राजनीतिका क्षेत्रमा प्रजातन्त्रको अर्थ कुनै शासन व्यवस्था वा पद्धति हो । जस्तै राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आदि । प्रजा वा जनताद्वारा निर्वाचित, जनप्रतिनिधिद्वारा चलाइने शासन व्यवस्था, जनप्रतिनिधिहरुका हातमा शासन सत्ता भएको राज्य व्यवस्था, जनताद्वारा जनताका लागि जनताकै राय सल्लाहाबाट चलाइने शासन प्रजातन्त्र हो ।
नेपालमा निरङ्कुश राणा शासनको अन्त्य भएर २००७ सालमा प्रजातन्त्र आएको उपलक्ष्यमा बर्सेनी फागुन ७ गते मनाइने राष्ट्रिय उत्सव राष्ट्रिय प्रजातन्त्र दिवस हो । आज हामी नेपालीले ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइरहेका छौँ । अर्थात् नेपालमा शासन व्यवस्थमा प्रजातान्त्रीकरण भएको ६८ वर्ष पूरा भएर ६९ औँ वर्ष प्रारम्भ भएको छ । यो अवधिमा मुलुकमा धेरै राजनीतिक उतारचढावहरु भए ।
देशमा राजा सहितको प्रजातन्त्र चल्यो तथापि जनचाहनाहरु पूरा भएनन् । वंश परम्पराको शासन चल्यो । प्रजातन्त्र भएर पनि जनताले आफ्नो चाहना अनुसारको शासन चलाउन पाएनन् । प्रजातन्त्र भए पनि राजा नै शासनका सर्वोच्च बिन्दु थिए । सर्वोच्च अदालतबाट दोषी प्रमाणित भएका विषयमा राजाको हुकुम प्रमाङ्गीबाट दोषमुक्ति पाउने शासन प्रणाली थिए । अर्थात् शासन प्रणालीमा प्रजातन्त्रको पुच्छर जोडिएको थियो, शिर राजतन्त्र नै थियो । वि.सं. २०१५ सालमा संसदको निर्वाचन भयो । यो निर्वाचनमा नेपाली काँग्रेसले संसदमा दुई तिहाइ भन्दा बढी सिट ल्यायो । नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा मन्त्रिमण्डल गठन भयो । उनी नेपालका जननिर्वाचित सरकारको पहिलो प्रधानमन्त्री थिए ।
विक्रम संवत् २०१७ साल पौष १ गते तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेर निर्दलीय पञ्चायती प्रजातन्त्र नामक शासन प्रणाली देशमा लादे । जबकि शासन व्यवस्थाको सर्वोत्कृष्ठ प्रणाली प्रजातन्त्र हो भनेर विश्वले मानेको अवस्था थियो। पञ्चायती प्रजातन्त्रमा निरङ्कुश राजतन्त्र चलेको थियो । पञ्चायती व्यवस्था तीस वर्ष चल्यो । यो समयमा पनि प्रजातन्त्र दिवस मनाइन्थ्यो । राजाका आसेपासे गासेहरूले राजाकै स्तुति गान गरेर दिवस मनाउँथे । पञ्चायत विरोधी प्रजातन्त्र प्रेमी नेतालाई पञ्चहरुले अराष्ट्रिय तत्व नामाकरण गरेका थिए । प्रजातन्त्र प्रेमीले राजभक्तलाई मण्डलेको उपाधि दिएका थिए ।
प्रजातन्त्रमा विश्वास राख्ने प्रजातन्त्रको अनुयायी प्रजातन्त्रवादीहरुलाई निरङ्कुश पञ्चायती व्यवस्था हटाएर देशमा शुद्ध प्रजातन्त्र स्थापना गर्ने राजनीतिक परिपाटी कायम गर्ने अभिलाषा जागरुक नै थियो । यसैको परिणाममा २०४७ सालमा तीस वर्षको अन्तराल पछि पञ्चायती प्रजातन्त्रकेा अन्त्य भई देशमा संसदीय प्रजातन्त्र प्रारम्भ भयो । जननिर्वाचित प्रतिनिधिहरुबाट देशको शासन चल्न थाल्यो । राजा संवैधानिक राजा भए । यहाँसम्म आइपुग्दा पनि प्रजातन्त्र हिङ होइन हिङ बाँधेको टालोको रूपमा रह्यो ।
