सांसद गुरुङद्वारा २ लाखको अक्षयकोष

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५
Pokhara Multipale_Fotor

पोखरा, २७ माघ। गण्डकी प्रदेश सांसद मीना गुरुङले पोखरा बहुमुखी क्याम्पसमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकी छन् ।

वसन्तपञ्चमी एवं श्रीपञ्चमी अवसरमा आइतबार क्याम्पसको विद्यार्थी कल्याणकारी संघले आयोजना गरेको कार्यक्रममा सांसद गुरुङले सो रकम क्याम्पस प्रमुख शिशुकला पराजुलीलाई हस्तान्तरण गरिन् । अक्षयकोष रकमबाट वार्षिकरुपमा गरीब तथा जेहेन्दार विद्यार्थीले छात्रवृत्ति प्राप्त गनेर्छन् । सोही क्याम्पसमा स्तातक अध्ययनरत् गुरुङले आफूले पढेको क्याम्पसमा सरस्वती पूजाकै दिन यसरी सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । उनले आँखाले देखेसम्म र मस्तिष्कले काम गरेसम्म पढाइ नछाड्ने र समाजमा अरुको लागि समेत पढाइको महत्व बुझाउँदै उदाहरणीय बन्ने जनाइन् ।

हङकङ व्युटी इन्स्टिच्युट प्रालि तथा क्लारा इन्टरनेशनल स्पा एवं व्युटी कलेजकी प्रमुख कार्यकारी अधिकृत समेत रहेकी सांसद गुरुङ जिफन्ट केन्द्रीय उपाध्यक्ष समेत हुन् । उनले आफ्नो व्यवसाय संचालन गदैर्देखि हुने नाफा सामाजिक सेवामा लगाउँदै आएकोमा सांसद भत्ता एवं सुविधा सुरुवातदेखि नै नलिने घोषणा गरेकी छन् । सो भत्ता एवं सुविधा उनले गरीब तथा विद्यार्थी, वृद्धवृद्धा, अपांगता भएका व्यक्ति, असहाय महिला लगायतको सहयोगमा खर्चिदैआएको बताइन् ।

क्याम्पस प्रमुख पराजुलीले सहयोगप्रति आभार प्रकट गर्दै सांसद गुरुङको सदा सफलताको कामना गरिन् ।

क्याम्पसका प्राध्यापक पत्रकार सन्तोष पोखरेलले सांसद गुरुङको परिचय फराकिलो रहेको र कमाएको रकम सामाजिक सेवामा लगाउनु अनुकरणीय भएको बताए । सांसद गुरुङ आफ्नो पनि विद्यार्थी भएको र पढाइप्रतिको लगनशीलताप्रति खुसी व्यक्त गरे ।

विद्यार्थी कल्याणकारी संघ अध्यक्ष विजय नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संघ सदस्य रोशन पौडेलले गरेका थिए ।

करिब ५ सय विद्यार्थी रहेको पोखरा बहुमुखी क्याम्पसमा हाल व्यवस्थापन र मानविकी संकायमा पढाइ हुँदैआएको पूर्व सहायक क्याम्पस प्रमुख महेन्द्र रिमालले जानकारी दिए ।

सो अवसरमा विद्यार्थीले सरस्वतीको पूजाआजा गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width