लमजुङ, ३ माघ। लमजुङका शमशेरबहादुर थापा अन्तराष्ट्रियस्तरको ‘ग्लोबल टिचिङ प्राइज’ का लागि छनौट भएका छन् । विश्वका १ सय ७९ मुलुकबाट छनौट भएका ५० मध्ये नेपाली नागरिकमा उनी एकमात्र हुन् ।
आगामी मार्चमा दुवईमा सम्पन्न हुने सो पुरस्कार वितरण समारोहमा आयोजक यूके मार्की फाउण्डेसनले थापालाई पाँच रातका लागि आतेजाते खर्च समेत बेहोर्ने गरी निमन्त्रणा गरिसकेको छ।
अनलाइन माध्यमबाट उक्त पुरस्कार दाबी गनेर्मा १ सय ७९ मुलुकका झण्डै ३० हजार प्रत्यासीले फाराम भरेका थिए । तीमध्येबाट ३८ देशका ५० जना छनौैट हुनेमध्ये आफू एकजना मात्र नेपाली भएको थापाले बताए। पुरस्कार राशि एक मिलियन अमेरिकन डलर रहेको छ। त्यसको टप टेन नतिजा आउँदो फेबु्रअरीमा सार्वजनिक हुनेछ ।
वेशीशहर–३, गाउँशहरका स्थायी बासिन्दा थापाले करिब ८ वर्ष डायमण्ड हिल एकेडेमीको प्रिन्सिपल रहेर सेवा गरे । थापाले २०७२ सालदेखि आफ्नै गाउँमा हेभेन हिल एकेडेमी र चण्डिस्थानमा न्यू भिजन एकेडेमीको संस्थापक प्रिन्सिपल रहेर सञ्चालन गर्दै आएका छन्।
अंग्रेजी माध्यमबाट पढाई हुने ती विद्यालयमा फि अनिवार्यता छैन । गरीब परिवारका विद्यार्थीले सो विद्यालय पढ्छन् । हेभेन हिल एकेडेमीमा कक्षा–४ सम्म र न्यू भिजन एकेडेमीमा पूर्वप्राथमिक शिक्षाको पढाइ हुँदैआएको छ ।
थापानका अनुसार विद्यार्थीलाई आवश्यक किताव, कापी, कलममात्र नभई पोशाकको समेत प्रबन्ध विद्यालय सञ्चालकतर्फबाट गर्ने गरिएको छ। विद्यालय पूर्णबालमैत्री वातावरणमा अध्यापन गर्ने गरिएको थापाको भनाइ छ। उनका अनुसार विद्यालयको पोशाकमा पूरै नेपालीपन झल्कने गरी तय गरिएको छ। टाइ लगायत वस्तुको प्रयोग गरिँदैन ।
बिहान प्रार्थना हुनुअघि विद्यार्थीलाई नाच्न लगाइन्छ, घोड चढी त्यो विद्यालयको अर्को विशेषता रहेको थापाको भनाइ छ। उनले भने ‘घोड चढीले विद्यार्थीमा आत्मविश्वास बढ्ने, साहसी स्वभावको विकास हुने देखिएको छ।’
विद्यालयमा शनिबार विद्यार्थीलाई कुकिङ सीप सिकाइन्छ। त्यसले बालबालिकाहरूमा सिर्जनात्मक क्षमताको अभिवृद्धि हुनुका साथै बालबालिकाले विभिन्न परिकार खान पाउने हुँदा उनीहरूलाई कुपोषणबाट बचाउन र पढाइप्रति रुचि जागृत गर्न मद्दत मिल्ने थापाको भनाइ छ
विद्यालयमा देखिएको सोही वातावरणका आधारमा आफूलाई पुरस्कारका लागि छनौट गरिएको हुन सक्ने उनले अनुमान गरे । यसअघि उनले ‘टिचिङ एक्सिलेन्ट अवार्ड–२०१८’ प्राप्त गरेका थिए ।
Related News
सम्बन्धित समाचार
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
गैंडाकोट नगरपालिकाले थाल्यो अनलाइनबाटै नागरिकता सिफारिस
प्रधानमन्त्रीसँग गोरखा नगरपालिकाले माग्यो साढे ३ अर्ब बजेट
अन्नपूर्णमा अख्तियारको अन्तरक्रिया
hero news full width
मुख्य समाचार
किरिया बसेका दाजुभाइ परीक्षामा
सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
चैत्र १५, २०८०बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
चैत्र १४, २०८०एमाले कास्की अध्यक्षमा बैनबहादुर विजयी
चैत्र १४, २०८०तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल
चैत्र १४, २०८०