रेडक्रस पोखरा–१२ उपशाखाको साधारणसभा

आदर्श समाज सम्वाददाता
पौष २९, २०७५
redcross

पोखरा, २८ पुस। नेपाल रेडक्रस सोसाइटी पोखरा–१२ उपशाखाको ११ औं साधारणसभा शनिवार सम्पन्न भएको छ।

साधारणसभाले अध्यक्ष सूर्यप्रसाद आचार्यले प्रस्तुत गरेको वार्षिक र कोषाध्यक्ष गोविन्दप्रसाद घिमिरेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ।

त्यस अवसरमा संस्थाका ज्येष्ठ आजीवन सदस्य खिमलाल पराजुलीसहित रक्तदान कार्यक्रममा सहयोग गर्ने मार्गदर्शन एकेडेमीका संचालक पूरन श्रेष्ठ र नर्सिङ क्याम्पस पोखराकी स्ववियु सभापति अनामिका बस्नेतलाई सम्मान गरिएको थियो। त्यस्तै, संस्थाका २५ जना विशिष्ट सदस्यलाई पनि सम्मान गरिएको थियो।

साधारणसभा उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति कृष्ण तिमिल्सिनाले रेडक्रस सरकारको सहयोगी संस्था भएको बताए। उनले रेडक्रसले मानव सेवाको संस्कार सिकाउने उल्लेख गरे।

पोखरा–१२ का वडाध्यक्ष रामबहादुर कार्कीले विपत्को बेला रेडक्रस र संचारमाध्यमले निर्वाह गर्ने भूमिकाको प्रशंसा गरे। उनले रेडक्रसको विकास र विस्तारका लागि सहयोग गर्न वडा कार्यालय सदैव तत्पर रहने बताए।

कार्यक्रममा अमरसिंह माविका प्रधानाध्यापक तेजस्वी बराल, आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल र मार्गदर्शन एकेडेमीका संचालक पूरन श्रेष्ठले बोलेका थिए।

नेपाल रेडक्रस सोसाइटी पोखरा–१२ उपशाखाका अध्यक्ष सूर्यप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपकोषाध्यक्ष हरिश्चन्द्र सिग्देलले स्वागत र सचिव कुश्मराज आचार्यले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width