कोरोना [कोभिड-१९] ताजा अपडेट
यहाँ क्लिक गर्नुहोस्

संघीय नेपालका सात प्रदेश : एक चर्चा

Avatar आदर्श समाज सम्वाददाता
पौष १, २०७२

नेपालको संविधान २०७२ असोज ३ गतेदेखि देश विधिवत रुपमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्रमा रुपान्तरीत भएको छ। विगत ६५ वर्षदेखिको नेपाली जनताको आफ्नो संविधान आफै लेख्ने आकाङ्क्षा यस बेला आएर साकार भएको छ। पहिलो पटक जनताका प्रतिनिधिले देशको संविधान आफै लेखिएको मात्र छैन। मुलुकको राजकीय शक्तिको समेत पुनसंरचना गरिएको छ। नेपालमा ७ वटा राज्य -प्रदेश) बनाइएको छ। आधुनिक नेपालको निर्माण संगै एकात्मक राज्य प्रणालीमा रहेको नेपाल अव संघिय संरचनामा गएको छ। राजकीय शक्तिको बाँडफाँड भएको छ।

लामो समयको वहसपछि अन्ततः नेपाल संघिय राज्य शासन प्रणालीमा जाने भएको छ। वि.सं. १८२५ अगाडि आधुनिक नेपालको निर्माण हुनु अगाडि छरिएर रहेका बाइसे, चौबिसे राज्यहरुको एकीकरण पछि नेपालमा एकात्मक शासन प्रणाली अपनाइदै आएको थियो। वि.सं. १८२५ मा तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नु अगाडि यस भू-भागमा विभिन्न राजा रजौटाहरुले स-साना भू-भागमा शासन गर्दै आएका थिए। अंग्रेज साम्राज्यवादको विस्तार दक्षिण एशियामा बढ्दै गए पछि वि.सं. १८२५ मा छरिएर रहेका विभिन्न राज्यहरुलाई एकीकरण गरी बलियो राष्ट्रको रुपमा निर्माण गरिएको हो। त्यति बेलानै छरिएर रहेका राज्यहरुलाई मिलाई आधुनिक नेपालको निर्माण गरी भारत सम्म आईपुगेको अंग्रेज साम्राज्यवादलाई नेपाल छिर्नबाट रोक्ने काम समेत भएको थियो। यसै सर्न्दर्भमा एकीकृत र आधुनिक नेपालले कयौं पटक अंग्रेज साम्राज्यवाद संग ठूला-ठूला युद्ध गरेर आफ्नो अस्ितत्व जोगाएको थियो। नेपाल कुनै पनि साम्राज्यवादी शक्तिले शासन गर्न नसकेको स्थापनाको समयदेखिनै एउटा स्वतन्त्र राष्ट्र हो। अहिले नेपाललाई संघात्मक राज्यमा लैजाने भनि सात प्रदेश संघात्मक राष्ट्र बनाउने निर्णय भएको छ। सोही अनुसार नेपालको संविधान समेत जारी भै सकेको छ। निकै लामो समयदेखि भएको वहस पश्चात अहिले नेपाल एकात्मक शासन प्रणालीबाट संघात्मक शासन प्रणालीमा प्रवेश गरेको छ।

 

संघीय प्रदेश नं १ :

यस प्रदेशमा मा जम्मा १४ वटा जिल्ला र जम्मा जनसंख्या ४५ लाख ३४ हजार ९ सय ४३ छ।

जिल्लाहरु :

ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुङा, खोटाङ, उदयपुर छन्।

 

प्रदेश नं. २ :

यस प्रदेशका जिल्लाहरु : ८ वटा छन् १ सप्तरी, २ सीराहा, ३ धनुषा, ४ महोत्तरी , ५ सर्लाही, ६ रौतहट, ७ बारा, ८ पसाहुन्। यहाँको कुल जनसंख्या ५४ लाख ४ हजार १ सय ४५ छन्।

 

प्रदेश नं. ३ :

