पोखरा, २७ माघ । स्पर्स लघुवित्त वित्तीय संस्थाले सञ्चालनमा रहेका २० वटा शाखाहरूको लागि आ.ब. २०७५/०७६ को अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ ।
बन्दीपुरमा आयोजित एक दिने समिक्षा गोष्ठीको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सजल खड्काले संस्थाको यस आ.ब.को अर्धबार्षिक प्रगति विवरणको अवस्था, वित्तीय संस्थाले हाल भोगेका समस्या तथा चुनौति अवसरहरू, वित्तीय संस्थाको यस आ.ब.को लक्ष्य तथा यसको प्राप्तीका रणनीतिबारे सहभागीहरूलाई प्रष्ट पारेका थिए ।
वित्तीय संस्थाका विभागीय प्रमुखहरूले सहजिकरण गरेको उक्त गोष्ठीमा शाखा प्रवन्धकहरूले कार्य विस्तारका क्रममा भोगेका समस्या तथा चुनौति, रणनीतिबारे योजना प्रस्तुत गर्दै शाखाको लक्ष्यअनुसारको प्रगती प्राप्ति गर्ने प्रतिवद्धता जनाएका थिए । वित्तीय संस्थाले सदस्य विस्तार, ऋणी सदस्य, लगानीमा रहि रहेको कर्जा, बचत र नाफामा उत्कृष्ट हुने शाखा कार्यालयहरू तथा शाखा प्रवन्धकहरूलाई पुरस्कृत समेत गरेको थियो ।
वित्तीय संस्था जनशक्ति व्यवस्थापन विभाग प्रमुख पवन बरालले सञ्चालन गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्का तथा विभागीय प्रमुखहरू र विभिन्न २० वटा शाखाका शाखा प्रवन्धकहरूको सहभागिता रहेको थियो ।
Related News
सम्बन्धित समाचार
गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधवप्रसाद उपाध्याय
फेदीखोलाको सर्केटारीमा प्रथम आलु प्रदर्शनी
सर्वेश्वरका पसल शनिबार पनि खुल्ने
इन्फोम्याक्स कलेजमा वित्तीय साक्षरता
नौपचारिक क्षेत्रका श्रमिकलाई वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
चैत्र १५, २०८०किरिया बसेका दाजुभाइ परीक्षामा
चैत्र १५, २०८०सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
चैत्र १५, २०८०बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
चैत्र १४, २०८०