नेपालमा कुष्ठरोगको अवस्था

प्रकाश राज वाग्ले
माघ २९, २०७५

नेपालमा कुष्ठरोगको अवस्था

परिचय

‘कुष्ठरोग कार्यक्रमको गन्तव्य, विभेद र गलत धारणाको अन्त्य’भन्ने नाराका साथ ६६ औं विश्वकुष्ठरोग दिवस यही माघ १३ गते नेपालमा र विश्वभरी एकसाथ मनाइसकिएको छ। प्रत्येक वर्ष जनवरी महिनाको अन्तिम आइतवार विश्वकुष्ठरोग दिवस मनाउने गरिन्छ।

कुष्ठरोग के हो ?

कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरियम लेप्रे नामक सूक्ष्मकिटाणुबाट लाग्ने एक प्रकारको कम सर्ने सरुवा रोग हो। यो रोगले खास गरेर छाला र स्नायु (नशा) मा असर गर्दछ। यस रोगले छालामा असर गर्दा रातो तथा हल्का फुस्रो रङ्गको दाग देखिने, अनुहारको छाला बाक्लो हुने, गिख्र्राहरू देखा पर्ने र स्नायुमा असर गर्दा हात, गोडामा छुँदा थाहा नपाउँने दागहरू साथै मांशपेशीहरू कमजोर हुन्छ। त्यस्तो छोएको थाहा नपाउने भागमा साधारण चोटपटक लाग्दा पनि छिटो निको हुँदैन।

हाम्रो समाजमा कुष्ठरोग प्रतिको पुरानो धारणामा अझै पूर्णरुपमा परिवर्तन आइ सकेको छैन। अझै पनि कुष्ठरोगलाई महारोग, उपचार हुन नसक्ने र अत्यन्त छिटो सर्ने प्रकृतिको संक्रामक रोगको रुपमा लिने गरिन्छ। यसैकारण कुष्ठरोगी वाऔषधि पश्चात रोगबाट मुक्त भइसकेका व्यक्तिहरू प्रति पनि अत्यन्त ठूलो सामाजिक लान्छना र भेदभाव व्याप्त छ। अझै पनि कतिपय व्यक्तिहरू रोगको शंका लागि सकेपछि नजिकैको स्वास्थ्य संस्थाबाट औषधि उपचार खोज्ने भन्दा छर छिमेक र समुदायका व्यक्तिहरूले थाहा नपाउन भनि अन्यत्रैवाट औषधि  उपचार गर्न प्रयास गर्छन्। जसले गर्दा रोग लुकाउने, उपचार ढिलाहुने, अन्यव्यक्तिलाई सर्ने र अंगभंग समेत हुने जोखिम ज्यादा हुन्छ। त्यसैले सवै भन्दापहिले कुष्ठरोग अत्यन्त कम सर्ने र अन्य रोगहरू जस्तै सजिलै उपचार हुन सक्ने रोग हो भन्ने कुरा सवैले वुझ्नु र सोही अनुसार उपचारको खोजिगर्नु अत्यन्त आवश्यक छ।

निम्नानुसारको चिन्ह र लक्षण भेटिएमा कुष्ठरोग हो कि भनि शंका गर्न सकिन्छः

  • छालाको रङ भन्दा हल्का र सतहभन्दा माथि उठेका राता दागहरू देखिएमा,
  • छालामा देखिएका दागमा चेतनाशक्ति हराएको वा कम हुदै गएको अवस्थामा,
  • हात/गोडा झम्झमाउने भएमा,
  • हात, गोडा र आँखाको ढकनीहरू कमजोर हुँदै जाने, स्नायुको दुखाइको समस्या भएमा,
  • अनुहार र कानको लोती बाक्लो हुन, छालाहरू सुन्निन गएमा,
  • नदुख्ने घाँउ अथवा हात र गोडामा पोलेको घाँउ भएमा।

