सह–प्राध्यापक ढेवाजूलाई मातृशोक

आदर्श समाज सम्वाददाता
माघ २, २०७५
Late Laxmishori dhewaju3_190524_Fotor

पोखरा, १ माघ। पृथ्वीनारायण क्याम्पसका निवृत्त सह–प्राध्यापक रामगोपाल ढेवाजूलाई मातृशोक परेको छ।

उनकी ममतामयी आमा लक्ष्मीश्वरी ढेवाजूको ७८ वर्षको उमेरमा मणिपाल शिक्षण अस्पतालमा आइतबार निधन भयो। उनी केही समयदेखि दम रोगबाट पीडित थिइन्।

वृद्धभत्तावापत आफूले प्राप्त गरेको रकम बालगोपाल भजनकीर्तन सेवा समिति कुँडहरलाई अर्पण गर्दै आएकी लक्ष्मीश्वरी ढेवाजू सहनशील, मिलनशील, दयालु र परोपकारी स्वभावकी थिइन्। उनको आइतबार नै पोखरा–१० स्थित रामघाटमा दाहसंस्कार भयो।

उनका एक छोरा रामगोपालसहित एक छोरी, तीन नाति र पाँच नातिनीहरु रहेका छन्। लेखकसमेत रहेका रामगोपाल ढेवाजु भद्रकाली माध्यमिक विद्यालय कुँडहरका सल्लाहकार तथा सेण्ट मेरिज स्कूल व्यवस्थापन समितिका सदस्य हुन्।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width