रेडियो दिदीबहिनीले महोत्सव गर्ने

दीप गुरुङ, विद्यार्थी पत्रकार
माघ १५, २०७५

पोखरा, १४ माघ । पर्वत कुश्मास्थित रेडियो दिदीबहिनीको नवौं वार्षिकोत्सव अवसरमा ११ औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सव गरिने भएको छ ।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा माघ २५ देखि फागुन ५ गतेसम्म महोत्सव हुने जानकारी दिइएको हो ।

महिला सशक्तिकरणसँगै कला, संस्कृतिको संरक्षण र घरेलु वस्तु प्रवद्र्वन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईले बताईन् ।

महोत्सवमा ज्येष्ठ नागरिक, अनाथ बालबालिका, एकल महिला, अपाङ्गता महिला र महिला उद्यमीलाई सम्मान गरिने छ ।

महोत्सव आकर्षणमा साङ्गीतिक प्रस्तुति, बालउद्यान र रमाइलो मेला रहने छन् । महोत्सवकै अवसर पारेर पर्वतका सात वटा पालिकामा निःशुल्क स्वास्थ्य शिविर समेत गरिने छ ।

महोत्सवमा तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता गरिने छ ।

सो प्रतियोगिताका लागि प्रथम पुरस्कार दुई लाख, द्वितीय पुरस्कार एक लाख र तृतीय पुरस्कार ५० हजार रुपैयाँ व्यवस्था गरिएको छ ।

महोत्सवमा रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, दिदीबहिनी डान्स आइडल, खुला दौड प्रतियोगिता र र्याली तथा झाँकी प्रतियोगिता गरिने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width