माथि भनिएजस्तै कुष्ठरोग कम सर्ने प्रकृतिको रोग हो। अधिकांश मानिसहरूमा उनीहरूको रोग विरुद्ध लड्न सक्ने क्षमताका कारण यो रोग सदैर्न भने उपचार नगरेको कुष्ठरोग बिरामीसंग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वास प्रश्वासको माध्यमबाट यो रोग सर्न सक्छ। यो रोग सरेको २ वर्ष देखि ५ बर्ष भित्रमा कुष्ठरोगको चिन्ह र लक्षणहरू देखा पर्न सक्छ। यो रोग किरा, लामखुट्टे, झिंगा, उडुस आदिबाट सर्ने रोग होइन।

वर्तमान अवस्था

विश्व स्वास्थ्य संगठनका अनुसार सन २०१४ मा १२१ देशहरूबाट लिइएको तथ्यांकमा जम्मा २ लाख १३ हजार ८९९ नयां कुष्ठ रोगीहरूको पत्ता लागेका थिए। पत्ता लागेका नयां विरामीहरू मध्ये ९४ प्रतिशत विरामीहरू १३ देशहरूमा रहेको पाइएको थियो जसमा नेपाल समेत समावेश छ। विश्वमै सवैभन्दा धेरै ६० प्रतिशत कुष्ठ रोगीहरू भारतमा रहेकाछन्। नेपालमा सन २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो प्रति १०,हजार जनसंख्यामा १ जना भन्दा कम रोगी भएको अवस्थालाई रोग निवारणभएको मानिन्छ।

नेपालमा निवारण भएको घोषणा गरेको अवस्थामा प्रति १० हजार जनसंख्यामा ०.८९ कुष्ठरोगी थिए जुन निवारण पछिका केही वर्षसम्म घटेको देखिएको थियो र २०७३।०७४ मा बढेर ०.९२ पुगेको र हाल आएर सो संख्या प्रति दशहजार जनसंख्या झण्डै २ जना पुगिसकेको छ। निवारण घोषणा गर्दाका अवस्थामा तराईका १२ जिल्लाहरूमा निवारणको लक्ष्य पूरा भएको थिएन भने हाल जिल्लाहरूको संख्या बढेर १८ पुगेको छ। निवारण घोषणा भैसके पछिका वर्षहरूमा प्रतिवर्ष ३,हजार को हाराहारीमा नयां रोगीहरू थपिने गरेका छन्। सन् २०१८ मा जम्मा ३ हजार २१५ जना नयाँ विरामीहरू पाइएको थियो। हाल १ लाख ८०,हजार भन्दा धेरै विरामीहरूले वहु औषधि उपचार पूर। गरेकाछन् भने ३०, हजार व्यक्तिहरू कुष्ठ रोगका कारण अंगभंगभई अपांग भएका छन्।

माथिको तथ्यांकलाई हेर्दा नेपालमा कुष्ठरोग निवारण भयो भनेर ढुक्क संग बस्ने अवस्था छैन। १८ जिल्लाहरूमा निवारणको अवस्था नहुनु र प्रतिवर्ष ३ हजार भन्दा धेरै नयां विरामी थपिनुका साथै स्वास्थ्य सेवाको पहुंच भन्दा बाहिरै रहेको जनसंख्या  पनि उल्लेख्य छ। कुष्ठरोग प्रतिको नकारात्मक सोच र सही जानकारीको अभावले रोग लुकाउने र समयमै उपचारको खोजी नगर्ने प्रवृतिले गर्दा कुनै समयमा यसको प्रकोप भयावह रुपमा देखिन सक्ने संभावना टरिसकेको छैन भन्दा अतिशयोक्ति नहोला।

अकोर्तर्फ निवारण घोषणा पछिको अवस्थामा विश्व स्वास्थ्य संगठन लगायत कतिपय दातृ संस्थाहरूले कुष्ठरोगको उपचार र पुनस्र्थापनाको लागि सहयोग गर्ने काम वा बन्द गरी सकेका छन ्। यस क्षेत्रमा तालीम प्राप्त जनशक्तिको अभाव खड्किइ सकेको छ। एकीकृत स्वास्थ्य सेवा प्रणालीद्वारा नेपाल सरकारका स्वास्थ्य संस्थाहरूाटै नियमित औषधि उपलव्ध गराउने व्यवस्था भएतापनि तालीम प्राप्त जनशक्तिको अभाव र समुदायमा जानकारी नभएका कारण सेवाको प्रभावकारितामा प्रश्न खडा भएको छ। त्यसैले कालान्तरमा यसको प्रत्यक्ष प्रभाव सेवाग्राहीहरूमा पर्ने प्रष्टै छ। तसर्थ कुष्ठरोगको रोकथाम, उपचार र व्यवस्थापनाका लागि प्रभावकारी उपायहरू अवलम्वन गर्न अत्यन्त आवश्यक भैसकेको छ।

