विचार / लेख »

गन्धर्वले गाउने मौखिक इतिहास

dr. kusumakar neupani प्रा.डा.कुसुमाकर न्यौपाने
फागुन २, २०७५
गन्धर्वले गाउने मौखिक इतिहास
१ पृष्ठभूमि नेपालमा बसोवास गर्ने विभिन्न जातिमध्येको एउटा जाति गन्धर्व हो । यो जाति नेपाली लोकसङ्गीतको सम्वाहकका रूपमा चिनिएको छ । गन्धर्वले गाउँगाउँ तथा वस्तीवस्तीमा पुगेर आफ्नो पहिचानयुक्त बाजा बजाउँदै नेपाली लोकगीत र लोकगाथालाई निकै उचाइमा पुर्याएका छन् । लोकगाथा गाउने क्रममा ऐतिहासिक तथ्यलाई समेलेर मौखिक इतिहासलाई गाउँदै त्यो इतिहास पनि बचाएर भावी पुस्तालाई हस्तान्तरण गरेका छन् । यस जातिले मौखिक रूपमा गाउँदै जोगाएका मौखिक इतिहास आज पनि अध्ययनका महत्वपूर्ण सामग्री बनेका छन् । राष्ट्रका निम्ति यस्तो योगदान पुर्याएको यस जातिलाई चिन्नुचिनाउनु सबैको दायित्व हो । यही दायित्व बोध गरेर यहाँ नेपालका गन्धर्व जातिलाई चिनाउँदै यस जातिले गाउने गरेको मौखिक इतिहासका बारेमा चर्चा गरिएको छ । २.…

प्रेम रस र प्रणय दिवस

कमला शर्मा
फागुन २, २०७५
प्रेम रस र प्रणय दिवस
पूर्वीय दर्शनका व्याख्याता खप्तड स्वामीका शब्दमा“प्रेम त्यस्तो दिव्य रसायन हो, जुन आफु भित्र दबेर रहेको हुन्छ, जब जाग्छ यसको उर्जा प्रवाहित हुन्छ । यसलाई रोक्ने सामथ्र्य व्यक्ति आफैसँग पनि हुदैन ।” जब आफु भित्र प्रेम जाग्छ, घृणा बिलाएर जान्छ । तब यत्रतत्र सर्वत्र वातावरण नै प्रेममय बन्छ । प्रेम बाहिरी आँखाले देख्न सकिन्न यो त हृदयको आँखामा हुन्छ र हृदय कै आँखाबाट यसलाई भेट्न सकिन्छ, देख्न सकिन्छ । प्रेमरस रस मध्यको पनि उत्तम रस हो । हामी प्रेमकै रसमा मिसिएर जन्मन्छौं र विदा हुन्छौं। प्रेमको नदी अनादि कालदेखि अनन्त बग्दै आएको छ । जीवनका पलपलमा यो जुन सम्बन्धसँग प्रकट हुन्छ, त्यही रुपमा त्यसरी नै रसयुक्त बन्छ । आमा…

प्रणय दिवसको शुरुआत

yuwaklamichane युवक लामिछाने
फागुन २, २०७५
प्रणय दिवसको शुरुआत
फ्रेबुअरी १४ अहिले केही वर्ष यता प्रणयदिवसका रुपमा मनाउन थालिएकोछ । मायाका बारेमा बहस नचल्ने कुरै भएन । मानसिक रोगका लागि प्रेम भन्दा ठूलो उपचार औषधि विज्ञानमा छैन । प्रेम, माया र स्नेह जस्तो सुकै जटिल रोगको पनि उपचार हो । प्रेमरुपी क्याप्सुलले घातक रोगलाई पनि निको पार्न सक्छ । लेख, रचना र साहित्यमा सबैभन्दा बढी प्रयोग गरी लेखिएको विषय प्रेम हो । कथा ,उपन्यास,गजल र मुक्तक किन नहोउन् मुख्य विषयवस्तु प्रेम नै हुन आउँछ । भनिन्छ मायालाई धन–सम्पत्ति, जात–धर्म र वर्गले फरक पादैर्न । प्रेम भनेको दुई आत्मको मिलनहो । दुई आत्मको मिलनको आर्कषणलाई रोक्ने तागत कसैसँग हुँदैन । त्यसैले प्रेम यस्तो आगो हो न सल्काएर सल्कन्छ न निभाएर…