वि.सं. २०५१ साल फागुन १ गतेबाट नेपालमा माओवादीहरुको दस वर्षे जनयुद्ध प्रारम्भ भयो । २०५९ साल जेष्ठ १९ गते दरबार हत्या काण्ड भयो । राजा वीरेन्द्रको वंश नाश भयो । उनका भाइ ज्ञानेन्द्र राजा भए । उनले पनि आफ्ना पिताका झैँ शासन चलाउने धृष्टता राखे । जसको परिणाम उन्नाइस दिने जनआन्दोलन भयो । यो आन्दोलनले देशमा राजतन्त्रको अस्तित्व लोप भयो ।
मुलुकको शासन व्यवस्था लोकतान्त्रिक पद्धति तर्फ मोडियो । बहुसङ्ख्यक जनताद्वारा छानिएका जनप्रतिनिधिहरुको सम्मति अनुसार देशको शासन व्यवस्था चलाउने र नीति निर्धारण आदि हुने शासन प्रणाली; प्रजातन्त्र लोकतन्त्र हो । लोकतन्त्र र प्रजातन्त्र एउटै अर्थ भएका पर्यायवाची शब्द हुन् । बाबुराम भट्टराईको प्रधानमन्त्रीत्व कालमा राज्यले प्रजातन्त्र दिवस मनाएन । प्रजातन्त्र विनाको लोकतन्त्र हुनै सक्तैन । लोकतन्त्रको शासनपद्धति वा सिद्धान्त लोकतन्त्रवाद हो भने लोकतन्त्रवादको अनुयायी वा सिद्धान्त मान्ने लोकतन्त्रवादी हुन् भनिन्छ तर नेपालमा सिद्धान्तमा लोकतन्त्र आएको छ । व्यवहारमा लोकतन्त्रवादी नेताको अझै पनि अभाव छ । देशको शासन पद्धतिलाई लोकतन्त्रको रूप दिने वा त्यस अनुसार चलाउने; प्रजातान्त्रीकरण लोकतान्त्रीकरण व्यहवारमा कार्यान्वयन भएको अवस्था छैन । नेपालमा विश्वका प्रायः सबै राजनीतिक व्यवस्था अनुसरण भइसकेको छ तर कुनैले पनि सार्थकता नपाएको अवस्था छ । विश्वको सर्वोत्कृष्ट शासन प्रणाली प्रजातन्त्रलाई मानिएको छ । कुनै पनि शासन प्रणाली देश र जनताको हितमा सञ्चालन भएको छैन भने त्यसलाई सफल शासन प्रणाली मान्न सकिन्न । मुलुकमा अहिले पनि राजनीतिक अनुशासनको खाँचो छ ।
आज हामी नेपालीले प्रजातन्त्र दिवस मनाइरहेका छौँ । प्रजातन्त्र शासन सञ्चालनको एउटा पद्धति हो । यो साध्य होइन । प्रजातन्त्र, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्था त्यतिबेला सार्थक हुन्छ जुन बेला जनप्रतिनिधिहरुले आफ्नोव्यक्तिगत स्वार्थलाई त्यागेर देश र जनताको हितमा काम गरेर जनतालाई चित्त बुझाउँछन् । प्रजातन्त्र शासन सञ्चालनको सकारात्मक पक्ष हो तर व्यवहारमा यसलाई नकारात्मक रूपमा चित्रण गरिएको छ । यो मुलुक र मुलुकवासीको चिन्ताको विषय भएको छ । यसमा शासकहरुले ध्यान दिउन भन्ने जन अपेक्षा छ । जय मातृभूमि नेपाल आमा ।
Related News
सम्बन्धित समाचार
जून ओर्लेको रात र त्यसको आलोक
नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका ४ वर्ष र आगामी कार्यदिशा
राणा कालमै हलो जोत्ने क्रान्तिकारी पं. मुक्तिनाथ
पाब्लो नेरुदा : जनकवि तथा क्रान्तिकारी नेता
hero news full width
मुख्य समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
वैशाख ७, २०८१गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१