यस प्रदेशमा १३ जिल्लाहरु छन् : १ सिन्धुली, २ रामेछाप, ३ दोलखा, ४ सिन्धुपाल्चोक, ५ काभ्रेपलाञ्चोक, ६ ललितपुर, ७ भक्तपुर, ८ काठमाण्डौ, ९ नुवाकोट, १० रसुवा, ११ धादिङ, १२ मकवानपुर, १३ चितवन हुन्।

यस प्रदेशको जम्मा जनसंख्या ५५ लाख २९ हजार ४ सय ५२ छ। यस प्रदेशमा राजधानी पर्दछ। यस प्रदेशमा भूगोल २०,२६६ वर्ग कि.मि. (१४ प्रतिशत) पर्दछ। जलविद्युत ३२५ मेगावाट, निर्माणाधिन विद्युत ३२६१ मेगावाट, सडक सञ्जाल २३८० कि.मि., युवा जनसंख्या १२ लाख २५ हजार (१५-२४ वर्ष) संम्म, स्कूल ७३७७ र साक्षरता प्रतिशत ६८%, सरदर आयु ७०.३१, शौचालय पहुँच ५६ प्रतिशत, मानविय संरचनाक्षेत्र १८८ वर्ग कि.मि. छ, विमानस्थल, अ.रा.वि. स्थल एक, सहित रामेछाप र भरतपुर गरी जम्मा ३ ओटा विमानस्थल भएको क्षेत्र र बाघ पाइने विश्वका १३ देश मध्ये नेपाल पनि पर्दछ। चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाइने संरक्षण क्षेत्र मध्ये अग्रगमनमा पर्दछ। यो प्रदेशमा मुख्य जाति तामाङ जाति २०.४२ प्रतिशत, ब्राह्मण १८.२८ प्रतिशत, क्षेत्री १७.२८ प्रतिशत, नेवार १६.९२ प्रतिशत, मगर ४.८९ प्रतिशत, कामी २.५ प्रतिशत, गुरुङ २.५ प्रतिशत, थारु १.६६ प्रतिशत, राई १. ५३ प्रतिशत र दमाई १.३५ प्रतिशत पर्दछन्।

खानेपानी – मेलम्ची खानेपानी आयोजना जस्तो ठूलो खानेपानी आयोजना पनि यसै प्रदेशमा पर्दछन्। नेपालको राजधानी समेत रहेको यो प्रदेश सामर्थ्यका हिसावले सबैभन्दा अग्रस्थानमा रहेको छ। उत्तरतर्फ चीन र दक्षिणतर्फ भारत दुवै देशसंग यो प्रदेशको सिमाना जोडिएको छ।

 

प्रदेश नं. ४ :

प्रदेश निर्माण पछि कहिँ कतै विरोधको श्वर उल्लेखनीय नरहेको यो प्रदेश कम विवादित प्रदेश हो। गण्डकी अञ्चलका ६ वटा जिल्ला – कास्की, लम्जुङ, तनहुँ, गोर्खा, स्याङ्जा, मनाङ र धौलागिरी अञ्चलको पर्वत, वाग्लुङ, म्याग्दी र मुस्ताङ साथै नवलपरासी जिल्लाको पूर्र्वी भाग मिलाएर यस प्रदेशको निर्माण गरिएको छ। हिमाली जिल्ला मुस्ताङ र मनाङ, पहाडी जिल्ला कास्की, स्याङ्जा, पर्वत तनहूँ, वाग्लुङ र म्याग्दी रहेको यो प्रदेश अधिकांश पहाडी भू-भागले बनेको छ। नवलपरासी जिल्लाको केहि भाग मात्र तराई भूभाग या समथर भूभाग पर्दछ। यहि भागले भारतसंग सीमा समेत जोड्दछ। यो प्रदेश पनि उत्तरमा चीन र दक्षिणमा भारत संग सीमा जोडिएको प्रदेशमा पर्दछ। प्रचुर मात्रामा प्राकृतिक सम्पदाले भरीपूर्ण यो प्रदेश उत्तरमा चीनको केरुङ नाका र दक्षिणमा गण्डक व्यारेज क्षेत्र भारतसंग जोडिएको छ।

