पोखरा, २८ माघ । लोलुफेरा—लोमान्थांग–लुम्विनी, फेवा–रारा राष्टिय कार्यशालामा सहभागी हुन आएका कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह वुढाले पोखराका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गरेका छन।
अवलोकन गर्ने क्रममा आफ्नो मन्त्रालयसँग सम्वन्धित क्षेत्रमा दक्ष जनशक्ति उत्पादनको केन्द्रविन्दु वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसको पनि अवलोकन गरेका छन् । क्याम्पसका निमित्त क्याम्पस प्रमुख डा. ठाकुर सिलवालको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा मन्त्रीले कर्णाली प्रदेशबाट वन संकायमा अध्ययनका लागि आउने विद्यार्थीलाई विशेष प्राथामिकता दिन आग्रह गरेका थिए ।
उक्त कार्यक्रममा वन विज्ञान अध्ययन संस्थानको अध्ययन, अध्यापन तथा अनुसन्धानका विषयमा विषेश प्रस्तुति अध्ययन संस्थानका पूर्व क्याम्पस प्रमुख तथा सह प्रध्यापक डा. वीर वहादुर खनाल क्षेत्रीले दिएका थिए ।
कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आएर उक्त संस्थानमा स्नातक र स्नातोकोत्तर तहमा अध्ययनरत करीव २० जना विद्यार्थीलाई भेटेर मन्त्री सिंहले अध्ययनपछि समृद्धिको लागि योगदान दिन आग्रह गरेका थिए ।
आफ्नो दक्षतामा निखारता ल्याउन पनि उनले विद्यार्थीलाइृ आग्रह गरेका थिए । सिलवालले कर्णाली प्रदेश अन्तर्गतकै रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा २ वर्ष लामो सेवाको अनुभव सुनाएका थिए । कर्णाली प्रदेश घर भई वन विज्ञानमा अध्ययनरत विद्यार्थी, अध्यापन गराउने उप प्रध्यापक र कर्णाली पोखरा सम्पर्क मञ्चका सह संयोजक मुक्ति प्रसाद आचार्य सहितको उक्त कार्यक्रममा उपस्थित थियो ।कार्यक्रमको संञ्चालन स्नातोकोत्तर पहिलो वर्ष दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी नवराज शाहीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरा भिलेज अब चारतारे
ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा १ लाख ४४ हजार पर्यटक
बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट र टुरिष्ट पार्क सञ्चालन
पर्यटनको राजधानी घोषणा वर्ष
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१