मदरल्यान्डमा सरस्वती पूजा

एजेन्सी
माघ २८, २०७५
Motherland School Saraswati Puja_Fotor

माघ २७, पोखरा । पोखरा मासवार स्थित मदरल्याण्ड स्कूलमा माघ शुक्ल पञ्चमीका दिनको अवसर पारेर आइतवार सरस्वतीको पूजा आरधानाका साथै सिर्जना र शब्द रचना गरी अक्षरारम्भ गराइएको छ ।

सिर्जना र ज्ञानको यात्रा अनन्त कालसम्म रहिरहोस् भन्दै पोखराको मासवारमा अवस्थित मदरल्यान्ड माविमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न गरिएको हो ।

विद्यालयमा आबद्ध सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकको उपस्थितिमा उक्त पूजा तथा अक्षरारम्भ गरिएको जानकारी कार्यक्रम संयोजक तथा विद्यालयका सहकार्यकलाप प्रमुख सुनिल सुवालले जानकारी दिए ।

कार्यक्रममा विद्यालयमा प्रतिस्थापित सरस्वतीको मन्दिरमा पूजा आराधाना गरिएको छ । पण्डित कृष्णप्रसाद गौतमले पूजारीको भूमिका निर्वाह गर्दै सहजीकरण गरेका थिए भने उपस्थित विद्यार्थी, शिक्षक तथा भक्तजनले  प्रतिबद्ध भई विद्याकी अधिष्ठात्री सरस्वतीको पूजा आरधाना गरी प्रसाद ग्रहण गरेका थिए ।

हिन्दूहरूको एक पर्वका रूपमा मनाइने श्रीपञ्चमीमा हातमा वरमद्रुा, पुस्तक, माला र बीणा धारण गरेकी चतुर्भुजी सुन्दर स्त्री तथा सृष्टिको प्रारम्भ कालमा अद्भुत शक्तिबाट उत्पन्न सरस्वतीलाई ज्ञानको विशाल शक्तिका रूपमा हेरिने गरेको जानकारी  विद्यालयका निर्देशक त्रिभुवन शर्माले दिए ।

शैक्षिक मन्दिर विद्यालयमा बाल नेतृत्व विकासका लागि गठित विभिन्न बाल संगठन तथा शिक्षक कल्याणकारी कोषको आर्थिक तथा व्यवस्थापकीय सहयोगमा सरस्वती पूजा गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखरा भिलेज अब चारतारे

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित होटल पोखरा भिलेज रिसोर्ट एन्ड स्पा स्तरोन्नतिसहित फोरस्टार होटलको रुपमा सञ्चालन गरिएको छ । २०६६ सालबाट…
  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…

hero news full width