसदहरुले महाअभियोग लगाउने तयारीसमेत गरेका थिए ।२०६३ को अन्तरिम संविधान जारी भएपछि व्यवस्था गरिएको संसदीय सुनुवाइबाट अस्वीकृत हुने जोशी पहिलो न्यायाधीश हुन् । त्यसपछि उनी लामो समय घरबिदामा बसेका थिए । ओमप्रकाश मिश्र प्रधानन्यायाधीश नियुक्त भएपछि सर्वोच्च फर्किएका जोशीलाई कानुनमन्त्रीको मध्यस्थतामा…

ऊर्जा दक्षता रणनीति सार्वजनिक

rss रासस
फागुन ७, २०७५
इनर्जी बैकिङ गर्न भारत सहमत
काठमाडौँ, ६ फागुन । उपलब्ध ऊर्जाको दक्षतापूर्ण उपयोगबाट ऊर्जामा पहुँच बढाई ऊर्जा सुरक्षामा सहयोग पुर्याउने दूरदृष्टि राखी सरकारले पहिलोपटक राष्ट्रिय ऊर्जा दक्षता रणनीति–२०७५ ल्याएको छ । मन्त्रिपरिषद्बाट पारित रणनीतिलाई सोमबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । रणनीतिमा सन् २०१५ सम्म रहेको ऊर्जा दक्षताको प्रतिवर्ष शून्य दशमलव ८४ प्रतिशतलाई औसत दर दोब्बर गरी २०३० सम्म प्रतिवर्ष १ दशमलव ६८ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । रणनीतिले ऊर्जा खपत घनत्व घटाई उत्पादकत्व बढाएर आर्थिक वृद्धिमा टेवा पुर्याउने, यसबाट वातावरण सन्तुलन कायम गरी स्वास्थ्यमा सकारात्मक सुधार ल्याउने उद्देश्य राखेको छ । रणनीतिमा उपभोक्ता तहदेखि नीति निर्माण तहसम्म ऊर्जा दक्षता सम्बन्धमा जनचेतना जगाउने, आवश्यक स्रोतको व्यवस्थापन र परिचालन, पूर्वाधार…

प्रदेश योजना आयोग सदस्यको शपथ

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७५
प्रदेश योजना आयोग सदस्यको शपथ
पोखरा, ६ फागुन। गण्डकी प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा नियुक्त डा भीमा ढुंगानाले शपथ लिएकी छिन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा सोमबार आयोग उपाध्यक्ष डा गिरधारी शर्माले ढुंगानालाई शपथ गराएका हुन्। गत मंगलबारको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो। ढुंगानाको नियुक्तिसँगै आयोगको तीन सदस्यीय कमिटी पूरा भएको छ। गैंडाकोटकी ढुंगानाले जापानको विश्वविद्यालयबाट कृषि, अर्थशास्त्र तथा वातावरण विषयमा विद्यावारिधी उत्तीर्ण गरेकी छिन्। कार्यक्रममा उनले प्रदेशको विकास र उन्नयनमा आफ्नो क्षमता पूर्ण उपयोग गर्ने प्रतिबद्धता जनाइन्। मुख्यमन्त्री गुरुङले पञ्चवर्षीय योजना निर्माणका साथै सरकारको वार्षिक बजेट, नीति तथा कार्यक्रम निर्माणमा पनि आयोगको भूमिका महत्वपूर्ण हुने बताए। प्रदेशको योजना तथा नीति…

आज प्रजातन्त्र दिवस

rss रासस
फागुन ७, २०७५
प्रजातन्त्रको मूल्य र मान्यता
काठमाडौँ, ७ फागुन । १०४ वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा ६९ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी सोमबार मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै अहिले हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल पाएका छौँ । यस वर्ष पनि दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्र दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा औपचारिक समारोहको आयोजना गदैर्छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुखलगायतको उपस्थिति रहनेछ । प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री…

