फेवातालको जग्गा अतिक्रमण – मुकदर्शक सरकार

विष्णुप्रसाद श्रेष्ठ
फागुन ६, २०७५

फेवाताल पोखराको मात्र नभएर नेपालकै पर्यटकीय क्षेत्र हो।  पोखराको सौन्दर्यमा फेवाताल र माछापुच्छ्रे«  हिमालको ठूलो महत्व छ।  नेपालमा आउने विदेशी पर्यटकहरु प्राय पोखरा आउन मन पराउँछन् र पोखरा आएपछि प्रायजसोको पहिलो गन्तव्य फेवाताल हुने गरेको छ।  विदेशी मात्र नभएर आन्तरिक पर्यटकहरुको गन्तव्य स्थल पनि पोखरा घुम्न पुगेको छ।  फेवातालको अवलोकन गर्न जाँदा ज्ञात हुन्छ कि त्यहाँ आन्तरिक वाह्य पर्यटकको चाप कति छ भनेर।

फेवातालले प्राकृतिक सौन्दर्य  मात्र बढाएको छैन अपितु रोजगारी बढाएको छ।  लेक साइडमा हाल सानातिना देखि तारे होटलहरु पनि खुलेकाछन्।  यसरी खुलेका होटल तथा रेष्टुरेण्टहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रशस्त व्यक्तिहरुलाई रोजगारी प्रदान गरेको छ।  यतिमात्र नभई लेकसाइडमा खुलेका ट्रेकिङ्एजेन्सी, पसल, उद्योगधन्दा, यातायात आदिले पनि रोजगारी अवसर वढाएको छ।

फेवातालको महत्व केवल पर्यटन र आर्थिक आर्जनमा मात्र सिमित न रही वातावरणीय महत्व पनि रहेको छ वातावरण साम्य र सन्तुलन राख्न यसले ठूलो भूमिका खेलेको छ।  फेवाताल नजिक रहेको  रानीवनले जैविक विविधताको संरक्षण गरेको  छ भने वन्यजन्तुहरुको आश्रयस्थल पनि बनेको छ।

फेवाताल पोखरावासी अझ खासगरी लेकसाइड वासीहरुको जनजीवनसँग सम्बन्ध राख्छ।  फेवातालको बीचमा रहेको ताल बराही मन्दिर आस्थाको  धरोहर वनेको छ।  तालवाराही सँग जोडिएका आख्यानकथा तथा घटनाहरु हाम्रा सम्पत्ति हुन्।  यिनीहरुलाई संरक्षणगर्दै पुस्ता देखि पुस्ता सम्म हस्तान्तरण गर्दै जानु पनि आजको पिंढीको जिम्मेवारी हो।  अतः तालवाराही मन्दिरमा व्यवस्थित रुपले र विधिपूर्वक पूजा अर्चना चलिरहोस र भक्तजनहरुलाई कुनै वाधाव्यवधान नहोस भन्ने कुरामा पनि ध्यानदिनु जरुरी छ।

किवदन्तीलाई आधार मान्ने हो भने फेवातालको उत्पत्ति सँग तालवाराही म ाताको भूमिका स्पष्टसंग देख्न सकिन्छ।  तालवराहीको उत्पत्ति कसरी भयो र फेवातालको उत्पत्तिमा माताको भूमिकाबारेमा पनि प्रचलित अख्यानलाई लिपिबद्ध गर्न जरुरी छ।  पछिल्ला पुस्ताले यस बारेमा जानकारी पाउनु सकून।  यति मात्र नभई तालबाराही मन्दिर र फेवातालसंग फेवाताल वरिपरिका वस्ती मात्र नभई पाउदुँर, नागडाँडा, मान्द्रेढुंगा आदि ग्रामीण भेगका वासिन्दाको पनि इतिहास लुकेको पाइन्छ।

