सरकारको कामप्रति नेपाली जनता निरास छन— काँग्रेस नेता देउवा

आदर्श समाज संवाददाता
फागुन ११, २०७५
p111


पोखरा, ११ फागुन । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले जनतामा चिप्ला र ठूला कुरा गर्ने तर काम केही नगर्दा नेपाली जनता निरास वनेको बताएका छन् ।

प्रेस युनियन कास्कीको नवौ जिल्ला अधिवेशनको शनिवार पोखरामा शुभारम्भ गर्दै सभापति देउवाले केपी नेतृत्वको सरकार हरेक क्षेत्रमा असफल र लोकतन्त्रको रक्षा गर्न नसक्ने आरोप उनको थियो । संविधान विपरित चल्न थालेपछि लाकेतन्त्रको पक्षमा आम जनता लड्नु पर्ने बेला आउन सक्ने भनाइृ उनको छ ।

वर्तमान सरकार संविधान विपरित हिडेको छ, आम नागरिकले शान्ति सुरक्षको महशुस गर्न पाएका छैनन, भ्रष्टाचार मौलाएको छ, महंगी र कर वृद्धि गरी जनताको ढाड सेक्ने काम भएको छ, विकास र समृद्धि छैन, नेता देउवाले भने — सरकारले जनताको हितमा काम गरेको छैन।

वि.स.२००७ सालदेखि नै लोकतन्त्रको पक्षमा लड्दै आएको नेपाली काँग्रेस स्वतन्त्र प्रेस, स्वतन्त्र न्याय, व्यक्ति स्वतन्त्रता, लोकतन्त्रसँग कसैसंग सम्झौता नगर्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन् । वर्तमान सरकारले विभिन्न वहानामा प्रेस स्वतन्त्रता माथि अंकुश लगाउन सुरु गरेको उनको भनार्य थियो ।

लोकतन्त्र स्थापनामा प्रेसको भूमिका महत्वपूर्ण रहेका छ, लोकतन्त्रमा प्रेस स्वतन्त्र हुन्छ, काँग्रेस सधै प्रेस स्वतन्त्रताको पक्षमा उभिन्छ, नेता देउवाले भने—प्रेस र लोकतन्त्रवादी शक्तिहरु वर्तमान अवस्थामा पनि अधिकारका लागि एक हुनु पर्ने अवस्था सृजना भएको छ ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं बरिष्ठ पत्रकार हरिहर विरहीले प्रेसलाई व्यवस्थित गर्ने नाउँमा प्रेस स्वतन्त्रतालाई नै कुण्ठित गर्ने काम बर्तमान सरकारले गरिरहेको बताए । प्रेस स्वतन्त्रता हनन गर्ने काम भयो भने राजनीतिक दलहरुले प्राप्त गरेको स्वतन्त्रता पनि रहन सक्दैन विरहीले भने —संचारकर्मीका संघर्षका दिन समाप्त भइसकको छैनन् ।

प्रेस युनियनका केन्द्रीय अध्यक्ष वद्री सिग्देलले लोकतन्त्रलाई वलियो बनाउन पत्रकारहरुले कलम परिवर्तन र प्रजातन्त्रको पक्षमा चल्न जरुरी भएको वताए । वर्तमान सरकारले संचार क्षेत्रमा गरेको प्रहार र लोकतन्त्रको विरोगमा गरेको गतिविधिका विरुद्ध पत्रकारको कलम चल्नु पर्ने धारणा उनको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरु सधै लोकतन्त्रको पक्षमा हुने र उनीहरुले लोकतन्त्रकै हितमा कलम चलाउदै आएको बताए । उक्त अवसरमा प्रेस युनियन कास्कीद्धारा स्थापित प्रेस युनियन पत्रकारिता पुरस्कारद्धारा पत्रकार समिरजंङ्ग शाह र कवीर राणालाई सम्मान गरिएको थियो । कार्यक्रममको सभापतित्व नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराललको अध्यक्षतामा भएको थियो । साथै अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width