कुष्ठरोग बारेमा जानिराख्नु पर्ने केही कुराहरू

  • घरमै बसी नियमित उपचार गरे निको हुन्छ,
  • स्वास्थ्य संस्थाहरूमा कुष्ठरोग सम्बन्धी निःशुल्क जाँच तथा उपचारको सेवा उपलब्ध छ।
  • कुष्ठ रोगको उपचार गरिरहँदा कुनै–कुनै बिरामीमा छालाको रंग कालो र पिसाब रातो हुन्छ। यो औषधिको सामान्य असर हो। औषधि पूरा गरेपछि यस्तो अवस्था बिस्तारै हराउँदै जान्छ। औषधि उपचार सेवन गरिरहँदा बिरामीको शरीरमा कुनै समस्या वा परिवर्तन देखा परेमा तुरुन्तै स्वास्थ्य संस्थामा जचाउन जानुपर्दछ।
  • यदि उपचार गरिरहेका बिरामीको हात, खुट्टा र आँखामा अचानक क्षति वा असमर्थता आएमा वा भएमा स्वास्थ्यकर्मीको सल्लाह अनुसार विशेष उपचार पनि गर्नुपर्ने हुन्छ।

अब के गर्ने ?

जनचेतना जगाउनेः कुष्ठरोगको वारेमा समाजमा अझै पनि अन्धविश्वास व्याप्त छ। मनिसहरू स्वास्थ्य संस्थाबाट औषधि उपचार खोज्ने भन्दा पनि धामीझंक्रीकहां धाउने गर्छन्। जस्ले गर्दा उपचार ढिलो हुन्छ। रोगको वारेमा सही जानकारी गराउने, रोग नलुकाउने र शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि सम्पर्क गर्ने र नियमित औषधि सेवन गर्ने बानीको विकास गर्नु आवश्यक छ। समुदायमा पनि व्यापक जनचेतना जगाई कुष्ठरोगीलाई सामान्य व्यक्ति सरह व्यवहार गर्ने, भेदभाव नगर्ने परिवारमा आवश्यक माया ममता र सहयोगको वातारणहुनु आवश्यक छ। समाजका सवै सरोकारवालाहरू, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, धामीझांक्री र परम्परागत उपचार मा संलग्न व्यक्तिहरू, सामुदायिक समूहहरू सवैमा कुष्ठरोगका बारेमा सत्य तथ्य जानकारी र सकारात्मक सोचको खांचो छ। यस्तो भएमा मात्र कुष्ठरोगको निदान र निवारणमा सहयोग पुग्छ।

समावेशीकरणः कुष्ठरोग लागी अपांगता भएका वा नभएका व्यक्तिहरूको समाजमा प्रभावकारी समावेशीकरणद्वारा उनीहरूलाई अघि बढ्ने मौका र प्रोत्साहनको खांचेा छ। धेरै कुष्ठ प्रभावित व्यक्तिहरू जो रोगबाट मुक्तभई सामान्य जीवन व्यतीत गरी रहेकाछन् उनीहरू अझै समाजमा हुने भेदभावका कारण खुल्न सकेको अवस्था छैन। त्यसैले नीतिगत र व्यावहारिक रुपमा कुष्ठ प्रभावित व्यक्तिहरू विरुद्धको विभेदअन्त्य गरी उनीहरूलाई प्रभावकारी रुपमा सामाजिक क्रियाकलापहरूमा समावेश गराएमा कुष्ठरोग प्रतिको नकारात्मक सोचमा परिवर्तन आई कुष्ठरोगको निदान, उपचार र निवारणमा सहयोग पुग्छ। नेपालको सन्दर्भमा कुष्ठरोग निवारण घोषणा भैसकेको, देशका १८ ओटा जिल्लामा अझै लक्ष्य प्राप्त नभएको र नयां विरामीहरूको संख्या बढ्दै गएकाले यसको उपचार नियमित स्वास्थ सेवा अन्तर्गत समावेश गरिनुको अलावा सवै सामाजिक स्वास्थ्य तथा विकासका क्रियाकलापहरूमा कुष्ठरोगको सवाललाई समावेश गरिनुका साथै उपयुक्त जनशक्तिको विकास र प्रभावकारी अनुगमनको खांचोछ।

