विद्यार्थीलाई अनुशिक्षण

एजेन्सी
फागुन ३, २०७५
lagu_Fotor

पोखरा, २ फागुन । सिद्धार्थ क्लबले अन्नपूर्ण गाउँपालिकामास्थित सरकारी तथा सामुदायिक विद्यार्थीका लागि लागुऔषध, एचआईभी तथा यौनजन्य संक्रमणसम्बन्धी अनुशिक्षण तथा प्राथमिक उपचार बाकस वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले लागुऔषध र यौनजन्य संक्रमणसम्बन्धी कार्यक्रमले जनचेतना फैलाउँदै स्वस्थ्य समस्या न्यूनीकरणमा सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

क्लब अध्यक्ष विनोदप्रसाद श्रेष्ठले लागुऔषध र यौनजन्य रोगबारे जानकारीका साथै रोगथामबारे विद्यार्थी जीवनबाटै जानकारी गराउन सकेमपरिवार तथा समुदाय स्वास्थ र सुरक्षित रहन सक्ने बताए ।

अन्नपूर्ण गाउँपालिका वडा २ का अध्यक्ष चूडामणि अधिकारीले गाउँपालिका केन्द्रित जनचेतनामूलक कार्यक्रमको निरन्तरताको अपेक्षा गरे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले प्राथमिक उपचार वाकसको महत्वबारे बताए ।

क्लबका निवर्तमान अध्यक्ष रवि मर्सानीले कार्यक्रमले समुदायमा प्रभावकारी भूमिका खेल्ने विश्वास गर्दै आपत्कालीन उपचारका लागि प्राथमिक उपचार बाकसले सहयोग पुर्याउने बताए ।

गाउँपालिका शिक्षा अधिकृत बलराम भुगार्इंले विद्यार्थीले सिकेका कुरा सहपाठी एवं परिवारका सदस्यमा पनि छलफल गरी सचेतना गराउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

संगम माविका शिक्षक हरिमान गुरुङ, मर्निङ स्टार आवासीय विद्यालयका छात्रा कविता भण्डारीले युवालक्षित र सान्दर्भिक कार्यक्रमले विद्यार्थीमा थप शिक्षा हासिल गर्न सहयोग गरेको बताए । कार्यक्रममा पोखरा विश्वविद्यालयका सहप्राध्यापक नीशा श्रेष्ठ र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटलका मेट्रन सृजना गौतमले सहजीकरण गरे ।

विद्यालयलाई औषधिसहितको प्राथमिक उपचार बाकस वितरण गरिएको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष पार्वती माकाजूले स्वागत र सचिव प्रमोदनारायण श्रेष्ठले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width