चर्चा नोटरी पब्लिक व्यवस्थाको

सन्दर्भ : १२ औं नोटरी पब्लिक दिवस

अधिवक्ता डि.पि.अधिकारी
फागुन १, २०७५
चर्चा नोटरी पब्लिक व्यवस्थाको
परिचयात्मक नोटरी पब्लिकको व्यवस्था एक विश्वव्यापी मान्यता हो। संसारका सबैजसो देशहरुमा नोटरी पब्लिकको सेवा प्रचलनमा छ। कतिपय देशहरुमा यो विगत सयौं वर्षदेखि प्रचलनमा थियो भने कतिपय देशहरुमा यो विषय नयाँ प्रयोगको रूपमा रहेको छ। नेपालको सन्दर्भमा २०६३ फाल्गुण १ गतेबाट नोटरी पब्लिक सम्बन्धी ऐन २०६३ कार्यान्वयनमा आएपछि नोटरी पब्लिकको सेवा प्रचलनमा रहिआएको छ। नोटरी पब्लिकको व्यवस्था र सेवा नेपालको परिप्रेक्ष्यमा एक नयाँ अभ्यास भएकोले शुरुका दिनहरुमा केही समस्याहरु देखा पर्नु स्वभाविक भएता पनि नोटरी पब्लिकको सेवालाई मर्यादित, विश्वसनीय, समयानुकूल र सर्वमान्य बनाउनुपर्ने तथ्यलाई मनन गर्नुपर्ने हुन्छ। नेपालमा नोटरी पब्लिकको सेवाको व्यवस्था गर्ने गराउने कार्य २०६३ सालबाट मात्रै कार्यान्वयनमा आएको भएता…

चौतारी तथा पोखरी कानून उपर गर्व गर्छौ

कुलराज चालिसे
माघ २९, २०७५
समन्वयात्मक अध्यात्मको साझा विन्दु चौतारी तथा पोखरी सम्बद्ध नेपाली मौलिक संस्कृति जलवायु अनुकूलन तथा दिगो विकासको निमित्त पनि उपयोगी देखिएकोले ज्ञान र विज्ञानको पनि समन्वय विन्दु प्रमाणित गर्न सकिन्छ। त्यसैले आध्यात्मिक, सामाजिक, आर्थिक, न्यायिक तथा जलवायु अनुकूलन सबै दृष्टिले यिनको संरक्षण तथा सम्बर्धन गर्न वाञ्छनीय भएकोले गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पहलमा विधेयक तर्जुमा भई २०७५ माघ ८को प्रदेशसभा बैठकले पारित गरेको छ। अव प्रदेश प्रमुखले प्रमाणित गरेर राजपत्रमा प्रकाशन भएको मितिले यो विधेयकले प्रदेश कानूनको स्वरूप धारण गर्ने छ। यो यात्रामा नागरिक तहको अभियान देखि कानून बन्ने यात्रासम्म धेरै तप्काले भिन्न भिन्न अनुभूति संगालेका छन्। वन…

नेपालमा कुष्ठरोगको अवस्था

प्रकाश राज वाग्ले
माघ २९, २०७५
नेपालमा कुष्ठरोगको अवस्था
परिचय ‘कुष्ठरोग कार्यक्रमको गन्तव्य, विभेद र गलत धारणाको अन्त्य’भन्ने नाराका साथ ६६ औं विश्वकुष्ठरोग दिवस यही माघ १३ गते नेपालमा र विश्वभरी एकसाथ मनाइसकिएको छ। प्रत्येक वर्ष जनवरी महिनाको अन्तिम आइतवार विश्वकुष्ठरोग दिवस मनाउने गरिन्छ। कुष्ठरोग के हो ? कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरियम लेप्रे नामक सूक्ष्मकिटाणुबाट लाग्ने एक प्रकारको कम सर्ने सरुवा रोग हो। यो रोगले खास गरेर छाला र स्नायु (नशा) मा असर गर्दछ। यस रोगले छालामा असर गर्दा रातो तथा हल्का फुस्रो रङ्गको दाग देखिने, अनुहारको छाला बाक्लो हुने, गिख्र्राहरू देखा पर्ने र स्नायुमा असर गर्दा हात, गोडामा छुँदा थाहा नपाउँने दागहरू साथै मांशपेशीहरू कमजोर हुन्छ। त्यस्तो…

महिनावारी र सेनेटरी प्याडबारे राम्ररी बुझौं

ashwinkarki अश्विन कार्की
माघ २८, २०७५
महिनावारी र सेनेटरी प्याडबारे राम्ररी बुझौं
एकजना किशोर भएर एक किशोरी अथवा महिलाहरूमा परी आउने प्राकृतिक एवं नियमित समस्याको समाधानार्थ जनचेतना जगाउने कार्य अहिले पनि हाम्रो समाजमा भिन्नप्रकारले हेरिन्छ। नेपाली समाजले धेरै कुरामा फडको मारे पनि महिला, किशोरीका विषयमा खुलेर कुरा गर्ने समाज अझै निर्माण भइसकेको छैन। त्यसैले,जीवनमा केही नया कार्य गरे, जसले समाज परिवर्तनमा टेवा पुगोस भन्ने लाग्यो र यही समस्यालाई लिएर अगाडि बढ्ने निधो गरेँ। महिनावारी विषयमा अझै पनि खुलेर कुरा नगर्ने नेपाली समाजमा म बोल्न थाले। धेरै गाउँ पुगेर महिनावारीमा प्रयोग गर्ने प्याडबनाउने तरीकाहरू सिकाएँ। महिनावारीका विषयमा कुरा गर्न र प्याड बाँड्न थालेपछि साथीभाइहरूले खिसिटिउरी पनि गरे। यो कस्तो लाज नभएको केटा होला…