निवारण पछिको अवस्थामा बढ्दै गएको विरामीको संख्या, औषधिउपचारद्वारा रोग मुक्तभएका तर रोग बल्झन सक्ने जोखिममा भएका व्यक्तिहरूको उपचार र अंगभंगभई पुनस्र्थापनाको आवश्यकतामा रहेका व्यक्तिहरू र अको तर्फ घट्दै गएको स्रोत र जनशक्ति आदिलाई विचार गर्दा स्वास्थ्य, विकास र पुनस्र्थापनाका सवै क्षेत्रमा कुष्ठरोग र प्रभावित व्यक्तिहरूको प्रभावकारी समावेशीकरणद्वारा मात्र समस्याको समाधान गर्न सकिन्छ। अन्यथा १२ ओटा १८ जिल्ला भएजस्तै राष्ट्रव्यापी रुपमा समस्या वृद्धि हुंदै जाने यथार्थलाई नकार्न सकिन्न।

लेखक, नेपाल कुष्ठरोग निवारण संघ पोखरा शाखाका सदस्य हुन्।सं.

चौतारी तथा पोखरी कानून उपर गर्व गर्छौ

कुलराज चालिसे
माघ २९, २०७५
समन्वयात्मक अध्यात्मको साझा विन्दु चौतारी तथा पोखरी सम्बद्ध नेपाली मौलिक संस्कृति जलवायु अनुकूलन तथा दिगो विकासको निमित्त पनि उपयोगी देखिएकोले ज्ञान र विज्ञानको पनि समन्वय विन्दु प्रमाणित गर्न सकिन्छ। त्यसैले आध्यात्मिक, सामाजिक, आर्थिक, न्यायिक तथा जलवायु अनुकूलन सबै दृष्टिले यिनको संरक्षण तथा सम्बर्धन गर्न वाञ्छनीय भएकोले गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पहलमा विधेयक तर्जुमा भई २०७५ माघ ८को प्रदेशसभा बैठकले पारित गरेको छ। अव प्रदेश प्रमुखले प्रमाणित गरेर राजपत्रमा प्रकाशन भएको मितिले यो विधेयकले प्रदेश कानूनको स्वरूप धारण गर्ने छ। यो यात्रामा नागरिक तहको अभियान देखि कानून बन्ने यात्रासम्म धेरै तप्काले भिन्न भिन्न अनुभूति संगालेका छन्। वन…

महिनावारी र सेनेटरी प्याडबारे राम्ररी बुझौं

ashwinkarki अश्विन कार्की
माघ २८, २०७५
महिनावारी र सेनेटरी प्याडबारे राम्ररी बुझौं
एकजना किशोर भएर एक किशोरी अथवा महिलाहरूमा परी आउने प्राकृतिक एवं नियमित समस्याको समाधानार्थ जनचेतना जगाउने कार्य अहिले पनि हाम्रो समाजमा भिन्नप्रकारले हेरिन्छ। नेपाली समाजले धेरै कुरामा फडको मारे पनि महिला, किशोरीका विषयमा खुलेर कुरा गर्ने समाज अझै निर्माण भइसकेको छैन। त्यसैले,जीवनमा केही नया कार्य गरे, जसले समाज परिवर्तनमा टेवा पुगोस भन्ने लाग्यो र यही समस्यालाई लिएर अगाडि बढ्ने निधो गरेँ। महिनावारी विषयमा अझै पनि खुलेर कुरा नगर्ने नेपाली समाजमा म बोल्न थाले। धेरै गाउँ पुगेर महिनावारीमा प्रयोग गर्ने प्याडबनाउने…