९२ वर्षका प्रधानमन्त्री

१. मित्रराष्ट्र मलेसियाका पूर्व प्रधानमन्त्री ९२ वर्षीय महाथिर विन मोहम्मदले चुनाव जितेर फेरि प्रधानमन्त्री भएको समाचार नेपालीबीच पनि चर्चाको विषय भएको छ। उनी सन् १९८१ देखि २००३ सम्म २२ वर्ष लगातार प्रधानमन्त्री भएका थिए भने १५ वर्षको अन्तराल पछि फेरि उनी त्यही पदमा आसीन भएका छन्।

२. ९२ वर्षको उमेरमा प्रधानमन्त्री हुनु आफैमा चर्चाको विषय हो । युवालाई नेतृत्व सुम्पनु पर्दछ भनी विश्वव्यापी रुपमा आवाज घन्केको बेला अमेरिकामा बूढा ट्रम्प राष्ट्रपति हुनु र अहिले झन् उनीभन्दा वृद्ध ९२ वर्षीय महाथिर प्रधानमन्त्री भएका छन्। युवाहरुका लागि यो चुनौतीको विषय हो।

३. महाथिरको चर्चा उनको उमेरले मात्र गरेको होइन, उनी आधुनिक मलेसियाका निर्माता पनि हुन्। उनले सत्ता सम्हाले पछि मलेसियामा यत्ति द्रूत गतिले विकास र निर्माणका काम गरे कि सानो मलेसिया छिट्टै समृद्धिको शिखरमा पुग्यो। मलेसियाको आर्थिक विकास समृद्ध देशहरुका लागि पनि लोभलाग्दो विषय बन्यो।

४. पार्टीा उनका साथीहरुले उनलाई असहयोग गर्न राजीनामा पनि गरे। तर ती केहीलाई पनि उनले वास्ता गरेनन्। उनी एक सुरले देश विकासको काममा निःस्वार्थ भावनाले लागिरहे। उनले जब अन्तर्राष्ट्रिय स्तरको क्वालालम्पुर विमान स्थल, ठूलो “टु हन टावर अफ द वर्ल्ड” जस्ता अन्तर्राष्ट्रिय महत्वका योजनाहरु समयमै निर्माण गरे, तब उनको ख्याति फैलिएको हो।

५. मलेसियासँग नेपालीहरुको सय वर्ष भन्दा पुरानो नाता छ। त्यस बेलाका गोर्खालीहरु आसाम, बर्मा र थाइलैण्डको बाटो भएर रबर बगानमा काम गर्न मलाया पुगेका थिए। सन् १९६० मा वी.पी. कोइरालको नेतृत्वको सरकारले मलेसियासँग दौत्य सम्बन्ध स्थापना गरेको थियो। इण्डोनेशियासँग त्यसको युद्ध हुँदा त्यसको सहायताका लागि गोर्खा पल्टन पुगेको थियो। त्यही युद्धमा असाधारण पराक्रम देखाएकाले गोर्खा पल्टनका रामबहादुर लिम्बुले भी.सी. तक्मा पाएका थिए।

६. मलेसिया नेपालीहरुको रोजगारीको गन्तव्य स्थल भएको छ। रोजगारीका लागि त्यहाँ जाने नेपालीहरुको संख्या बढ्दो छ। पर्यटनको दृष्टिले त्यहाँ जाने र त्यहाँबाट नेपाल घुम्न आउनेहरुको संख्या पनि बढ्दो छ। यो आदान-प्रदानले नेपालीहरुले मलेसियालाई नजिकको मित्र राष्ट्र सम्झन्छन्। यी दुर्इ देश नजिकको भएर पनि व्यापार र सहयोगको क्षेत्र उल्लेखनीय छैन।

७. नजिकको देश भएर महाथिरको यो सत्ता वापसी नेपालमा चर्चाको विषय भएको छ। नेपालमा विकास नभएर हैरान भएको बेला महाथिरजस्ता नेता चाहिन्छ भनी यहाँ उनलाई उदाहरणीय नेताको रुपमा हेर्ने गरिएको छ। उनले ९२ वर्षको उमेरमा के कस्ता कार्य गर्लान् त्यो भने हेनै पर्ने भएको छ।

अन्य समाचार

तालको घोषणा-पत्र

१. पोर्चेरामा फेवातालको मापदण्ड, त्यसको वातावरण र पर्यावरणका सम्बन्धमा धेरै चासो र चिन्ता व्यक्त भइरहेको बेला यहाँ अन्तर्राष्ट्रिय ताल सम्मेलन भएको छ। राष्ट्रिय ताल संरक्षण समितिले आयोजना गरेको सम्मेलनमा नेपाल, भारत, जापान, श्रीलंका, चीन, बंगलादेश, म्यानमार लगायतका दुर्इ सय पचास जनाले सहभागिता जनाएका थिए। २. अन्तर्राष्ट्रिय सम्मेलनमा ख्यात्रि्राप्त ताल विज्ञहरुले सहभागिता जनाएको हुनाले पनि यो सम्मेलनको ठूलो महत्व बढेको अनुभूत गरिएको छ । सम्मेलनले पाँच बुँदे पोर्चेरा घोषणापत्र सार्वजनिक गरेको छ। जसमा ताल विकास, त्यसको संरक्षण सर्म्बर्द्धनका लागि जोड दिइएको छ। ३. पोर्चेरा घोषणापत्रमा तालको विकास, विस्तार, संरक्षण र सर्म्बर्द्धनका लागि गठित राष्ट्रिय र अन्तर्राष्ट्रिय समितिहरुले तालको दिगो विकास र समृद्धिका…

धर्मगुरु पक्राऊ

१. गोली लागेर घाइते भएका धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले पक्रेर सार्वजनिक गरेको घटनाबाट यहाँ सबै स्तब्ध भएका छन्। चैत्र २५ गते राति धर्मगुरुमाथि गोली प्रहार भएको थियो। धर्मगुरुमाथि गोली प्रहार भएकोमा देशभरी त्यसको निन्दा गरिएको थियो र अपराधी पत्ता लगाई कडाभन्दा कडा कार्वाही गर्न माग गरिएको थियो। त्यो मागमा हामीले पनि समर्थन जनाएका थियौं। २. प्रहरीले केही दिनको अध्ययन पछि त्यस घटनामा धर्मगुरु आचार्यका अंगरक्षक माधव चौधरी तथा गोली र पेस्तोलको व्यवस्था गर्ने लक्ष्मीराज अधिकारीलाई पक्रेको थियो। पक्राउ परेको उनीहरुको…