पर्यटकीय विकासको प्रशस्त सम्भावना रहेको यस प्रदेशमा हाल १९० मेगावाट विद्युत उत्पादन भएको छ। अहिले सम्म ठूला साना गरी ८ ओटा जलविद्युत आयोजना सञ्चालनमा रहेका छन् भने उत्पादनको लाइसेन्स प्राप्तहरुको अवस्था हेर्दा २६१८ मेगावाट विद्युत निकट भविष्यमा उत्पादन हुनेदेखिन्छ। यस प्रदेशको अधिकांश क्षेत्रमा मोटरबाटो पुगेका कारण विकास निर्माणका लागि सहज बनेको छ। पद मार्ग पर्यटकीय विकास तथा मुक्तिनाथ, दामोदर कुण्ड, त्रिवेणी धाम, देवघाट, मनकामना, विन्ध्यवासीनी जस्ता धार्मिक स्थलले सम्पन्न यस प्रदेशमा धार्मिक पर्यटनको पनि राम्रो सम्भावना रहेको छ। संसारको सवैभन्दा गहिरो खोंच म्याग्दी जिल्लामा रहेको कालीगण्डकी खोंचदेखि सवैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल पनि यसै प्रदेशमा पर्दछ। लोक दोहोरी गीतको खानी रहेको यस प्रदेशमा आदिकवि भानुभक्त जन्मेको ठाऊँ तनहूँ, श्रवण कुमारको समाधि स्थल, बाग्लुङको ढोरपाटन सिकार क्षेत्र, कालीगण्डकीको शाल्रि्राम, पर्वतको गुम्तेश्वर गुफा, सेतीबेणी शाल्रि्राम, पोखराको महेन्द्रगुफा, फेवाताल, वेगनासताल, चमेरीगुफा, विश्व स्तुपा, पाताले छाँगो लगायतका ऐतिहासिक तथा धार्मिक स्थलहरु रहेका छन्।

नेपालको कुल क्षेत्रफलको १४ प्रतिशत भूभाग अर्थात २१,१०२ वर्ग कि.मि. क्षेत्रफल रहेको यस प्रदेशको जनसंख्या २०,९२,१५३ रहेको छ। यस प्रदेशको पृथ्वी राजमार्ग महत्वपूर्ण राजमार्ग हो। कास्की जिल्लामा धेरै तालहरु रहेको हुनाले कास्की जिल्लालाई तालैतालको जिल्ला भनेर पनि चिन्ने गरिन्छ। -८०९१ मिटर अग्लो अन्नपूर्ण हिमाल, लगायत अन्य ११ ओटा भन्दा बढी हिमश्रृङ्खला ७ हजार मिटर भन्दा माथीको उचाईमा रहेका छन्। त्यसै गरी ६ हजार ९९३ मिटर अग्लो माछापुच्छ्रे हिमाल यस प्रदेशको चर्चित हिमश्रृङ्खला हो।

यस प्रदेशमा साक्षरता प्रतिशत ७३ प्रतिशत रहेको छ। जुन अन्य प्रदेशको भन्दा बढी हो। सफा र सुन्दर नगरी पोखरा लगायत पर्वतको कुश्मा, वाग्लुङको वाल्गुङ बजार, म्याग्दीको बेनी, स्याङ्जाको वालिङ, पुतलीबजार, नवलपरासीको वर्दघाट, गोर्खाको गोर्खाबजार, लम्जुङको बेशीशहर, तनहूँको दमौली, कास्कीको लेखनाथ र पोखरा मुख्य शहरोन्मुख क्षेत्रहरु हुन्। यस प्रदेशमा सडक सञ्जाल १,४२९ कि.मि. मात्र रहेको छ। यस प्रदेशमा ९४६१ वर्ग कि.मि. क्षेत्र हिउले ढाकेको छ। ४०% भन्दा बढी हिउँले ढाकेको छ। यस प्रदेशमा ११ जिल्ला पर्दछन्। यस प्रदेशमा जम्मा कूल विद्यालय संख्या ४७४१ रहेको छ। ६० प्रतिशत जनसंख्या संग शौचालयको पहूँच पुगेको छ। यो सबैभन्दा धेरै शौचालयमा पहुँच भएको क्षेत्र हो। यस प्रदेशमा खानेपानीको पहुँच पुग्नेको प्रतिशत ८६ प्रतिशत रहेको छ। पोखरा औद्योगिक क्षेत्रमा अवस्थित दर्जनभन्दा बढी उद्योग सञ्चालनमा रहेका छन्। यस प्रदेशमा पर्यटन प्रवर्द्धन हुन सकेमा मनग्य आम्दानी गरी आफैमा आत्मनिर्भर प्रदेश बन्न सक्नेदेखिन्छ।