विद्यार्थीको छात्रवृत्ति कोषमा शेष घलेको पौने २४ लाख सहयोग

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७५
विद्यार्थीको छात्रवृत्ति कोषमा शेष घलेको पौने २४ लाख सहयोग
पोखरा, ६ फागुन। तमु सांस्कृतिक प्रतिष्ठानले संचालन गरेको विद्यार्थी छात्रवृत्ति कोषमा एनआरएनएका पूर्व अध्यक्ष शेष घलेले पौने २४ लाख सहयोग गरेका छन्। पोखरामा सोमबार भएको एक कार्यक्रमबीच घलेले २३ लाख ७५ हजार रुपैयाँको चेक तमु सांस्कृतिक प्रतिष्ठान अध्यक्ष चिजकाजी गुरुङलाई हस्तान्तरण गरे। प्रतिष्ठानले लामो समयदेखि कठिन परिस्थितिमा परेका र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। विभिन्न ब्यक्ति तथा संस्थाको नाममा छात्रवृत्ति स्थापना गरेर प्रतिष्ठानले विद्यार्थीलाई आर्थिक सहयोग गरिरहेको छ। कार्यक्रममा घलेले नेपालको शिक्षा प्रणाली उपयोगी हुन नसकेको बताए। समयअनुसार शिक्षाको पाठ्यक्रम परिमार्जन गर्नुपर्ने भन्दै उनले विद्यार्थीको माग र समयको आवश्यक्तालाई विशेष ख्याल गर्नुपर्ने सुझाव दिए। ‘देशको विकास गर्ने जनशक्ति…

मध्यपहाडी र मालढुङ्गा–बेनी सडक बन्द हुँदा सास्ती

rss रासस
फागुन ७, २०७५
मध्यपहाडी र मालढुङ्गा–बेनी सडक बन्द हुँदा सास्ती
पर्वत, ६ फागुन । पर्वत जिल्लाका दुई मुख्य सडक बन्द हुँदा धौलागिरि क्षेत्रका नागरिकलाई सास्ती भएको छ। निर्माणाधीन मध्यपहाडी लोकमार्ग र मालढुङ्गा–बेनी सडक दैनिक साढे छ घण्टा बन्द हुँदा नागरिकलाई सास्ती भएको हो। लोकमार्गको पर्वत खण्ड गत बुधबारदेखि लागू हुनेगरी दैनिक साढे छ घण्टा बन्द गर्न थालिएको हो। सडक बिस्तारका लागि पर्वत र कास्कीको सिमाना नयाँपुलदेखि कुश्मा नगरपालिका–१ अर्मादीसम्मको खण्डमा दैनिक साढे ६ घण्टा बन्द गर्ने निर्णय भएको हो। जिल्ला प्रशासन कार्यालय पर्वतको संयोजनमा बसेको बैठकले बिहान १० बजेदेखि दिउँसो २:३० बजेसम्म र अपराह्न ४:३० बजेदेखि ६:३० बजेसम्म सडक बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए। लोकमार्गको…

सहारा क्लबलाई २ सय ज्याकेट सहयोग

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७५
सहारा क्लबलाई २ सय ज्याकेट सहयोग
पोखरा, ६ फागुन। रेन्बो प्राइभेट लिमिटेड कम्पनीले १७ औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको लागि २ सय थान ज्याकेट उपलव्ध गराएको छ । कम्पनीका गणेशमान श्रेष्ठले सहारा क्लब सदस्य शान्ता केसीलाई सो ज्याकेट हस्तान्तरण गरेका हुन्। सो कम्पनीले गत वर्ष समेत १ सय ९० थान ज्याकेट उपलव्ध गराएको थियो। आगामी दिनमा पनि यस्तो सहयोगलाई निरन्तरता दिने श्रेष्ठले बताए । कम्पनीले सहारा एकेडेमीको सहयोगार्थ ज्याकेट उपलव्ध गराएको क्लब अध्यक्ष केशवबहादुर थापाले जनाए। सहारा क्लबद्वारा संचालित सहरा एकेडेमीमा विपन्न परिवारका २८ जना बालकलाई क्लबले फुटबल प्रशिक्षण एवं अध्ययन अध्यापन गराउँदै आएको छ। एकेडेमी सहयोगार्थ क्लबले यही फागुन ९ देखि १८ गतेसम्म पोखरा रंगशालामा आयोजना गर्ने…

