धर्मगुरु पक्राऊ

१. गोली लागेर घाइते भएका धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले पक्रेर सार्वजनिक गरेको घटनाबाट यहाँ सबै स्तब्ध भएका छन्। चैत्र २५ गते राति धर्मगुरुमाथि गोली प्रहार भएको थियो। धर्मगुरुमाथि गोली प्रहार भएकोमा देशभरी त्यसको निन्दा गरिएको थियो र अपराधी पत्ता लगाई कडाभन्दा कडा कार्वाही गर्न माग गरिएको थियो। त्यो मागमा हामीले पनि समर्थन जनाएका थियौं।

२. प्रहरीले केही दिनको अध्ययन पछि त्यस घटनामा धर्मगुरु आचार्यका अंगरक्षक माधव चौधरी तथा गोली र पेस्तोलको व्यवस्था गर्ने लक्ष्मीराज अधिकारीलाई पक्रेको थियो। पक्राउ परेको उनीहरुको बयानले कसैले कल्पना नै नगरेको रहस्यको उद्घाटन भयो। जसको परिणाम प्रहरीले स्वयं धर्मगुरुलाई पक्रन बाध्य हुनुपर्‍यो।

३. धर्मगुरु आचार्य श्रीनिवास हिन्दूराज्य कायम गर्ने अभियानमा अथक परिश्रमका साथ लागिपरेका मध्ये एक हुन्। तर हिन्दूराज्य कायम गर्ने आन्दोलन सार्थक नभए पनि हिन्दू धर्मावलम्बी र धर्मगुरुहरुलाई निर्ण्ाायक आन्दोलनका लागि उक्साउन उनले त्यो काण्ड गर्न लगाएको प्रहरीले बताएको छ।

४. प्रहरीले सार्वजनिक गरेको तथ्य अनुसार धर्मगुरुले आन्दोलनका लागि उक्साउन आफ्नो हातमा गोली हान्न आफ्ना अंगरक्षकलाई निदेशन दिएको, पेस्तोल आफैले खोजेको र ७/८ दिनसम्म अंगरक्षकलाई तालिम समेत दिएका थिए। तर गोली हातमा नलागी छातीमा लागेको बताइएको छ। गोली लागेका उनी २१ दिनको उपचार पछि अस्पतालबाट निस्केका थिए।

५. सधैँ सत्यको लाइनमा लाग्नुपर्ने धार्मिक व्यक्तिले त्यस्तो जालझेलको प्रपञ्च रचेकामा धेरैले राम्रो मानेका छैनन्। धार्मिक व्यक्तिले नै झूठको खेती गर्दछन् र धर्ममा पनि सत्य नपाइने भएपछि सत्य खोजन कहाँ जाने भन्ने प्रश्न पनि तेस्र्याउने गरिएको छ। त्यसरी प्रश्न गर्नेहरुले आचार्यको त्यो हरकतलाई निन्दा गरेका छन्। यो घटनाले हिन्दू धर्मलाई नोक्सान पुर्‍याउने अनुमान गरिएको छ।

६. हिन्दू राष्ट्रका कट्टर हिमायतीहरु केहीले भने धर्मगुरु श्रीनिवासले हिन्दू राष्ट्र कायम गराउन आफ्नो ज्यानलाई हत्केलामा राखेर जुन खतरनाक काम गरे, त्यो अद्वितीय रहेको बताउन थालेका छन्। यस्तो घटना अन्यत्र पाउनु दुर्लभ छ । यस सम्बन्धमा थरीथरीका विचार आउन थालेका छन्।

७. उनले त्यो कार्य आफैले खतरा मोलेर गरेका भएतापनि त्यो राम्रो होइन। राम्रो लक्ष्य प्राप्तिका लागि राम्रै माध्यम अपनाउनु पर्दछ। त्यसमा पनि हिन्दू राष्ट्र अहिले विगत भइसक्यो। त्यसको लागि आन्दोलन गर्नु समसामयिक पनि हुँदैन। छलकपट र जालझेलबाट ल्याएको टिक्न पनि सक्दैन। पञ्चायतीकालको कालरात्रिमा त्यसैगरी संविधानमा हिन्दू राष्ट्र राखिएकोले त्यो नटिकेको हो। धार्मिक व्यक्तिहरुले यस्ता कुरा मनन गर्न सक्नु पर्दछ।

अन्य समाचार

९२ वर्षका प्रधानमन्त्री

१. मित्रराष्ट्र मलेसियाका पूर्व प्रधानमन्त्री ९२ वर्षीय महाथिर विन मोहम्मदले चुनाव जितेर फेरि प्रधानमन्त्री भएको समाचार नेपालीबीच पनि चर्चाको विषय भएको छ। उनी सन् १९८१ देखि २००३ सम्म २२ वर्ष लगातार प्रधानमन्त्री भएका थिए भने १५ वर्षको अन्तराल पछि फेरि उनी त्यही पदमा आसीन भएका छन्। २. ९२ वर्षको उमेरमा प्रधानमन्त्री हुनु आफैमा चर्चाको विषय हो । युवालाई नेतृत्व सुम्पनु पर्दछ भनी विश्वव्यापी रुपमा आवाज घन्केको बेला अमेरिकामा बूढा ट्रम्प राष्ट्रपति हुनु र अहिले झन् उनीभन्दा वृद्ध ९२ वर्षीय महाथिर प्रधानमन्त्री भएका छन्। युवाहरुका लागि यो चुनौतीको विषय हो। ३. महाथिरको चर्चा उनको उमेरले मात्र गरेको होइन, उनी आधुनिक मलेसियाका निर्माता…

सिण्डीकेट प्रथाको अन्त्य

१. सिण्डीकेट प्रथा धेरै क्षेत्रमा छ। तीमध्ये यातायात क्षेत्रको सिण्डीकेट देशव्यापी फैलिएको र धेरै सशक्त भएको सर्वविदितै छ। कतै नयाँ बाटो खोलियो भने र त्यहाँ नयाँ गाडी गुडाउन खोजियो भने पुरानो व्यवसायी संस्थाले त्यसमा अनेक विरोध गरी नयाँ यातायात व्यवसायीलाई हतोत्साहित गर्ने गरिएको सबैले देखेको भोगेको कुरा हो। २. यातायात व्यवसायी संस्थाहरुको त्यस्तो प्रवृत्तिले जतासुकै नयाँ र पुराना व्यवसायीको विवाद हुने गरेको र सरकारले अनावश्यक टाउको दुखाउनु परेको जुन थियो, अब त्यसमा रोक लागेको छ। शुरुमा सरकारले रोक लगाएको थियो।…