भारतीय पर्यटन व्यवसायीले भने नेपालमा सडक र हवाई सेवामा सुधार गर

रासस
माघ २८, २०७५
air photo


पोखरा, २८ माघ । नेपालमा हवाई सञ्जाल फैलाउन आवश्यक देखिएको आइतबार पोखरामा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा गरिएको उत्तरपूर्वी भारतको प्रवद्र्धनात्मक भ्रमणको आइतबार समापन कार्यक्रममा परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले यस्तो कुरामा जोड दिएका हुन् ।

भारतीय पर्यटन व्यवसायीले नेपालको हवाई सेवालाई प्रभावकारी बनाउन सुझाव दिएपछि परिषद्ले प्रतिनिधिले नेपालमा हवाई सेवाको सञ्जाल विस्तार गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । नेपाल —भारतको काँकडभिट्टा सीमाना नजिकैको चन्द्रगढी विमानस्थलबाट पोखरा सिधा हवाई सम्पर्क नभएको प्रति त्यहाँका पर्यटन व्यवसायीको गुनासो गरेका थिए ।

अध्यक्ष पोखरेलले सिधा हवाई सेवाका साथै त्यहाँसम्म पुग्ने बाटो पनि स्तरोन्नति गर्न नेपाल सरकारसँग पहल गर्ने आश्वासन परिषद्का सदस्यहरुले दिएका थिए । सहभागी टोलीका सदस्यलाई अध्यक्ष पोखरेल र नेपाल पर्यटन बोर्डका पूर्वसदस्य एवं वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले सहभागिताको प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रम संयोजक सञ्जयकान्त सिग्देलका अनुसार प्रवद्र्धनात्मक भ्रमण टोलीले उत्तरपूर्वी भारतका छ राज्यमा पर्यटन व्यवसाय सञ्चालन गर्ने व्यवसायीको छाता सङ्गठन इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएसनद्वारा सिलगुडीमा आयोजित बङ्गाल ट्राभल मार्टमा सहभागी भई व्यावसायिक साझेदारीका विषयमा छलफल गरेको थियो ।

त्यस्तै टुर अपरेटर एशोसिएसन अफ आसामका पदाधिकारीसहित त्यहाँका पर्यटन व्यवसायीसँग गुहाटीमा पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल भएको उनले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width