विचार / लेख »

प्रजातन्त्रको मूल्य र मान्यता

सन्दर्भ ६९ औं प्रजातन्त्र दिवस

shiva prasad gautam शिवप्रसाद गौतम
फागुन ७, २०७५
प्रजातन्त्रको मूल्य र मान्यता
राजनीतिका क्षेत्रमा प्रजातन्त्रको अर्थ कुनै शासन व्यवस्था वा पद्धति हो । जस्तै राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आदि । प्रजा वा जनताद्वारा निर्वाचित, जनप्रतिनिधिद्वारा चलाइने शासन व्यवस्था, जनप्रतिनिधिहरुका हातमा शासन सत्ता भएको राज्य व्यवस्था, जनताद्वारा जनताका लागि जनताकै राय सल्लाहाबाट चलाइने शासन प्रजातन्त्र हो । नेपालमा निरङ्कुश राणा शासनको अन्त्य भएर २००७ सालमा प्रजातन्त्र आएको उपलक्ष्यमा बर्सेनी फागुन ७ गते मनाइने राष्ट्रिय उत्सव राष्ट्रिय प्रजातन्त्र दिवस हो । आज हामी नेपालीले ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइरहेका छौँ । अर्थात् नेपालमा शासन व्यवस्थमा प्रजातान्त्रीकरण भएको ६८ वर्ष पूरा भएर ६९ औँ वर्ष प्रारम्भ भएको छ । यो अवधिमा मुलुकमा धेरै राजनीतिक उतारचढावहरु भए । देशमा राजा सहितको प्रजातन्त्र…

बहसमा संघीयता

इन्द्रमणि पाण्डे, विद्यार्थी पत्रकार
फागुन ७, २०७५
नेपालमा भने संघीय व्यवस्था बारेमा न त कुनै लामो आन्दोलन र संघर्षको इतिहास छ। न त नेपाली जनताको माग नै छ यो त खाली मधेश आन्दोलनको नाममा भारतले आफ्नो विस्तारवादी हैकम र प्रभुत्व जमाउनका लागि नेपालको अन्तरिम संविधान २०६३ मा चोर दुलोबाट छिराइएको हो। नेपालमा संघीयता राष्ट्रिय स्वाधीनता, आर्थिक, सामाजिक, भौगोलिक र साम्प्रदायिक हिसाबलेसमेत गलत छ। यसकारण यसलाई तत्काल खारेज गर्नुपर्छ। वर्तमान अस्थामा विश्वको २६ ओटा देशमा मात्र संघीय प्रणाली लागु गरिएको छ । हाम्रो छिमेकी मुलुक भारतमा संघीयता छ भने उत्तरी छिमेकी चीनमा संघीयता छैन वर्तमान समयमा चीन र भारत दुवै विश्वअर्थतन्त्रको प्रमुख हिस्सेदारको रूपमा उदाएका छन् । दुबै देशको शासकीय…

फेवातालको जग्गा अतिक्रमण – मुकदर्शक सरकार

bishnuprasadshrestha विष्णुप्रसाद श्रेष्ठ
फागुन ६, २०७५
फेवातालको जग्गा अतिक्रमण – मुकदर्शक सरकार
फेवाताल पोखराको मात्र नभएर नेपालकै पर्यटकीय क्षेत्र हो।  पोखराको सौन्दर्यमा फेवाताल र माछापुच्छ्रे«  हिमालको ठूलो महत्व छ।  नेपालमा आउने विदेशी पर्यटकहरु प्राय पोखरा आउन मन पराउँछन् र पोखरा आएपछि प्रायजसोको पहिलो गन्तव्य फेवाताल हुने गरेको छ।  विदेशी मात्र नभएर आन्तरिक पर्यटकहरुको गन्तव्य स्थल पनि पोखरा घुम्न पुगेको छ।  फेवातालको अवलोकन गर्न जाँदा ज्ञात हुन्छ कि त्यहाँ आन्तरिक वाह्य पर्यटकको चाप कति छ भनेर। फेवातालले प्राकृतिक सौन्दर्य  मात्र बढाएको छैन अपितु रोजगारी बढाएको छ।  लेक साइडमा हाल सानातिना देखि तारे होटलहरु पनि खुलेकाछन्।  यसरी खुलेका होटल तथा रेष्टुरेण्टहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रशस्त व्यक्तिहरुलाई रोजगारी प्रदान गरेको छ।  यतिमात्र नभई लेकसाइडमा…