निशानको नयाँ गाडी ‘किक्स’ पोखरामा

एजेन्सी
फागुन ७, २०७५
निशानको नयाँ गाडी ‘किक्स’ पोखरामा
पोखरा, ६ फागुन। प्रिमियर मोटर्स प्रालि पोखराले निशानको नयाँ गाडी ‘किक्स’ बजारमा ल्याएको छ। कम्पनीले नेपाली बजारमा किक्सले नयाँ उचाइ पाउने दाबी समेत गरेको छ। किक्सलाई मूल्य, ब्राण्ड र प्रिमियमनेशको हिसाबले ‘द इन्टिलिजेन्स एसयूभी’का रुपमा स्थापित हुने दाबी प्रालिका प्रबन्ध निर्देशक सिरोज विजय कोइरालाले गरे। प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र प्रालिका प्रबन्ध निर्देशक कोइरालाले सोमबार संयुक्त रुपमा किक्स गाडी लञ्च गरे। साथै सोही दिन पाँचवटा किक्स गाडी बुकिङ समेत भएको छ । किक्सको फराकिलो भित्री भाग र स्टाइलिष्ट बाहिरी आवरणले ग्राहकहरुलाई आकर्षित गर्ने विश्वास प्रिमियर कम्पनीको छ। उत्कृष्ट विशेषता सहित सुरक्षाको हिसावले अब्बल मानिएको किक्स गाडी नेपाली बजारमा…

महिला बन्दीमाझ सांसद मीना गुरुङ

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७५
महिला बन्दीमाझ सांसद मीना गुरुङ
पोखरा, ६ फागुन। गण्डकी प्रदेश सांसद मीना गुरुङले जिल्ला कारागार कार्यालय कास्कीका बन्दीलाई फलफूल वितरण गरेकी छन्। सोमबार कारागारमै पुगेर सांसद गुरुङले त्यहाँस्थित सबै ५४ जना महिला बन्दीलाई फलफूल वितरण गरेकी हुन्। उनले बन्दीहरुलाई सान्त्वना दिँदै परिस्थितिले अहिले कठिन मोडमा ल्याए पनि जीवन सधैँ एकै नरहने र हातमा सीप भए आयआर्जनको बाटो बन्ने भएकोले सीप आर्जन गर्नु अनिवार्य रहेको बताइन्। विगतमा आफूले बन्दीहरुलाई व्युटीसियन तालिम दिँदैआएकोमा यसपालि पुनः सो प्रकारको तालिम दिने उनले जानकारीसमेत गराइन्। सांसद गुरुङले आफूले व्युटीसियन तालिम सिकाएका कतिपय बन्दीहरु हाल स्वरोजगार बनेको र प्रशिक्षण दिन सफल भएको उदाहरण दिइन्। जिल्ला कारागार कार्यालय कास्कीका कार्यालय प्रमुख गणेश…

नाट्टाको टिकट बुकिङ तालिम

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७५
नाट्टाको टिकट बुकिङ तालिम
पोखरा, ६ फागुन । नाट्टा गण्डकी प्रदेशले आफ्ना मातहत सदस्यका लागि टिकट बुकिङसम्बन्धी पोखरामा तालिम दिएको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश निर्देशक मणिराज लामिछानेले तालिम उद्घाटन गदैर्र् व्यवसायीहरु प्रविधिमैत्री बन्नुपनेर्मा जोड दिए। सेभर नेपालका बजार तथा तालिम व्यवस्थापन संयोजक आकृति ताम्राकारले तालिमको सहजीकरण गर्दै कार्यालयमै बसेर संसारका जुनसुकै ठाउँका लागि टिकट बुक गर्न सक्ने बताइन्। सेभर नेपालका प्रबन्ध निर्देशक उदयकिरण शुक्लाले पोखरामा बन्न लागेको अन्तराष्ट्रिय विमानस्थलको प्रसंग जोड्दै आगामी दिनमा पोखरामा पर्यटन विकासको थप सम्भावना रहेको बताए। सेभर नेपालको सहयोगी, नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको तालिममा ३३ जनाको सहभागिता रहेको थियो। नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सन्तोष पोखरेलको अध्यक्षतामा भएको तालिम…