काठमाडौँ, १० फागुन । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एशिया छनोट अन्तर्गत आफ्नो तेस्रो खेल नेपालले शुक्रवार संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ ।
थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा युएईले नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ । छनोट प्रतियोगिताका शुरुआती तीन खेल जितेर युएई बलियो अवस्थामा छ । युएई तीन खेलबाट छ अङ्क जोड्दै तालिकाको शीर्षस्थानमा छ ।
युएईविरुद्व जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट पुनरागमन गर्ने अवसर नेपाललाई प्राप्त छ । अघिल्लो महीना थाइल्याण्डमै भएको टी–२० स्म्यास प्रतियोगितामा नेपालले युएईलाई छ विकेटले पराजित गरेको थियो ।
नेपाल भने आफ्नो दोस्रो खेलमा थाइल्याण्डसँग पराजित हुँदै छनोट प्रतियोगिताको दौडमा कमजोर बनेको छ । बिहीबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको थियो । आफ्नो पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले हराएको थियो ।
प्रतियोगिताको एशिया छनोटमा सात राष्ट्रले भाग लिएका छन् । राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।
Related News
सम्बन्धित समाचार
तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
ढोलाहिटीलाई फुटबल उपाधि
बुद्ध विशालको फुटसल प्रतियोगिता
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१