भारतीय श्रम स्वीकृतिबारे दुतावासको चासो

एजेन्सी
माघ २४, २०७५
india

माघ, २४ काठमाडौं । भारतीय कामदार श्रम स्वीकृति लिनुपर्ने सर्कुलर नेपाल सरकारले जारी गरेपछि नेपालस्थित भारतीय दूताबासले चासो व्यक्त गरेको छ ।

भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन अजयकुमार बुधवार सिंहदरबार पुगेका छन् । श्रम मन्त्राय पुगेका उनले भारतीय कामदारलाई श्रम स्वीकृति अनिवार्य गरिएकोबारे चासो राखेका थिए । तर, मन्त्रालयका अधिकारीहरुले सार्वजनिक भएको पत्रको ब्यहोरामा भनिएजस्तो श्रम स्वीकृति अनिवार्य नगरिएको प्रतिक्रिया दिएका छन् ।

दूताबासका अधिकारीले यसबारे निकै चासो राखेका छन् । हामीले यसमा के भएको हो भन्नेबारे स्पष्ट गरेका छौं, श्रम मन्त्रालयका एक अधिकारीले भनेका छन् ।

मन्त्रालय स्रोत भन्छ, बुधवार नै स्पष्टीकरण पत्र प्राप्त भएको छ । चित्तबुझ्दो जवाफ नआएको भए सम्बन्धित अधिकारीलाई कारवाही पनि हुन्छ । श्रम मन्त्री बिष्टले हेल्लो सरकारका कर्मचारीलाई बोलाएर यसबारे जिज्ञासा राखेका थिए ।

हेल्लो सरकारले श्रम स्वीकृतिबारे श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले प्रधानमन्त्री कार्यालयलाई पठाएको पत्र सार्वजनिक गरेको थियो ।

भारतीयलाई पनि श्रम स्वीकृति अनिवार्य गरिएको खबर बाहिरएपछि उद्योगी व्यवसायीले पनि यस विषयमा चासो देखाएका छन् । राजनीतिक दलका शीर्षस्थ नेताले पनि श्रम मन्त्रालयका अधिकारीसँग यसबारे स्पष्टता मागेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width