वीरहरूको सौर्य भूमि नेपाल

क्या. रुद्र गौतम
फागुन ६, २०७५
वीरहरूको सौर्य भूमि नेपाल
चाहे झुकोस् निलो आकाश, यो नेपाली झुक्दैन चाहे रुकोस् चिसो बतास, यो नेपाली रुक्दैन। । भन्ने उक्ति हाम्रो इतिहासमा ती वीर पुर्खाहरुले आफ्नो रगत, पसिना र आफ्नो ज्यानको समेत बलिदान गरेको नतिजा नै हो।  नेपाल एकीकरणको सिलसिलामा होस् या प्रथम विश्वयुद्धबाट आजसम्म विश्वका कुना कुनामा पुगेर रगत र पसिना बगाई लडेर देखाएको अदम्य साहसको कारण गोर्खाली संसार कै उच्च पंक्तिमा “बहादुर” शब्दले परिभाषित छन्।  त्यो स्तरमा नेपालीको नाम उकास्ने श्रेय तिनै पूर्वज आफ्नो देह बलिदान गर्ने वीर शहीदहरु या लडाईमा अंगभंग भएका लडाकु अनि बृद्ध भू.पू. सैनिक र जस जसले लडाईमा मद्दत पुर्याएका थिए तिनै वीर योद्धालाई नै मिल्न जान्छ।…

गाईको सेवाले ब्रह्मज्ञान

रुकुलप्रसाद भण्डारी
फागुन ६, २०७५
गाईको सेवाले ब्रह्मज्ञान
धैरै पहिले उपनिषदकालको कुरो हो यसै जम्बुद्वीप भरतखण्डमा एक बहुतै बद्विमान बालक थिए जसको नाम थियो–सत्यकाम।  जब यी बालक विद्याध्ययन गर्न योग्य उमेरका भए तब एक दिन उनले अफ्नी आमासित सोधे–हे पूज्या ! म गुरुकुलमा ब्रह्मचर्यवास एवं विद्याध्ययन गर्न चाहन्छु।  त्यहाँ गएपछि गुरुकुलका कुलपति आचार्यले मेरो गोत्र सोध्ने छन्, मैले बताउनु पर्ने छ।  अतःमाता, मेरो गोात्र के होला बताइदिनुहोस् ? पुत्रको प्रश्नमाथि ध्यानदिँदै आमाले भनिन्–बाबु मलाई तिम्रो पिताजी संग गोत्र सोध्ने अवसर पनि मिलेन, किनकि ती दिनहरुमा म सधँैजसो आफ्ना अतिथिहरुकै सेवामा खटिरहेकी हुन्थँ, यसैले तिम्रो गोत्र  यही नै हो भन्न सक्ने स्थिति भएन।  बरु मेरो नाम ‘जाबाला’हो तिम्रो नाम…

राजधानी पोखरा यस्तै रहने ?

आनन्दराज मुल्मी
फागुन ५, २०७५
गण्डकी प्रदेशसभाको वर्षदिन
गण्डकी प्रदेश सरकार गठन भएको १ वर्ष पूरा भएको छ । प्रदेशसभा गठन भएको १३ महिना भयो, महानगरपालिकाले काम थालेको २० महिना भईसकेको छ । संघीय सरकारले पनि १ वर्ष व्यतीत गरिसकेको छ । यी अवधिभर सरकारहरुले कति काम गर्न सके जनताले अपेक्षा अनुसार गर्न सके कि सकेनन् ? मुलुक प्रदेश र स्थानीय तहले एउटा दिशा निर्दिष्ट गर्न सके कि सकेनन् यस्ता कुराहरुमा छलफल हुँदै गर्छन, बहस भैरहन्छन् । तर ३ ओटा महत्वपूर्ण निकाय कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको भूमिका महत्वपूर्ण हुन सक्यो कि सकेन, संघीयताको मर्म र व्यवहार लागू हुन सक्यो कि सकेन, एकात्मक केन्द्रीकृत शासनप्रणाली अन्त भई सवै तहको प्रणालीहरुको भूमिका प्रभावकारी हुन…

भोजन : शाकाहारी कि मांसाहारी ?

आशिष थापा
फागुन ५, २०७५
भोजन : शाकाहारी कि मांसाहारी ?
सामान्यतया, शरीरमा छिटो र छोटो समयमा पच्ने तथा  भोजन पच्नको लागि शरीरले ज्यादा ऊर्जा खपत गर्नु नपर्ने भोजन शाकाहारी भोजनको दायरामा पर्छ । एक हिसाबले छोटो समयमा पच्ने भोजनले शरीरमा ऊर्जा संचालन र रक्त संचारलाई  सन्तुलित अवस्थामा राखेको हुन्छ। जब यो रक्त र ऊर्जा संचालनमा समस्या आउछ तब रोगको उत्पति हुन थाल्छ। वास्तवमा संसारमा ८० प्रतिशत रोग पेटको समस्याबाट सुरु हुन्छ, जुनको प्रमुख कारण व्यक्तिको खानपान तथा जीवनशैलीसंग जोडिएको हुन्छ। आजभोलिका मानिसहरु स्वादको पछाडि लागेर, आफुले खाने र नखाने कुराहरु छुट्याउन नसक्ने अवस्थामा पुगेका छन्। मानिस स्वभावतः शाकाहारी प्राणी हो। मांसाहारी प्राणीमा हुने क्षमता जस्तै रातिमा देख्न सक्ने,   मांसाहार सेवन गर्न…

