हंसवाहिनी माविका ५६ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ ४, २०७५
IMG_20190117_153745_Fotor

खैरेनीटार, ३ माघ । शुक्लागण्डकी–२, एकेलेखेतस्थित हंसवाहिनी माध्यमिक विद्यालयको  ५६ औ वार्षिकोत्सव एवं ४७ औं अभिभावक दिवस समारोह सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले नैतिक शिक्षा हराउँदै गएकोमा चिन्ता व्यक्त गरे ।

उनले आजको आवश्यकता विद्यार्थीका लागि नैतिक शिक्षा आवश्यक भएको औल्याउँदै जनशक्ति उत्पादन गर्नका लागि शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय सरकारको अहम भूमिका रहने हुँदा समय सुहाउँदो प्राविधिक शिक्षामा सरोकारवाला चनाखो हुनु पनेर्मा जोड दिए ।

विद्यालयका प्रधानाध्यापक विजयराज पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भावी कार्यक्रममा गुणस्तरीय शिक्षा र  प्रविधिक शिक्षा नै आजको आवश्यकता रहेकोमा जोड दिए।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी, छात्रा मनिस खनाल, छिमेकी विद्यालयका शिक्षक ओमकार खनाल, अभिभावक सावित्री पण्डित, भूपू विद्यार्थी राजेश बुढामगर लगायतले बोलेका थिए ।

विद्यार्थीद्वारा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको कार्यक्रममा विद्यालयको शैक्षिक क्षेत्र र व्यवस्थापन क्षेत्रमा सहयोग गर्ने विद्यालय व्यवस्थापन समिति पूर्व सदस्य तुलाराम पन्थी, शिक्षक चन्द्रकला खनाल र गगांकुमारी गुरुङलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरीएको थियो ।

शिक्षक ठाकुरप्रसाद खनालले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा शिक्षकद्वय सरला रेग्मी र हरिश्चन्द्र भण्डारीले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width