लेखनाथ, २९ पुस । पूर्व कानून मन्त्री यज्ञबहादुर थापाले सेवा र धर्मको कुरा सिकाउने संस्था नै रेडक्रस भएको बताएका छन्।
नेपाल रेडक्रस सोसाइटी पोखरा २९/३० उपशाखाको सम्पन्न १८ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै पूर्वमन्त्री थापाले भने, ‘मानव सेवाका लागि आवश्यक पर्ने सेवाको भावना र धर्मको कुरा सिकाउने संस्था रेडक्रस हो ।’
रेडक्रसले आपतमा परेकालाई सेवा गर्दै मानवीय सेवामा लागेकाले यसको महत्व र प्रभावकारिताका बिषयमा सवैलाई जानकारी गराउनुपनेर्मा थापाले जोड दिए । रेडक्रसको अभियानलाई ग्रामीण क्षेत्रसम्म पुर्याउनुपर्ने उनको सुझाव थियो ।
उपशाखाका सभापति विश्व पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा कास्की शाखाका सदस्य रमा कोइराला, वडा ३० का वडाअध्यक्ष श्रीराम पोखरेल, उपशाखाका पूर्वसभापति देवमणि भण्डारी, कोषाध्यक्ष उद्यबहादुर बस्नेत, लेखनाथ उद्योग वाणिज्य संघकी सदस्य जानुका पराजुली, वडासदस्य सोमलाल कँडेल, सम्मानीत ब्यक्तित्व जगत पंगेनी, स्थानीय समाजसेवी निरलाल तझ्याँ, राधाकृष्ण वृद्धाश्रमका अध्यक्ष प्रेम लिगल, संपुर्ण महिलाहरुको तर्फबाट चन्द्रकुमारी गुरुङलगायतले आ–आफनो धारणा राखेका थिए ।
उपशाखाका सचिव दिपकराम ढेवाजुले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य उपसभापति विश्वराज लामिछानेले गरेका थिए । कार्यक्रममा जेष्ठ नागरिक सम्मानबाट बालकृष्ण आचार्य र जगत पंगेनीलाई सम्मान गरिएको थियो।
Related News
सम्बन्धित समाचार
वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
गैंडाकोट नगरपालिकाले थाल्यो अनलाइनबाटै नागरिकता सिफारिस
प्रधानमन्त्रीसँग गोरखा नगरपालिकाले माग्यो साढे ३ अर्ब बजेट
hero news full width
मुख्य समाचार
किरिया बसेका दाजुभाइ परीक्षामा
सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
चैत्र १५, २०८०बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
चैत्र १४, २०८०एमाले कास्की अध्यक्षमा बैनबहादुर विजयी
चैत्र १४, २०८०तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल
चैत्र १४, २०८०