१. आज अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प र उत्तर कोरियाली सवोर्च्च नेता किम जोङ-उनबीच सिंगापुरमा शिखर वार्ता हुन गइरहेको छ। यो शिखर वार्तामा कोरियाली प्रायःदीपको शान्ति स्थापनाका बारेमा महत्वपूर्ण वार्ता हुनेछ। यो वार्ता यत्ति महत्वपूर्ण भएको छ कि विश्वका मानिसहरुको ध्यान सिंगापुरतिर गएको छ।
२. उत्तर कोरिया र दक्षिण कोरियाबीच सन् १९५० देखि १९५३ सम्म युद्ध भएको थियो। उत्तर कोरियामा कम्युनिष्ट शासन छ भने दक्षिण कोरियामा लोकतन्त्र छ। तिनीहरुका बीच लामो समयदेखि युद्धविराम लागू भएको छ। युद्ध विरामको बेला तिनीहरुले कहिलेकाहीँ एक देशका नातेदारहरुलाई अर्को देशका नातेदारहरुसंग भेट्न दिने गरेका छन्।
३. उत्तर कोरियाले धमाधम आणविक हतियार परीक्षण गर्ने र उता दक्षिण-कोरिया र अमेरिकाले कहिलेकाहीँ संयुक्त सैनिक अभ्यास गर्ने गर्दछन्। तिनीहरुको त्यस कार्यले एक अर्काप्रति आशंका र शत्रु भावना बढाउने गरेका छन्। केही समयदेखि तिनीहरुका बीच तिक्तता अरु बढ्दै गएको थियो।
४. दक्षिण कोरियाले हिड्डे ओलम्पिकको आयोजना गर्दा त्यस बेला दक्षिण कोरिया र उत्तर कोरियाले संयुक्त मार्च पास गरे। कोरियाली झण्डामुनि रहेर तिनीहरुले खेलेको खेलले तिनीहरुको सरकारलाई नजिक ल्याउन सघाउ पुर्यायो। दुवै देशको सवोर्च्च नेताहरुबीच भेटघाट भयो। त्यो भेटघाटले शान्तिको लागि एउटा आशा जगायो।
५. त्यसैको परिणाम आज अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सवोर्च्च नेता किम जोङको शिखर वार्ता सम्भव भएको हो। यो वार्ताको मुख्य उद्देश्य लामो समयदेखि भइरहेको यद्धविरामलाई शान्ति प्रक्रियामा परिणत गर्नु हो। त्यो वार्तालाई मानिसहरुले आशा, भरोसा, शंका उपशंका हरेक दृष्टिले हेरिरहेका छन्।
६. अमेरिकी राष्ट्रपति ट्रम्प यस्तो नेताको रुपमा विश्वरंगमञ्चमा आएका छन् कि उनले कुन बेला के भन्छन् र के गर्छन्, त्यो धेरैले अनुमान नै गर्न सक्दैनन्। त्यस्तै उत्तर कोरियाली नेता जोङ पनि अधिकांश समय आफ्नै देशमा रहने गरेका र संयुक्त राष्ट्रसंघको आग्रहलाई समेत वास्ता नगरी धमाधम आणविक हतियार परीक्षण गर्ने गरेकाले उनको विषयमा पनि कसैले केही अनुमान गर्न सक्दैनन्।
७. ज्यादै संवेदनशील अवस्थामा शिखर वार्ता हुन गइरहेको छ। यो वार्ता सम्पन्न हुनुपर्दछ भनेर दक्षिण कोरियाली राष्ट्रपति, सिंगापुरका प्रधानमन्त्री लगायतका नेताहरु लागिपरेका छन्। यसमा चीनको पनि शुभेच्छा छ। वातावरण सौहार्दपूर्ण छ। यो वार्तालाई सफल पारेर ऐतिहासिक बनाउनु पर्दछ। ताकि केरियाली प्रायद्वीपमा भय र त्रासको वातावरण हटोस् र शान्ति तथा समृद्धिको अवसर आओस्, यही सबैको शुभकामना छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१