 

यस प्रदेशमा भएका जिल्लाहरु :

१ गोर्खा, २ लम्जुङ, ३ तनहूँ, ४ स्याङ्जा, ५ कास्की, ६ मनाङ, ७ मुस्ताङ, ८ पर्वत, ९ वाग्लुङ, १० म्याग्दी र ११ नवलपरासीको पूर्र्वी भाग। जम्मा जनसंख्या २० लाख ९२ हजार १५३ छन् तर वाग्लुङ र नवलपरासीको पूर्र्वी भागको सिमांकन भई त्यस भाग मात्रको जनसंख्या प्राप्त हुन बाँकी छ।

यसप्रदेशको क्षेत्रफल २१,१०२ वर्ग किलोमिटर -१४%)

युवा जनसंख्या ४ लाख ८८ हजार -१५-२४) -९%)

सडक सञ्जाल १,४२९ वर्ग कि.मि. -११%) कमजोर क्षेत्र

जलविद्युत उत्पादन क्षेत्र १९० मेगावाट हाल

जलविद्युत उत्पादन गर्न अनुमति २६१८ मेगावाट

जलविद्युत सवे गर्न अनुमति २१२ मेगावाट

वन विभाग अध्ययन संस्थान : १ विश्वविद्यालय, पोखरा विश्वविद्यालय १

मेडिकल कलेज २ मनिपाल कलेज र पोखरा गण्डकी मेडिकल कलेज

इन्जिनियरिङ कलेज १, टुरिज्म एण्ड होटेल म्यानेज्मेन्ट कलेज १

विद्यालय संख्या ४७४१ ओटा। साक्षरता ७३ प्रतिशत।

शौचालय पहुँच ६० %। विमानस्थल ७ वटा। औसत आयु ७० वर्ष

कालीगण्डकी जलविद्युत ए १४४ मेगावाट। आधिखोला जलविद्युत ९४ मेगावाट्

मध्यमस्र्याङदी जलविद्युत ७० मेगावाट। मस्र्याङ्दी दो. ज. ६९ मेगावाट

मोदीखोला जलविद्युत १४.८ मेगावाट। मोदी खोला तल्लो एक १० मेगावाट

सिमले लम्जुङ ५ मेगावाट। खुदिखोला ४ मेगावाट।

तनहूँ करिब १५ मेगावाट।

यस प्रदेशमा विभिन्न जनजातिको अवस्था : १ जनजाति ४१.९६%, २ बाहुन क्षेत्री ३७.६४%, ३ पहाडे दलित १८.१९%, ४ मुस्िलम ०.७४%, ५ मधेशी ०.४६%, ६ मधेसी जनजाति ०.२९%, ७ मधेसी दलित ०.१५%, ८ अन्य ०.५७% छन्।

 

प्रदेश नं. ५:  