चतराधाममा श्रीराम तारकब्रह्म महायज्ञ

pushparajpoudel पुष्पराज पौडेल
माघ २८, २०७५
चतराधाममा श्रीराम तारकब्रह्म महायज्ञ देवानां द्रव्यहविषां ऋक्सामयजुषां तथा। ऋत्विजां दक्षिणानां च संयोगो यज्ञ उच्यते।। देवता, हवनीय द्रव्य, वेदमन्त्र, ऋत्विक् तथा दक्षिणा यी पाँच उपादानहरूको कुनै कर्म विशेषमा गरिएको जुटान्लाई यज्ञ भनिन्छ। त्यसैगरी कात्यायन आदि श्रौतसूत्रकारहरूले “द्रव्यदेवतात्याग” अर्थात् द्रव्यात्मक, देवतात्मक र त्याग क्रियात्मक गरी यी तीनलाइ यज्ञका लक्षण भनी बताएका छन्। यज्ञका भेद अर्चिरादि, सोमादि र अग्निष्टोमादि गरी यज्ञका तीन भेद छन्। अग्निमा होम गर्नुलाई अर्चिरादि यज्ञ। पूजा तर्पण गर्नुलाई सोमादिक यज्ञ। जप, पूजा,पाठ, तर्पण, योग, पञ्चमहायज्ञ आदि गर्नुलाई अग्निष्टोमादि यज्ञ भनिन्छ। त्यस्तै गरी वेद, ब्राह्मणग्रन्थहरू, आश्वलायन, आपस्तम्ब, सत्याषाढ र पारस्कर आदि सूत्रग्रन्थहरूमा यज्ञका अनेक भेद बताईएका छन्। गौतम धर्म सूत्रकारलेः…

आर्थिक असमानता र डाभोस सम्मेलन

आनन्दराज मुल्मी
माघ २७, २०७५
विश्वव्यापी रुपमा धेरै मुलुकहरुको आर्थिक सामाजिक र राजनैतिक रुपमा अशान्त रहेको पाइएको छ । विश्वव्यापीकरणले थोरै मुलुकहरु बढी लाभान्वित हुने र धेरै मुलुकहरुलाई चुनौती थपिएको छ । हुने र नहुने बीचको खाडल झन झन फराकिलो बन्दै छ । धनी वर्ग अत्यधिक धनाढ्य तर्फ उन्मुख भइरहेका छन् भने मध्यम वर्ग आफनो स्तर गुमाउँदै छन् । आजभन्दा सयवर्ष अगाडि एकजना धनीको तुलनामा १० जना गरीव थिए , पचास वर्ष अगाडि यो अनुपात एकजना धनी बराबर ४४ गरीब हुनपुगे भने आजको दिनमा एक धनी बराबर ९० जना गरीब भएका छन् । आज दैनिक ९१.२५ कमाइमा जीवन यापन गनेर्हरुको संख्या २ अर्ब र दैनिक ९२.५० कमाइमा जीवन गुजारा गनेर्हरुको…

खुकुलो नागरिकता ऐन : नेपाल सिध्याउने प्रपञ्च

तिलक पराजुली तिलक पराजुली
माघ २५, २०७५
नेपाल नागरिकता ऐन, २०६३ का केही प्रावधान संशोधन गर्ने विधेयक संसद्मा छलफल चलिरहेको छ। नागरिकतासम्बन्धी संवैधानिक एवं कानूनी प्रावधान यो विधेयकका कारण मात्रै छलफल, विमर्श र संवादको विषय बनेको होइन। निरन्तर चलिआएको छ। यसको मुल पेचिलो कुरा भनेको दक्षिणको छिमेकी देशको सरकार जसरी हुन्छ आफ्ना बढीभन्दा बढी नागरिकलाई नेपालको नागरिकता दिलाउन सुनियोजित तवरमा लागेको र आफ्नो राष्ट्रिय सार्वभौमिकता तथा नेपाली पहिचान जोगाउन सतत् प्रयत्नशील नेपाली जनताबीच चल्दै आएको द्वन्द्व नै हो। अख्तियारका पूर्व प्रमुख तथा नेपाल–भारत प्रबुद्ध समूहका एक सदस्य सूर्यनाथ उपाध्यायका केही अगाडि प्रकाशित ‘नागरिकता’ सम्बन्धी लेखहरूलाई पनि हामीले यसै सन्दर्भमा हेरिनु र मनन गरिनु पनि पर्छ। उपाध्याय अन्तराष्ट्रिय…