काठमाडौँ, ९ फागुन । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा नेपालले विहीवार घरेलु टोली थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।
घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गर्दै नेपालले सुखद शुरुआत गरिसकेको छ । तर, बलियो थाइल्याण्डविरुद्ध जित निकाल्न नेपालले कठिन चुनौती छ । थाइल्याण्डले गत महिना महिला टि–२० —म्यास प्रतियोगितामा नेपाललाई नौ विकेटले पराजित गर्दै उपाधि उचालेको थियो ।
यस्तै थाइल्याण्ड पनि दोस्रो जितको खोजीमा रहेको छ । थाइल्याण्डले पहिलो खेलमा चीनलाई छ विकेटले पराजित गरेको थियो । दुई खेलमा दुई जितका साथ युएई अङ्क तालिकाको पहिलो स्थानमा छ । समान एक जित निकालेको नेपाल र थाइल्याण्ड रन रेटका आधारमा क्रमश दोस्रो र तेस्रो स्थानमा छन् ।
राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक विनोद दासले आजको खेल जित्न सके नेपाल ग्लोबल छनोटमा पुग्ने दाबी गरे । प्रतियोगितामा सहभागी टोलीमध्ये सबैभन्दा बलियो टोलीको रुपमा थाइल्याण्डलाई हेरिएको छ, हामीले विहीवार थाइल्याण्डविरुद्ध जित निकाल्न सके अर्को चरणमा पुग्ने सम्भावना बलियो हुनेछ यसैबीच भर्खरै थाइल्याण्डले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ ।
Related News
सम्बन्धित समाचार
तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
ढोलाहिटीलाई फुटबल उपाधि
बुद्ध विशालको फुटसल प्रतियोगिता
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१