सरकार र प्रतिपक्ष : निराशाका एक वर्ष

तिलक पराजुली तिलक पराजुली
फागुन ३, २०७५
प्रधानमनत्रीले आज देशवासीको नाउमा सम्वोधन गर्ने
३ फागुन, २०७४ मा वर्तमान सरकार गठनभएको हो। नियमित स्तम्भमा छापिने यो लेखमा ओली सरकारको एक वर्षीय चर्चा छुटाउन भएन। तर ओली सरकारको कुरा मात्र होइन, देउवाको प्रतिपक्षले के गर्यो ? त्यो पनि चर्चामा आएन भने कुरा अधुरो हुनेछ। किनभने, संसदीय व्यवस्थामा सरकार र प्रतिपक्षको उत्तिकै क्रियाशीलता अपेक्षागरिएको हुन्छ–जनता र राष्ट्रको हितप्रवद्र्धनको लागि। सरकार चुकेको मुख्यविषय : भव्य एवं शानदार आमनिर्वाचनबाट जनादेश प्राप्त गरेको सरकार हो, यो। निर्वाचनको निष्पक्षताउपर स्वदेश र विदेश कहीँ कतैबाट प्रश्न नउठ्नु, बरु प्रशंसा पाउनु तथा हारेकोले परिणामलाई सहज रूपमा स्वीकार गर्नुले गत निर्वाचनलाई शानदार र भव्य भनिएको हो। २०१५ सालमा पनि संसदीय निर्वाचन भएको थियो।…

नेपालको पर्यटन : समृद्धिको आधार

harisharma हरि शर्मा
फागुन ३, २०७५
नेपालको पर्यटन : समृद्धिको आधार
नेपाल विश्वमा रहेका कुनै पनि देशहरूसँग तुलना गर्न नमिल्ने अतुलनीय भूपरिवेष्ठित मुलुक हो। अझ भनौँ प्रकृतिको उपहारको रूपमा सृजित स्वर्गको एक टुक्रा हो। यहाँको जैविक विविधता, प्राकृतिक सौन्दर्य, भाषिक सांस्कृतिक एकता, तराई, पहाड र हिमालको छुट्टाछुट्टै वातावरणीय विविधता, अतिथि देवो भवः भन्ने यहाँका मानिसहरूको संस्कार, परिवेश अनुपम रहेकाले बाहिरी मुलुकबाट आउने जो सुकैको पनि मन लोभ्याउने वातावरण भएको देश हो। सांस्कृतिक, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको तथ्याङ्कको आधारमा सन् २०१६ मा ५ लाख १४ हजार ३७५, सन् २०१७ मा ६ लाख ४४ हजार ९५७ र सन् २०१८ मा ७ लाख ७२ हजार ४६० बाह्य पर्यटकहरूले नेपालको भ्रमण गरेको देखिन्छ। नेपाल…

बोक्सी कुप्रथा अन्त्यमा हाम्रो प्रयास

bhuwaneshwarsharmapoudel भुवनेश्वर शर्मा पौडेल
फागुन ३, २०७५
बोक्सी कुप्रथा अन्त्यमा हाम्रो प्रयास
आदर्श समाज राष्ट्रिय दैनिकमा यही २०७५ पौष १६ गते सोमवारको अंकमा सुरेन्द्र थापा मगरको “बोक्सी कथा र कानून” भन्ने लेख पढदा साह्रै खुशी लाग्यो। नेपालमा पुस्तौदेखि हालसम्म बोक्सी हुन्छ भन्ने अन्ध विश्वास रही रहेको र अझै पनि बोक्सीको आरोपमा निर्दोष व्यक्तिहरूलाई विभिन्न यातना दिँदै गरिएको र आफूले पनि बाल्यकालदेखि यस्ता कुरा सुन्दै आए पनि विश्वास नगरेको कथामा उल्लेख छ। वास्तवमा बोक्सी हुँदै हुन्न र यो केवल माता, धामी, झाँक्री तथा अल्पज्ञानी ज्योतीषीहरूले विरामीहरूको दिमागमा भ्रम सिर्जना गर्ने गरिएको र त्यसैमा विश्वास गनेर्हरूको शंकामात्र हो भन्नुको साथै नेपाल सरकारले बोक्सी आरोप सम्बन्धी कसुर तथा सजायका सम्बन्धमा बनेको ऐन २०७२ बारे पनि…