‘शैक्षिकस्तर माथि उकास्न आवश्यक’

आदर्श समाज सम्वाददाता
माघ २१, २०७५
kabi sharomadi school photo_Fotor

लेखनाथ, २० माघ । कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालय पोखरा महानगरपालिका वडा नं २७ को ५६ औं बार्षिकोत्सव शनिवार विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

हाल अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालनमा ल्याएसँगै अहिले उक्त विद्यालयमा ४३ जना विद्यार्थीहरू अध्ययनरत् छन् । समारोहको उद्घाटन गर्दै वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले शिक्षकको सानो प्रयासले पनि सरकारी विद्यालयको शैक्षिक स्तरलाई माथि उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन मिलेर ल्याएको शैक्षिक योजनालाई वडाले सहयोग गर्ने वताउँदै वडाध्यक्ष गुरुङले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन पठाउने अभिभावकहरूसँग आग्रहसमेत गरे।

‘सरकारी विद्यालयमा छोराछोरी पठाउनुहोस, शैक्षिक गुणस्तर कायम गर्न वडा शिक्षा समिति तयार छ,’ उनले भने, ‘स्थानीय तहमा वडाध्यक्षकै नेतृत्वमा स्थानीय शिक्षा समिति रहेको छ ।’ अर्चलेको वृहत्तर विकासमा आफू लागि परेको भन्दै उनले यसका लागि सहयोग गर्न सबैसँग आग्रह गरे ।

सोही अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एवं समाजसेवी चतुराखर अधिकारीले विद्यालयको शैक्षिक एवं भौतिक पुर्वाधार विकासका लागि सबैले आ–आफ्नो ठाउँवाट सहयोग गर्नुपनेर्मा जोड दिए । विद्यालयका प्रधानाध्यापक सूर्य वाग्लेले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक आय–व्यय विवरण प्रस्तुत गरे ।

सो अवसरमा विद्यालयका पूर्व विद्यार्थी एवं लेखनाथ उद्योग वाणिज्य संघका सदस्य सूर्यमणि लामिछानेले आफ्नो  जन्मदिनको अवसरमा नगद रु १५ हजार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र पौडेललाई हस्तान्तरण गरेर जन्मदिन मनाएका छन् ।

यसैगरी, समाजसेवी प्रमोद पौडेलले एक थान दराज, पूर्व विद्यार्थी दिनेशमणि लामिछानेले नगद १० हजार रूपैयाँ र हरिप्रिया पौडेलले नगद १५ हजार दुइ सय दुई रूपैयाँ विद्यालयलाई प्रदान गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सो अवसरमा विद्यालयको शैक्षिक एवं अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक वेदनाथ अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width