सिण्डीकेट प्रथाको अन्त्य

१. सिण्डीकेट प्रथा धेरै क्षेत्रमा छ। तीमध्ये यातायात क्षेत्रको सिण्डीकेट देशव्यापी फैलिएको र धेरै सशक्त भएको सर्वविदितै छ। कतै नयाँ बाटो खोलियो भने र त्यहाँ नयाँ गाडी गुडाउन खोजियो भने पुरानो व्यवसायी संस्थाले त्यसमा अनेक विरोध गरी नयाँ यातायात व्यवसायीलाई हतोत्साहित गर्ने गरिएको सबैले देखेको भोगेको कुरा हो।

२. यातायात व्यवसायी संस्थाहरुको त्यस्तो प्रवृत्तिले जतासुकै नयाँ र पुराना व्यवसायीको विवाद हुने गरेको र सरकारले अनावश्यक टाउको दुखाउनु परेको जुन थियो, अब त्यसमा रोक लागेको छ। शुरुमा सरकारले रोक लगाएको थियो। त्यसको विरोधमा देशभरिका यातायात व्यवसायीहरुले आन्दोलन गरे। तर सकेनन्।

३. सरकारले यातायात सिण्डीकेटको विरोधमा कडा कदम चाले पछि सरकार र यातायात व्यवसायीहरुका बीच कडा संर्घष्ा भयो। सरकारले यातायात व्यवसायी संस्थाका पदाधिकारीलाई पक्राउ पनि गर्‍यो। तिनीहरुको संस्थाको दर्ता खारेज गर्ने सम्मको कदम चाल्यो। ती संस्थाको बैङ्क खाता रोक्का गर्‍यो।

४. यातायात व्यवसायीहरुले विगतमा जथाभावी भाडा वृद्धि गर्ने गरेको, नयाँ र स्तरीय गाडी ल्याउनेलाई अवरोध गरेको र तिनीहरुको त्यस्तो एकाधिकार प्रवृत्तिबाट सर्वसाधारण यात्रीहरु क्रुद्ध भएको हुँदा यस पटकको आन्दोलनमा तिनीहरुले कहिँकतैबाट पनि साथ र सहयोग नपाएको मात्र होइन कि सहानुभूतिसम्म पाएनन्।

५. सरकारले सिण्डीकेट प्रथा खारेज गर्ने घोषणा गर्‍यो भने अहिले आएर यातायात व्यवसायीहरुले आफ्नो आन्दोलन फिर्ता गरेर सिण्डीकेट नगर्ने प्रतिबद्धता पनि जनाए। सरकारको घोषणा र यातायात व्यवसायीहरुको प्रतिबद्धताले गर्दा यातायात क्षेत्रमा सिण्डीकेट प्रथाको अन्त भएको प्रष्ट भएको छ।

६. तर देशमा यातायातको क्षेत्रमा मात्र सिण्डीकेट प्रथा भएको होइन, हरेक क्षेत्रमा छ। सिण्डीकेटले गर्दा तिनीहरुले अनुचित नाफा लिने गरेको र उपभोक्ताहरु ठगिने गरिएको सर्वविदितै छ। तैपनि त्यसको सुनुवाई कहिँ हुँदैन। उपभोक्ता समितिहरु पनि उपभोक्ताहरु ठगिएको टुलुटुलु हेरेर बसिरहन्छन्।

७. उपभोक्ता समितिमा समितिका पदाधिकारीहरु पनि सधैं उही अनुहार मात्र रहने भएकाले समितिको कामकुरामा गति नआएको अनुभव गरिएको छ। कतै त्यसमा पनि सिण्डीकेट छ कि भनी अनुमान पनि गरिएको छ। सिण्डिकेट अधिकांश क्षेत्रमा छ। सरकारले अब अरु क्षेत्रको सिण्डिकेट प्रथाको अन्त गर्न पनि कदम चाल्नु पर्दछ र जनचासोलाई सम्बोधन गर्नुपर्दछ ।

अन्य समाचार

धर्मगुरु पक्राऊ

१. गोली लागेर घाइते भएका धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले पक्रेर सार्वजनिक गरेको घटनाबाट यहाँ सबै स्तब्ध भएका छन्। चैत्र २५ गते राति धर्मगुरुमाथि गोली प्रहार भएको थियो। धर्मगुरुमाथि गोली प्रहार भएकोमा देशभरी त्यसको निन्दा गरिएको थियो र अपराधी पत्ता लगाई कडाभन्दा कडा कार्वाही गर्न माग गरिएको थियो। त्यो मागमा हामीले पनि समर्थन जनाएका थियौं। २. प्रहरीले केही दिनको अध्ययन पछि त्यस घटनामा धर्मगुरु आचार्यका अंगरक्षक माधव चौधरी तथा गोली र पेस्तोलको व्यवस्था गर्ने लक्ष्मीराज अधिकारीलाई पक्रेको थियो। पक्राउ परेको उनीहरुको बयानले कसैले कल्पना नै नगरेको रहस्यको उद्घाटन भयो। जसको परिणाम प्रहरीले स्वयं धर्मगुरुलाई पक्रन बाध्य हुनुपर्‍यो। ३. धर्मगुरु आचार्य श्रीनिवास…

राजनीतिको घुम्ती

१. नेपालको राजनीतिमा दुर्इटा महत्वपूर्ण राजनीतिक सिद्धान्त बोकेका पार्टीहरू छन्। तीमध्ये एक नेपाली काङ्ग्रेस हो भने अर्को कम्युनिष्ट पार्टी पहिले यी दुर्इ पार्टीको फासला चर्को थियो। अर्को शब्दमा यी दुर्इ सिद्धान्तका पार्टीकहिले मिल्न नसक्ने पार्टीभन्ने गरिन्थ्यो। २. समयले कोल्टे फेरे अनुसार देशको राजनीतिले धेरै घुम्तीहरु पार गर्दै कहिले यता कहिले उताको परिवर्तनमा पुग्यो। गणेशमान सिंहको नेतृत्वमा भएको २०४१/४२ को सत्याग्रहले काँग्रेस र कम्युनिष्ट पार्टीहरूलाई नजिक्यायो। २०४६ को ऐतिहासिक जनआन्दोलनले तिनीहरुलाई सहकार्य गरी अघि बढ्न सकिन्छ भन्ने पार्‍यो। ३. पञ्चायतको अन्तपछि…