यो प्रदेश उद्योग कलकारखानामा दोश्रो ठूलो प्रदेश हो। सडकमा १४५९ कि.मि. कालो पत्रे सडकको लम्बाई छ भने जम्मा २६६० वर्ग कि.मि. छ। यस प्रदेशमा मुख्य जातिहरु : मगर १५.३५ प्रतिशत। थारु १५.१५ प्रतिशत, क्षेत्री १४.५० प्रतिशत, ब्राहृमण १२.६८ प्रतिशत, जम्मा जनसंख्या ४९१६९७२ (१८%) प्रदेशको क्षेत्रफल २२२८२ वर्ग कि.मि. (१५%) विद्यालय संख्या ५९३५ वटा साक्षरता संख्या ६८%। शौचालय पहुँच ३७%। खानेपानी ८१%।

विश्वविद्यालय : महेन्द्रसंस्कृत वि.वि. र नेपालगंज विश्वविद्यालय।

विमानस्थल ४। अ.रा.वि. १। मेडीकल कलेज ४। ठूला अस्पताल ५

यस प्रदेशमा १३ जिल्ला छन् जनसंख्या जम्मा ४९१६९७२ छन्। तर नवलपरासी, वाग्लृुङ र रुकुमको सिमाना स्पष्ट भई नसकेको र सिमांकन गर्न बाँकी रहेको हुनाले सहि तथ्याङ्क प्राप्त हुन बाँकी।

१ गुल्मी, २ पाल्पा, ३ रुपन्देही, ४ कपिलवस्तु, ५ अर्घखाँची, ६ प्यूठान, ७ रोल्पा, ८ वर्दिया, ९ बाँके, १० दाङ, ११ नवलपरासीको पश्चिम भाग, १२ वाग्लुको पश्चिम भाग र १३ रुकुम (पूर्व) छन्। यो प्रदेशमा पनि कुनै समस्यादेखिदैन। गौतम बुद्धको जन्मस्थल लुम्बीनी, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके रा.नि., स्र्वर्गद्वारी, तानसेन रानीमहल, वागेश्वरी, जुंगे महादेव आदि यहाँका प्रमुख पर्यटकीय क्षेत्र हुन्।

 

प्रदेश नं. ६   

यो प्रदेश साविकमा मध्ये पश्चिमाञ्चल विकास क्षेत्रका अधिकांश जिल्ला मिलाएर वनाइएको यो प्रदेश जलश्रोतमा धनि प्रदेशको रुपमा विकास गर्न सकिने सम्भावना बोकेको प्रदेश हो। यहाँ संसारकै अत्यन्तै महंगा जडिबुटी यार्सागुम्बा, गुच्छी, शिलाजित, च्याउ लगायत २ दर्जन भन्दा बढी महंगा जडिबुटीको यो प्रदेश भण्डार हो। यो प्रदेश तराईको समथर भू-भाग नरहेको र उत्तरतर्फ चीन संग मात्र सीमाना जोडिएको एक मात्र प्रदेश हो।

यो प्रदेशमा कुल जनसंख्या १६ लाख २३ हजार ६ सय २ रहेको यस प्रदेशमा १० जिल्ला मिलाएर प्रदेश बनेको छ। जस्तै : १ सुखेत, २ सल्यान, ३ दैलेख, ४ कालीकोट, ५ डोल्पा, ६ जुम्ला, ७ जाजरकोट, ८ रुकुम, ९ मुगु, १० हुम्ला समेटेर बनाइएको छ। अधिकांश बाहुन क्षेत्रीको वसोवास रहेको यस प्रदेश दोश्रो जनसंख्या पहाडी दलितको रहेको छ भने तेश्रोमा ठकुरीको पर्न आउँछ। यसको क्षेत्रफल करिब २८९७३ वगं कि.मि. रहेको छ। नेपालका जिल्लाहरुमा सडक सञ्जालले छुन नसकेको हुम्ला र डोल्पा जिल्ला यही प्रदेशमा पर्छन्। विकासको संरचनाका हिसावले पिछडिएको र पहाडी क्षेत्र मात्र रहेको यस प्रदेशको आर्थिक प्राप्तिको सम्भावना भनेको पर्यटन, जडिबुटी र जलश्रोत नै हो। कर्णाली करिडोरका विभिन्न जिल्ला हुँदै हुम्ला र चीनको खाशासित क्षेत्र तिव्वतको ताल्काकोटसम्म पुगेर निर्माण सम्पन्न भएपछि यस सडकले भारतको उत्तर खण्डदेखि चीन सम्म व्यापार विस्तार गर्न सक्दछ। विकासको राम्रो पूर्वाधार तयार हुन सक्दछ।