कास्कीका राजाहरु देखि लिएर शाहवंशीय राजाहरु, राणाशासकहरु तथा प्रजातान्त्रिक पछिका शासन व्यवस्थाले फेवातालको संरक्षण र विकासमा पुर्याएको घटना मात्र होइन यसको दोहन गर्ने र व्यक्तिगत स्वार्थपूर्ति गर्ने तथा जग्गा अतिक्रमण गरेका घटनाहरु पनि इतिहासका लागि महत्वपूर्ण घटना हुन आउँछ।  फेवातालभन्दा माथि रहेको माझथुम भन्ने डाँडाको आनै ऐतिहासिक महत्व रहेको छ।  सो माझथुममा रहेको वाराहीमन्दिर को अस्तित्व हाल देखिँदैन। त्यहाँ तपस्या गरी वसेका सन्तमहन्तहरुको पनि ऐतिहासिक झलक दिने हाल कुनै संरचना वा पुरातात्विक अवशेषहरु भेट्न सकिँदैन।  यस्को सट्टामा नयाँ संरचनाहरु बनेकाछन्।  विद्यालय संचालन गर्नु आश्रम स्थापना गर्नु वा भव्य मन्दिरको स्थापना गर्नु निश्चय पनि प्रशंसनीय कार्य हो।  यसो भएतापनि इतिहासलाई हामीले विर्सनु हुँदैन।  फेवाताल र तालवाराही मन्दिरको इतिहासलाइ खोज्दै जाने हो भने माझथुम डाँडासम्म पुग्न पर्ने हुन्छ ।  यसको सम्बन्ध कस्केली राजा कुलमण्डनशाह संग पनि जोडिन पुगेको देखिन्छ।  कास्कीकोट नजिक रहेको मान्द्रेढुँगा भन्ने ठाउँमा रहेको मान्द्रेढुंगा नामक विशाल प्रस्तर को संवन्ध पनि फेवातालसँग रहेको स्थानीय वासिन्दाहरुको भनाइ रहेको छ।  यतिमात्र नभई त्यस क्षेत्रको स्थानीय देवताका रुपमा तालवाराहीमा तालाई मान्ने गरेको पनि पाइन्छ।

विभिन्न दृष्टिकोणले फेवातालको महत्व रहेकाले फेवताल र फेवाताल परिसरको संरक्षण गर्नु नेपाल सरकार,  प्रादेशिक सरकार स्थानिय निकाय जन प्रतिनिधि एवं सचेत नागरिकहरुको कर्तव्य हुन आउँछ।  केवल फेवातालको सौन्दर्यको अवलोकन गर्ने डुँगामा शयर गर्ने वा भाषणवाजी मात्र गनेर्ले यसको संरक्षण हुन सक्दैन।

फेवातालको ठूलो महत्व हुँदाहुदै पनि यसको अस्तित्व भने संकटमा पर्दै गएको पाइन्छ।  पछि यसरी नै संकटमा पर्दै जाने र यसको संरक्षणमा सम्बन्धित निकायले दरिलो पाइला नचाल्ने हो भने फेवाताल इतिहासको विषय बन्ने र पछिका पुस्ताले किवदन्तिका रुपमा सुन्न पर्ने अवस्थान आउला भन्न सकिँदैन।  फेवातालका विषयमा विभिन्न समयमा आयोग वा समितिहरु बने।  यसको नाममा अनुसन्धान गर्न भनेर राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा  स्थापित दातृ संस्थाबाट रकम ल्याएर अनुसन्धान संस्थाहरु वने तर ती समिति वा आयोगले र अनुसन्धान संस्थाबाट के कस्ता काम भए त्यो सर्वसाधारणले बुझने गरी प्रकाशमा आएनन्।

