लेखनाथ र जुनियर जेसीजको पदस्थापना

आदर्श समाज सम्वाददाता
माघ १३, २०७५

पोखरा, १२ माघ। लेखनाथ जेसीजको २१ औं र लेखनाथ जुनियर जेसीजको १६ औं पदस्थापन शनिवार सम्पन्न भएको छ।

लेखनाथ जेसीजको वर्ष २०१९ का अध्यक्ष रोशन अधिकारी सहितका पदाधिकारीलाई वर्ष २०१८ का अध्यक्ष शालिकग्राम ओझाले पद हस्तान्तरण गरेका हुन् ।यस्तै, लेखनाथ जुनियर जेसीजका अध्यक्ष सर्वेन्द्र न्यौपानेलाई निवर्तमान अध्यक्ष उत्तम शर्मा पौडेलले पदस्थापन गराए । कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले समाज रुपान्तरणका लागि जेसीजले नेतृत्व र ब्यक्तित्व विकासमा सहयोगीको भूमिका निर्वाह गर्ने भएकाले जेसीजले सिकाएका कुरा आत्मसाथ गर्दै अगाडि बढ्न अनुरोध गरेका थिए।

कार्यक्रममा नेपाल जेसीजका रमेशचन्द्र भुषालले युवालाई स्वदेशमा नै केही गरौ भन्ने भावनाको विकास गराएकाले सरकारतर्फबाट लगानीमैत्री वातवरण सृजना गरिदिनु पनेर्मा जोड दिए ।जेसीजका गोकुल सापकोटाले जेसीज सरकारको विरोधी नभई सहयोग भएर काम गर्न तयार रहेको विचार राखेका थिए। लेखनाथ जेसीज अध्यक्ष रोशन अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा जेसीजका पूर्व अध्यक्ष रवीन्द्रनाथ प्रजु, वर्तमान अध्यक्ष सन्तोष साही, लेखनाथ जेसीजका पूर्व अध्यक्ष सुरेन्द्रराज अधिकारी लगायतले जेसिज अभियानबारे जानकारी गराए।लेखनाथ जेसीजका महासचिव चिरञ्जीवी न्यौपानेले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक नवराज पौडेल र धन्यवाद ज्ञापन पूर्व अध्यक्ष सन्दीप ढुंगानाले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width