रुकुम जिल्लाको पश्चिमी भाग करिब आधा मात्र यसमा समेटिएको छ। यथार्थ सिमाङकन र जनसंख्या तय भई सकेको छ्रैन। यस प्रदेशको जलविद्युत आयोजना ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना, ६०० मेगावाटको नलसिंहगढ, ११० मेगावाटको ठुली भेरी आदि समेत २० हजार मेघावाट को सम्भावना रहेको पाइन्छ। साक्षरतातर्फ ६१ प्रतिशत, शौचालय पहुँच २५ प्रतिशत, सडक मार्ग कर्णाली करिडोरबाट चीनको तिव्वत र भारतको उत्तर खण्ड जोड्ने। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको मेडिकल कलेज आदि।

 

प्रदेश नं. ७   

यस प्रदेशमा सुदुर पश्चिमका ९ वटा जिल्ला मिलाएर प्रदेश नं. ७ को निर्माण गरिएको छ। तराइका थारु वाहुल्य कैलाली, कंचनपुर र पहाडी जिल्लाहरु अछाम, बाजुरा, डोटी, डडेलधुरा, बझाङ, वैतडी र दार्चुला जिल्लालाई मिलाएर कर्णाली पारीको यो प्रदेश बनेको छ। यस प्रदेशको कुल जनसंख्या २४ लाख ५२ हजार ५ सय ५३ छ।

यस प्रदेशमा बाहुन क्षेत्रीको बाहुल्य क्षेत्र र दोश्रो बसोवास थारुको क्षेत्र। जडीबुटी, यार्सागुम्बा, शिलाजित, गुल्छी, च्याउको खेती, खानी, भारतको उत्तर खण्डमा व्यापारका पहुँच भएको प्रदेश। पूर्व पश्चिम महेन्द्र राजमार्ग लगायत उत्तर-दक्षिण लोकमार्गले राम्रो सडक सञ्जाल भएको प्रदेश। उद्योग विकासको प्रचुर सम्भावना। सुदुर पश्चिम विश्व विद्यालय र २ नर्सिङ क्याम्पस भएको प्रदेश। जलश्रोतको विकासको लागि सम्भावना ७२० मेगावाटको पञ्चेश्वर ३० मेगावाटको चमेलिया निर्माणाधिन ठूला आयोजना लगायत १० हजार मेगावाटको जलविद्युत उत्पादन सम्भावना। कर्णाली करिडोरबाट चीन र भारत दुवै देश संग व्यापार विस्तार गर्न सकिने। रोजगारीको अवसर कम भएको, रोजगारीका लागि युवाहरु भारतमा निम्न स्तरको काम गर्न जाने गरेको प्राकृतिक साधन श्रोतको धनी, साँस्कृतिक सम्पादनमा धनी, यस प्रदेशको क्षेत्रफल १९,५३९ वर्ग किलोमिटर रहेको छ।

आफ्ना एजेण्डा स्थापित गर्न अव वन्दुक उठाउनु पर्ने अवस्था छैन। यस संविधानले सवै वर्ग, जाति, क्षेत्र, भाषा, धर्म र लिङ्गका आधारमा समाजमा विद्यमान, विभेद र असमानता लाई अन्त्य गरी मुलुकलाई आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने वाटोमा अघि बढाएकोछ। ६ दशक पुरानो नेपाली जनताको एजेण्डा लाई सार्थक बनाएर राजनीतिक दल र नेतृत्वको नेतृत्वदायी भूमिका स्थापित गर्न सफल भएका छन्।

 

श्रोत सर्न्दर्भ : नेपालको संविधान २०७२