फेवातालको गम्भीर समस्या भनेको जग्गाको अतिक्रमणहो।  २०१८ साल सम्म १० वर्ग कि.मीमा रहेको फेवातालको सेरेफेरो २०६४ मा नापजाँच गर्दा जम्मा ४.२० वर्ग कि.मीमा सीमित हुन पुगेको तथ्यहरु सार्वजनिक भइरहेका छन्।  यस्तैगरी २०५७ साल सम्म  २२ हजार रोपनी जग्गा फेवाताल क्षेत्रको रुपमा कायम रहेकामा हाल करिव १० हजार रोपनी मात्र कायम रहेको र १२ हजार रोपनी व्यक्तिका नाममा दर्ता भै भोगचलन गरिरहेका तथ्यहरु पनि सार्वजनिक भएका छन्।  यस्तै गरी २०३१ सालमा ३३ मिटर गहिराइ रहेको फेवाताल २०६४ मा १८ मिटर मात्र रहेको छ।  नदी, कुलो, ढल आदिबाट बगेर आएका ढुङ्गा, गिटी, वालुवा,  मात्र नभएर ढलले बगाएर ल्याएका फोहोरजन्य वस्तुहरुले पनि फेवाताल पुरिँदै गएको अवस्था छ।  यसरी पुरिँदै जाने हो भने १०० वर्षभित्र फेवाताल रहने छैन भन्ने कुरा अनुसन्धानले बताएको छ।

तत्कालीन पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष विश्वप्रकास लामिछानेको संयोजकत्वमा फेवातालको जग्गा अतिक्रमण सम्बन्धी छानविन गर्न समिति बनाएकोमा सो समितिले गहिरो रुपमा खोजतलासी गरी यथार्थ प्रतिवेदन २०६९ सालमा सरकारसमक्ष प्रतिवेदन प्रस्तुत गरेकोमा हालसम्म पनि प्रतिवेदनउपर कुनै कारवाही नभएको अवस्थामा हालै सवोर्च्च अदालतको न्यायाधीश द्वय ओमप्रकाश मिश्र र सपना प्रधानमल्लको संयुक्तइजलासले ऐतिहासिक फैसला गरेको व्यहोरा सार्वजनिक भएको छ।  सो फैसला अनुसार फेवातालको क्षेत्र १२ हजार ८७४ रोपनी कायम हुनुपर्ने, फेवातालको किनार वाट ६५ मिटरभित्र बनेका होटल, रेष्टुरा वा अन्य टहराहरु १ वर्ष भित्र हटाईसक्नु पर्ने तथा व्यक्तिका नाममा दर्ता भएका अतिक्रमणमा परेका जग्गाहरु फेवाताल क्षेत्रको नाममा दर्ता गर्न आदेश दिएको छ। लामिछाने समितिले अतिक्रमणमा परेका जग्गाका कित्ताहरु र अतिक्रमण गरी भोगचलन गर्ने व्यक्तिहरुको नामावली समेत प्रतिवेदनमा उल्लेख गरिएको भएता पनि सरकारको निस्क्रियताको कारण प्रभावकारी कार्य हुन सकेन। हाल सवोर्च्च अदालतले महत्वपूर्ण फैसला गरेकाले त्यसलाई आलटाल नगरी कार्यान्वयन गर्न प्रथमत केन्द्र सरकारले पहल गर्न पर्ने र त्यसमाप्रादेशिक सरकार,महानगरपालिका,मालपोत कार्यलय लगायतमा सम्बन्धित निकायहरुले आ–आनो जिम्मेवारी स्वीकार गरी यथा शीघ्र कार्यान्वयनमा लाग्नु पर्ने हुन्छ।  अतिक्रमित जग्गा अतिक्रमण गर्ने व्यक्तिहरुले पनि खुसीका साथ र्फिता गरे सुनमा सुगन्ध हुने कुरामा विवाद छैन।  अतः यस विषयमा सरकारले पहल गर्नु पर्ने हुन्छ र मूक दर्शक भएर वस्नु हुदैन।

Related News

सम्बन्धित समाचार

hero news full width